काठमाडौं । फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपालले बुधबार बलियो म्यान्मारसँग उपाधि भिडन्त गर्दै छ ।
नेपालको महिला फुटबल टिम पुनः गृह मैदानको फाइदा र घरेलु दर्शकको ऊर्जाबिच पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्ने दाउमा छ ।
यसअघि १२ पटक च्याम्पियन बन्ने भिडन्तमा असफल भएको नेपाललाई उपाधिले लोभ्याइरहेको धेरै समय भइसक्यो । विश्व वरीयतामा ५५ औँ स्थानमा रहेको म्यान्मार पनि नेपालमा च्याम्पियन बन्ने सपना देख्दै छ ।
फोर नेसन्स कपमा म्यान्मार प्रमुख दाबेदारको ‘टयाग’ सहित नेपाल आएको हो । लिग चरणमा किर्गिस्तान र लेबनानविरुद्ध एकपक्षीय जित हात पारी म्यान्मारले आफ्नो स्तर धेरै माथि रहेको प्रमाणित गरिसकेको छ ।
घरेलु टिम नेपाल भने सुरुका दुई खेलमा किर्गिस्तान र लेबनानविरुद्ध झिनो अन्तर (समान १–०) को जितसहित फाइनलमा पुगेको थियो ।
सुरुका दुई खेलबाट प्रदर्शन भरोसालायक नबनेपछि लिगको अन्तिम खेलमा म्यान्मारविरुद्ध घरेलु टिम दबाबमा खेल्ने अनुमान गरियो तर २–२ ले बराबरीमा सकिएको थियो ।
नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले पनि नेपाली टिम अहिले उच्च मनोबलमा रहेको बताए।
नेपालको महिला फुटबल टिमले एक वर्षभित्र तीन फाइनल खेल्न लागेको हो । यसअघि वाफ च्याम्पियन्स र साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा निराश बनेको थियो ।
नेपाललाई लामो समयदेखि परेको उपाधिको खडेरी टार्न सहज भने हुने छैन । म्यान्मार यस प्रतियोगिताको सबभन्दा उत्कृष्ट टिम हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: