काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले यूएसएडको पैसा लिएर धर्म विरोधी काम गरेको भन्ने आरोपको खण्डन गरेका छन् । उनीहरुले आज भिडियो सन्देशमार्फत् आफूहरुमाथि लगाइएको आरोप सत्य नभएको बताएका हुन् ।
मदनकृष्ण श्रेष्ठले आफूहरुविरुद्ध अनर्गल प्रचार हुँदा चित्त दुखेको बताए । ‘हामीले सबैलाई आफ्नो सम्झिन्छौं, आफ्नो हितैषी सम्झिन्छौं । हितैषीहरुबाटै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको,’ मदनकृष्णले भनेका छन्, ‘संसारमा राम्रा कुराहरु पनि छन्, नराम्रा कुराहरु पनि छन् । राम्रा–राम्रा छानेर मात्रै हामीले काम गर्दै आएइरहेका छौं ।’
यसैगरी हरिवंश आचार्यले आफूहरुले कुनै पनि धर्मसम्प्रदायलाई चोट पुग्ने काम नगरेको स्पष्टीकरण दिएका छन् । ‘सनातन हिन्दुधर्म, बुद्ध धर्म वा अरु कुनै पनि धर्मको विरोध हामीले गरेका छैनौं र अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं । यो अनर्गल प्रचार हो,’ आचार्यले भनेका छन् ।
आफूहरुले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न किसिमका खोपका कार्यक्रमहरुमा काम गरेको र ती सबै युट्युबमा भएकाले हेर्न पनि उनले अनुरोध गरेका छन् ।
आफूहरुले २०५२ सालमा ‘पञ्चायती व्यवस्थाको श्राद्धे’ भनेर कार्यक्रम गरेको र त्यसमा एकजना पण्डितको पात्रको प्रवृत्तिको व्यंग्य गरिएको बताउँदै आचार्यले अहिले त्यसैको एउटा टुक्रा सेयर गर्दै सनातन धर्मको विरोध गरेको आरोप लगाइएको बताए ।
आचार्यले भने, ‘पण्डित हुँदैमा भगवान हुँदैन । म पनि पण्डितकै छोरो हुँ । व्यंग्य भनेको पण्डितलाई पनि गर्न पाइन्छ, नेतालाई पनि गर्न पाइन्छ, पुलिसलाई पनि गर्न पाइन्छ, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध गर्यो भन्ने कुरा चाहिँ कपोलकल्पित कुरा हो ।’
उनले भनेका छन्, ‘हामी हाम्रो काममा निरन्तर लागि नै रहन्छौं । यस्ता किसिमका कुराहरु आएर हामी हतोत्साही हुँदैनौं र नेपाली जनताहरुलाई यी सबै भ्रामक कुराहरुको विश्वास नगरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...
चैत्र २९ गते, २०८२ - १९:२९
काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ । अस्पतालक...
चैत्र २९ गते, २०८२ - १९:२८
काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आम जनता पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार...
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...


प्रतिकृया लेख्नुहोस्: