काठमाडौं। अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको ‘बलिदान’ फूलपातीमा रिलिज हुने निर्माण सन्तोष सेनले घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै उनले रिलिज डेट घोषणा गरेका हुन् ।
‘हाल बलिदानुको सम्पूर्ण प्रोडक्सन कार्य सम्पन्न भइसकेको छ, र हामी पोस्ट प्रोडक्सन प्रक्रियामा प्रवेश गरेका छौँ । चलचित्रलाई अझ उत्कृष्ट बनाउन दक्षिण भारतीय फिल्म उद्योगका प्रविधि र सीपको उपयोग गर्दैछौँ, जसका कारण रिलिजमा केही समय लाग्ने देखिएको छ । दशैँको आसपास चलचित्रको सम्पूर्ण काम पूरा हुनेछ,’ सेनले लेखेका छन्, ‘दशैँको फूलपातीका दिन कालीमातालाई यो जगतलाई दुःख दिने दानवरुपीको नाममा बली चढाउने परम्परा रहिआएको छ । संयोगवश, बलिदानको कथामा कालीमाताका अगाडि दानवी प्रवृत्तिका शोषकहरूको बलि दिने भावना समेटिएको छ । यही सन्दर्भलाई आत्मसात् गर्दै,'बलिदान' २०८२ सालको फूलपाती (असोज १३) मा रिलिज गर्ने निर्णय गरेका छौँ ।’
गत वर्षको फूलपातीमा समिर अभिनित ‘१२ गाउँ’ प्रदर्शनमा आएको थियो । जुन उनको पहिलो चलचित्र थियो । चलचित्रले करिब २५ करोडको व्यापार गरेको निर्माता, निर्देशक र अभिनेतासमेत रहेका विराज भट्टले बताएका छन् । त्यसबेला ‘१२ गाउँ’ दीपकराज गिरीको ‘छक्का पञ्जा ५’ सँग जुधेको थियो ।
‘बलिदान’ पनि अशोक शर्माको ‘डबल ट्रिपल’ सँग जुध्ने भएको छ । ‘डबल ट्रिपल’ मा दयाहाङ राई, केकी अधिकारी, मेरुना मगरलगायतको मुख्य भूमिका छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - १७:४८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१, २०८२ सम्म जापान भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...
माघ १६ गते, २०८२ - १७:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाध...
माघ १६ गते, २०८२ - १७:०७
काठमाडौँ । काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराको सूची प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबा...
माघ १६ गते, २०८२ - १६:५८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...
माघ १६ गते, २०८२ - १६:४१
काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...
माघ १६ गते, २०८२ - १६:२९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...
माघ १६ गते, २०८२ - १६:१२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...
माघ १६ गते, २०८२ - १५:४२
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...
माघ १६ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...
माघ १६ गते, २०८२ - १५:२४
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...




प्रतिकृया लेख्नुहोस्: