बागलुङ । शुक्रबार दिनभर बागलुङलगायत आसपासका जिल्लामा निरन्तर झरी परिरहेको छ । निरन्तरको झरीकै कारण पश्चिम बागलुङको उच्च भाग ढोरपाटन, निसी र रुकुम जिल्लाको सिमानामा पर्ने पातीहाल्नेमा बाक्लो हिमपात भएको छ ।
पातीहाल्नेमा डेढ फिटसम्म हिमपात भएको ढोरपाटनका तिलक मल्ल ठकुरीले जानकारी दिए । बिहानैदेखि परेको हिउँले पहाड सेताम्मे बनेको निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष हेमबहादुर बुढामगरले बताए । हिउँले मध्यपहाडी लोकमार्गको बागलुङ तर्फको झण्डै ७ किमी खण्ड टाँकिएको छ । रुकुमतर्फ पनि हिमपात भएको हो । हिमपातका कारण उक्त सडक भएर सवारी समेत गुड्न सकेका छैनन् ।
हिमपातका कारण सडक ढाकिएकोले मध्यपहाडी लोकमार्गमा यात्रा गर्दा सचेतना अपनाउन प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले आग्रह गरे । रुकुमका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर रात्रिकालीन सवारीलाई रोक्ने प्रयास पनि भइरहेको सुवेदीले बताए ।
हिमपात बाक्लिदै गएमा थप केही दिन सवारी आगामन रोक्नुपर्ने हुनसक्ने उनको भनाइ छ । तत्कालको आवश्यकता हेरेर मात्र यातायात सञ्चालन गर्न सुरक्षा व्यवस्थापन गराइएको सुवेदीले जानकारी दिए । चिप्लो र घुम्ती तथा भिरालोमा सडक भएकोले जोखिम मोलेर यात्रा नगर्न आग्रह गरिएको उनले बताए ।
स्थानीय प्रहरी चौकीका जवानले स्थलगत निरीक्षण गरेर हिमपातबारे प्रशासनलाई जानकारी गराएका थिए । लोकमार्गको यो खण्डको बाटो भएर रुकुम पूर्व र पश्चित तथा जाजरकोटबाट काठमाडौंसम्म छुट्ने रात्रिबस र अन्य सवारी पनि गुड्ने गर्छन् ।
झरी परेको बेलामा यात्रा गर्न केही कठिनाइ भए पनि किसान भने खुसी भएका छन् । हिउँदे बालीमा असर परिसकेको भए पनि बाँझो जोत्न र गहुँ लगायतको केही खेतीलाई भने राम्रो हुने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८१ - २०:५०
बागलुङ । आज बारीमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका घर्तीमगरको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पुर्याइएको थियो । अस्पताल पुर्...
चैत्र २१ गते, २०८१ - २०:४१
रौतहट । रौतहट स्थित जंगली बँदेल मार्न राखिएको विद्युतीय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मृतक महिलाको शव लुकाएको अभियोगमा तीनजना पक्र...
चैत्र २१ गते, २०८१ - २०:१४
एजेन्सी । निरन्तरको युद्धको कारण गाजा ‘मृत्युको जाल’ बनेको संयुक्त राष्ट्रसङ्घका मानवीय अधिकारी जोनाथन ह्विटलले बताएका छन् । कब्जा गरिएको प्यालेस्टिनी...
चैत्र २१ गते, २०८१ - २०:१०
इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना (आईडीएफ) ले गाजामा कारबाही तीव्र बनाएको बत...
चैत्र २१ गते, २०८१ - २०:०४
ढाका । बङ्गलादेशी कपडा उद्योगसम्बद्ध उद्यमीहरूले बिहीबार अमेरिकी करले विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक बङ्गलादेशलाई ‘ठूलो धक्का’ पुर्याएको बताएक...
चैत्र २१ गते, २०८१ - १९:५८
जुम्ला । चन्दननाथ नगरपालिका –४ कालढुङ्गीनजिक एक घरमा भिषण आगलागी भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । तीन तल्लाको घरको ...
चैत्र २१ गते, २०८१ - १९:५४
काठमाडौं । तराई–मधेस केन्द्रित सात राजनीतिक दलले ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन् । संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, ...
चैत्र २१ गते, २०८१ - १९:४९
काठमाडाैं । हुन्डी कारोबारको आरोपमा चिनियाँ युवतीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाको टोलीले चीनको तिब्बत स्थायी घर भई पछिल्लो समय ...
चैत्र २१ गते, २०८१ - १९:४५
बाँके । हात्तीको आक्रमणमा परी बाँकेमा एकजनाको मृत्यु भएको छ । बाँके राष्ट्रिय निकुञ्जको खड्गवारस्थित हात्तीसारमा रहेको गणेशगज हात्तीले आक्रमण गर्दा मा...
चैत्र २१ गते, २०८१ - १९:३७
उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुर कटारी नगरपालिका–४, मुसहरी टोल खण्डमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी का...
प्रतिकृया लेख्नुहोस्: