Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

पीडाको ज्वारभाटा दबाएर बसेकी थिइन् प्रकृति

खबरडबली संवाददाता

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको पढाइ डेढ वर्षमा सकिँदै थियो । रूपन्देहीको सिद्धार्थनगर–८ बैंक कोलोनीकी प्रकृतिले डेढ साताअघि आमा सरुसँगको फोन संवादमा पढाइ सकेपछि राम्रो कमाइ हुने भएकाले बुबालाई कार ‘सरप्राइज’ दिने बताएकी थिइन् । 

छोरीको रहर सरुले श्रीमान् सुनिललाई नसुनाई बस्न सकिनन् । ‘छोरीले कमाएको पैसाले तपाईंलाई कार सरप्राइज दिने रे,’ उनले त्यसै दिन सुनिललाई सुनाएकी थिइन् । तर, १० दिन पुग्दा नपुग्दै विश्वविद्यालयको होस्टेलमा प्रकृति मृत फेला परिन् ।

डेढ महिनाअघि घर आउँदा होस् वा आमासँग बुबालाई कार ‘सरप्राइज’ दिने रहर सुनाउँदा, प्रकृतिले आफूभित्रको पीडाको ज्वारभाटा दबाएर बसेकी थिइन् । घटनाको दिन फागुन ४ (आइतबार) आमासँग कुरा गर्दा पनि तनावको संकेत दिएकी थिइनन् । ‘दिउसो २ बजेर ५१ मिनेटमा कुरा भएको थियो । कलेजमा फेस्टिभल चलिरहेको छ, कलाकार बादशाह आउँछन् भनेकी थिइन्,’ सरुले भनिन्, ‘अब ४ बजे जाने हो, रेडी हुन्छु भनेर कुरा टुंगिएको थियो ।’

आमासँग कुरा भएको तीन घण्टामै एउटै कक्षामा पढ्ने प्रकृतिका भाइ (सरुकी दिदीका छोरा) अनुरोध खनालले ‘यहाँ खै के भयो, तपाईं छिट्टै आउनुस्,’ भनेर अपूरो खबर सुनाई फोन काटे । उनले आत्तिँदै श्रीमान् सुनिललाई बताइन् । ‘उताबाट अनुरोधले रुँदै छिटो आउनुस् मात्र भनेपछि मनमा चिसो पस्यो,’ सुनिलले भने, ‘केही नराम्रो नै भयो भन्ने लाग्यो ।’ विश्वविद्यालयमा फोन गरेर बुझेपछि तीन साथी लिएर आफू ओडिसाका लागि हिँडेको सुनिलले बताए ।

सोमबार बिहान १२ बजे ओडिसा विमानस्थलमा पुग्दा विश्वविद्यालयको गाडी र भारतीय प्रहरी उनीहरूलाई लिन आइसकेका थिए । प्रहरीको टोलीले चारै जनालाई विश्वविद्यालय लग्यो । अनि सिल गरेर राखेको प्रकृति बस्ने कोठा देखायो । लगत्तै एम्स अस्पताल पुगेर शव देखायो । अनि बुवाले पोस्टमार्टम गर्न स्वीकृति दिए ।

त्यसपछि विश्वविद्यालयका मुख्य सञ्चालक अच्युत सामन्तले भेट्न खोजेको भन्दै आफूहरूलाई लगिएको सुनिलले बताए । ‘घटनाबाट आफूहरू अत्यन्तै दुःखी भएको र समवेदना रहेको सामन्तले सुनाएपछि हामीले न्याय दिनुस् भन्यौं,’ उनले भने, ‘नानीलाई दुर्व्यवहार गर्नेलाई कारबाही र सबै विद्यार्थीलाई सुरक्षित वातावरणको आग्रह गर्‍यौं ।’

प्रकृतिलाई दुर्व्यवहार गर्ने सोही विश्वविद्यालयमा बी–टेक (मेकानिकल) तेस्रो वर्षमा पढ्ने २१ वर्षका आद्धिक श्रीवास्तव पक्राउ परेको यकिन भएपछि छोरीको शव बुझेर नेपाल ल्याएको सुनिलले बताए । ‘त्यसमा विश्वविद्यालय प्रशासन, नेपाली र भारतीय विद्यार्थी, दूतावास सबैको सहयोग भयो,’ उनले भने । परिवारले प्रकृतिको शव बुधबार नेपाल ल्याएर अन्त्येष्टि गरेको छ ।

कक्षा ४ सम्म भैरहवा र १२ सम्म काठमाडौंको युनिग्लोब कलेजमा पढेकी प्रकृति आईटी पढ्न ओडिसा पुगेकी थिइन् । उनीसँगै ठूलीआमाका छोरा दाइ सिद्धान्त सिग्देल, भाइ अनुरोध खनाल पनि सन् २०२२ मा उक्त विश्वविद्यालयमा भर्ना भएका थिए । सिद्धान्तले मेकानिकल र अनुरोधले प्रकृतिसँगै कम्प्युटर साइन्स लिएका थिए । ‘पहिला बैंग्लुरुमा बुझेका थियौं,’ सुनिलले भने, ‘दाजुभाइ पनि त्यहीं भएकाले सजिलो हुन्छ भनेर ओडिसा पठायौं ।’

अनुरोधका अनुसार विश्वविद्यालयमा भारतीयसँगै बंगलादेश, श्रीलंका, जिम्बाबे, सिरिया, भुटानलगायत देशका विद्यार्थी छन् । उनीहरू भर्ना भएको वर्ष मात्रै ४ सयभन्दा बढी नेपाली विद्यार्थी भर्ना भएका थिए । ‘पहिलो वर्ष आफ्नो देशकालाई मात्र एकसाथ राख्ने गर्छन्, त्यसो गर्दा हामी ५ सेक्सनमा ८० जनाका दरले थियौं,’ उनले भने, ‘दोस्रो, तेस्रो वर्षदेखि अरू देशका विद्यार्थीसँग घुलमिल गराएर राख्ने गर्छन् ।’ प्रकृति र अनुरोध एकै सेक्सनका विद्यार्थी थिए । तर, श्रीवास्तवसँगको उनको सम्पर्क र सम्बन्ध केही जानकारी नभएको उनले बताए ।

प्रकृतिलाई दुर्व्यवहार गरेर आत्महत्याका लागि बाध्य पार्ने आरोप लागेका श्रीवास्तव बी–टेक मेकानिकल तेस्रो वर्षमा अध्ययनरत भए पनि विश्वविद्यालयको होस्टेल बाहिर फ्ल्याटमा लिएर बस्ने गरेका थिए । ‘पोलिटिकल लिडरको छोरा हो भन्ने जानकारी भएको छ,’ प्रकृतिका अर्का साथी रूपन्देहीको गैंडहवा–३ लोनिहाका जयसिंह चौधरीले भने, ‘न्याय माग्दा हामीलाई लाठीले कुटियो, अब फेरि पढ्न जान पनि डर लागिरहेको छ ।’ उनी पनि बुधबार घर आइपुगेका छन् ।

विश्वविद्यालयले घटनासम्बन्धी धेरै विषय लुकाइरहेको पीडित परिवारको गुनासो छ । ‘छोरीले दुई पटकसम्म दुर्व्यवहारको प्रमाणसहित निवेदन दिएपछि त्यो केटालाई प्रशासनले पहिलो पटक कागज गरेर कारबाही गरेको र दोस्रो पटक निलम्बनसमेत गरेको रहेछ । तर, त्यो अहिले पनि गोप्य नै राखिएको छ,’ बुबा सुनिलले भने, ‘दोषीलाई कडा कारबाही हुनुपर्छ ।’

विश्वविद्यालयका मुख्य सञ्चालक सामन्तसँगको छलफलमा नेपाली टोलीले प्रकृतिका नाममा विश्वविद्यालयका तर्फबाट अक्षयकोष स्थापना गरिनुपर्ने, त्यसबाट नेपाली विद्यार्थीमध्ये एक छात्रालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको ग्यारेन्टी हुनुपर्ने र त्यसमा छनोटको सम्पूर्ण अधिकारी प्रकृतिका बाबुआमालाई दिनुपर्ने प्रस्ताव राखेको थियो । त्यसमा सामन्तसहित प्रशासन सहमत भए पनि थप सम्झौता केही भएको छैन ।

प्रकृतिको मृत्युपछि शोकमा रहेका परिवार र आफन्तले नेपाली विद्यार्थीले सुरक्षित भएर पढ्न पाउने वातावरण अझै सुनिश्चित नभएको बताएका छन् । प्रकृतिका मामा शिव शर्माले घटनापछि विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि गरेको व्यवहारले त्रास बढाइरहेको बताए । 

‘तनावपूर्ण अवस्थामा घर फर्केका विद्यार्थी फेरि पढ्न जान खोजेका छैनन् । त्यसको सुनिश्चितता गराउन नेपाल सरकार र सरोकारवालाले अझै पहल गर्नु जरुरी छ,’ उनले भने । प्रकृतिको मुत्यु घटनाको छानबिन, दोषीलाई कारबाही र नेपाली विद्यार्थीका लागि सुरक्षित वातावरणको माग गर्दै शुक्रबार भैरहवामा स्थानीयले प्रदर्शन पनि गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेका छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending