काठमाडौं । बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ मिलेको छ । दर्शकले चलचित्रको तारिफ गरिरहेका छन् ।
चलचित्रले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छन् । हलमा पुगेका दर्शकले सिताराम कट्टेल धुर्मुसको क्यारेक्टरको तारिफ गरिरहेका छन् । उनले हसाएको बताएका छन् । 'धुर्मुसको क्यारेक्टरले हसायो । नेताहरूप्रति गरेको व्यङ्गय मन पर्यो,' विग मुभिज पुगेका एक दर्शकले भने, 'समग्रमा सिनेमाले मन पर्यो । कमेडी, व्यङ्ग्य र म्यासेज सबै मनपर्यो ।' अर्का एक दर्शकले भने, 'धेरै समयपछि धुर्मुसलाई चलचित्रमा देखियो । पाँडेले हँसाए । सक्गिोनिका कलाकारलाई चलचित्रमा देख्न पाइयो, राम्रो छ ।'
चलचित्रमा सुन्दर कर्णालीको दृश्य पनि दर्शकले मन पराएका बताएका छन् । दर्शकले मन पराउँदा सिनेमाले पहिलो दिन एक करोड १० लाख ग्रसकलेक्सन गरेको छ । चलचित्रमा काठमाडौंदेखि डोल्पासम्मका दृश्य समावेश छन् । जसले दर्शकको मन जितिरहेको छ । सुन्दर कर्णालीको दृश्य समेटिएको चलचित्रमा कर्णालीका सुन्दर सिन समावेश छन् । कर्णालीका सुन्दर हिमाल, खर्क र पठारले दर्शकको ध्यान खिच्छ । कर्णालीका दुःख मात्रै चलचित्रमा छैन । प्राकृतिक रूपमा सुन्दर कर्णालीका मनोरम दृश्य र सुन्दर मन भएका मान्छे पनि छन् । महेश त्रिपाठी कर्र्णालीको एक दुखी पात्र त हुन् नै चोखो मन भएका व्यक्ति पनि हुन् ।
उनी जति सुन्दर ठाउँमा जन्मिएका छन्, त्यति नै चोखो उनको मन र उद्देश्य पनि छ । आफ्नो दुनो सोज्याउनेहरूको भीडमा महेश चोखो मन भएका पात्र हुन् । उनको उद्देश्य जति राम्रो छ, त्यति नै राम्रो अभिनय पनि छ ।
उनको अभिनयको ताकतले सिंगो सिनेमालाई सजिव बनाएको छ । तारिफयोग्य महेशको अभिनयले कर्णालीको दृश्यले जति मोहित गर्छ दर्शकलाई त्यति नै उनको अभिनयले पनि । लोभलाग्दो उनको अभिनयले ‘लाज शरणम्’लाई सम्झनायोग्य सिनेमा बनाएको छ ।
अब्बल अभिनय हेर्ने चाहना भएका दर्शकका लागि महेशको अभिनय हेर्न ‘लाज शरणम्’ छुटाउनै नहुने चलचित्र बनेको छ । सुन्दर कर्णाली र पवित्र मन बोकेर हिँड्ने महेशले मात्रै पनि यो चलचित्र हेर्ने दर्शकलाई होल्ड गर्छन् ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला छन् । चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - १०:३५
बाजुरा। बाजुरामा पर्यटकीय स्थलको रुपमा चिनिँदै आएको खप्तड छेडेदह गाउँपालिकाका वडा ४ र ७ को बीचमा पर्ने छेडेदह ताल अहिले केही दिन यता हिउँको कब्जामा पर...
माघ १६ गते, २०८२ - १७:४८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१, २०८२ सम्म जापान भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...
माघ १६ गते, २०८२ - १७:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाध...
माघ १६ गते, २०८२ - १७:०७
काठमाडौँ । काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराको सूची प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबा...
माघ १६ गते, २०८२ - १६:५८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...
माघ १६ गते, २०८२ - १६:४१
काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...
माघ १६ गते, २०८२ - १६:२९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...
माघ १६ गते, २०८२ - १६:१२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...
माघ १६ गते, २०८२ - १५:४२
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...
माघ १६ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...




प्रतिकृया लेख्नुहोस्: