Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी संसद्बाट कानुन निर्माण हुँदैन : सभामुख

खबरडबली संवाददाता

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रता हनन हुने गरी कानुन नबनाउने प्रतिबद्धता जनाएका छन् ।

‘संसदमा विचाराधीन कतिपय प्रेससँग सम्बन्धित विधेयकहरूमा सञ्चार क्षेत्रले राखेका सरोकारबारे म पनि जानकार छु’ घिमिरेले भनेका छन्, ‘संविधान तथा हाम्रा कानूनहरूले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी संसदले कुनै पनि कानुन निर्माण नगर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

सभामुख घिमिरेले अगाडि भनेका छन्, ‘प्रेस वा मिडियाको विश्वसनीयता र विश्वासको गिरावट अहिलेको गम्भीर मुद्दा हो । जसले समाजमा गहिरो असर पुर्‍याइरहेको छ ।’

विश्वसनीयतालाई माथि उठाउन नसकेको अवस्थामा छापा माध्यम मात्रै नभएर समग्र मिडिया क्षेत्र धरासायी बन्दै जानेतर्फ सचेत रहन आवश्यक रहेको उनले बताए । छापा पत्रकारिताको लामो इतिहास रहेको उल्लेख गर्दै उनले भने, ‘पाठकहरूले प्रायः छापा पत्रिका वा समाचार पत्रिका विश्वसनीय र प्रमाणित स्रोतको रूपमा लिन्छन् ।’

पत्रिका पढ्दा छुट्टै अनुभव हुने घिमिरे बताउँछन् । उनी थप्छन्, ‘कागजमा लेखिएको समाचार पढ्ने अनुभव एकदमै अनौठो र विशेष हुन्छ । पृष्ठ पल्टाउँदा आउने आवाज, अक्षरको आकार र डिजाइनका कारण भिन्न अनुभव उत्पन्न हुने गर्दछ ।’

छापा माध्यमलाई पाठक केन्द्रित बनाउन सक्नुपर्नेमा पनि उनले जोड दिए । ‘छापा माध्यमलाई पाठक केन्द्रित बनाउन सके टिक्न सम्भव छ भन्ने उदाहरण स्वयं मध्यान्ह पत्रिका हो’ घिमिरेले भनेका छन्, ‘समाचार र जानकारीलाई सत्य र निष्पक्ष बनाउन सके पाठकको विश्वास जित्न सकिन्छ ।’

छापा पत्रिकाको उत्पादन र वितरणमा भएको खर्च तथा विज्ञापनमा आएको गिरावटका कारण व्यवसायिक दृष्टिले यो उद्योग अलि अप्ठ्यारो अवस्थामा रहेको पनि सभामुख घिमिरेले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending