Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

ललितपुर महानगरले वडा कार्यालयमाथि नै चलायो डोजर

खबरडबली संवाददाता

ललितपुर  । ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचनामाथि डोजर चलाएको छ । ललितपुर–५ मा रहेको न्हुँ पोखरी संरक्षण र पुनर्निमार्णका लागि ५ नम्बर वडा कार्यालयसहित अन्य अस्थायी तथा अनधिकृत संरचनामा सोमबार बिहान डोजर चलाएको हो ।

मेयर चिरिबाबु महर्जनले महानगरपालिकाले ऐतिहासिक पोखरीहरु पुनजार्गरण योजना बनाइरहेको र त्यसका लागि अनधिकृत संरचनाहरु हटाउने काम भइरहेको बताए ।

‘महानगरले सप्तपातल पोखरी बनाइरहेका छौं । यस्तै राजदललले लिएको ३ वटा पोखरी फिर्ता ल्याएका छौं । यहाँ ऐतिहासिक पोखरी छ । यो छोपिएको छ, अब यो खोल्दै छों’, उनले भने, ‘यहाँ हाम्रै ५ नम्बर वडा कार्यालय लगायत भवनहरु बनेका छन् । त्यो आजबाट भत्काउन सुरु गरेका हौं । न्हुँ पुखु (पोखरी) ऐतहासिक हो । तर यो छोपिएको कारण पोखरीको अस्तित्व मेटिएको अवस्था छ ।’

उनले पोखरीको पूर्वी क्षेत्रमा अझै विस्तारकै क्रममा रहेकाले त्यहाँका १० वटा सटरसहित आफ्नै वडा कार्यालय पनि भत्काएको बताए । ‘३ वटा घर र अस्थायी संरचना भत्काउन बाँकी छ । पहिले यो पोखरीमा हात्ती डुब्थ्यो रे भन्ने सुनिन्छ तर अहिले छोपिएको छ । अब हामी पुरानै अवस्थामा फर्काउँछौं’, उनले भने ।

 


 

 

  

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

ओलीको स्वास्थ्य ‘गडबडी’ नभए सोमबार अप्रेसन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ । अस्पतालक...

एमालेबाट निर्वाचित नगर प्रमुख प्रेमलाल आजपा प्रवेश

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आम जनता पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार...

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending