Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

ट्रम्पका कारण नेपालमा अन्तर्राष्ट्रिय सहयोग कटौती हुने जोखिम बढ्यो : पूर्व अर्थमन्त्री पाण्डे

खबरडबली संवाददाता

नवलपुर । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृनिकायहरूको सहयोग रोकिने जोखिम बढेको बताएको छन ।

पाण्डेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय निर्णयहरूको कारण अमेरिकाबाट प्राप्त हुने सहयोग मात्रै नभई अन्यमित्र राष्ट्रबाट प्राप्त हुने अनुदानहरू समेत कटौतीको जोखिम बढेको बताए। 

नेकपा एमाले नवलपुर प्रचार विभागले सोमबार गरेको भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले ट्रम्पको निर्णयले युएसएआइडी र एमसिसी परियोजनामा प्रत्यक्ष असर परेको उल्लेख गरे । 

“युएसएआइडीको सहयोगमा भई रहेका कामहरू रोकिने मात्रै होइन, एमसिसीको दायित्व नेपालले बहन गर्नुपर्ने अन्यौलता समेत सृजना भएको छ । पाण्डेले भनन्नुभयो, “यदी एमसिसी पनि रोकियो भने ठेक्का त भई सक्यो, कि त हामीले ठेक्का अनुसारको भुक्तानी दिएर काम सम्पन्न गर्नु पर्यो १ कि त ठेक्का रद्द गर्दा क्षतिपुर्ति बेहोर्नुपर्ने हुन्छ ।” 

ट्रम्प प्रशासनको निर्णयहरूको कारण युरोपियन युनियनका राष्ट्रहरूमा पनि अन्यौलता पैदा भएको भन्दै उहाँले राष्ट्रिय सुरक्षा, रोजगारी सृजना लगायतमा युरोपियन राष्ट्रहरू केन्द्रित बन्दा नेपाललाई ती राष्ट्रहरूले गर्ने सहयोग पनि कटौती हुनसक्ने जोखिम रहेको बताए । 

अन्तर्राष्ट्रिय सहयोग बिना नै हामीले सबै काम गर्न सक्छौं भन्ने स्थितिमा नेपाल नरहेको उनको भनाइ थियो । राजश्व सङ्कलन गत आर्थिक वर्षभन्दा पनि कम हुने स्थिति अहिले रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोग रोकिने, राजश्व सङ्कलनमा कमि आउने अवस्थामा पुँजीगत खर्च गत आर्थिक वर्षभन्दा न्यून हुने प्रक्षेपण पाण्डेले गरे । 

उनले भाषणमा भन्ने र कागजमा लेख्ने गरेर समाजवाद प्राप्त हुन नसक्ने भन्दै उत्पादन र आर्थिक गतिविधिको माध्यमबाट मात्रै समाजवादको लक्ष्य प्राप्त हुने बताए। अहिले विश्वव्यापी रूपमा देखिएको व्यापारयुद्ध फरक तरिकाले अगाडि बढिरहेको भन्दै उनले समयानुसार नेपाललाई आर्थिक रूपमा सबल बनाउन तर्फ केन्द्रित बन्नुपर्ने बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending