Ntc summer Offer
Khabar Dabali २३ चैत्र २०८१ शनिबार | 5th April, 2025 Sat
Investment bank

दोलखामा हिउँदे वर्षा र हिमपात हुँदा किसानलाई राहत

खबरडबली संवाददाता

दोलखा । जिल्लाका तल्लो क्षेत्रमा हिउँदे वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । लामो समयपछि शनिबार रातिदेखि हिउँदे वर्षा भएको हो ।

आइतबार बिहानैबाट हावाहुरीसहित तल्लो क्षेत्रमा हिउँदे वर्षा र माथिल्लो भेगमा हिमपात भएको छ । हिउँदे वर्षा भएसँगै किसानले लगाएको गहुँ बालीमा केही भएपनि राहत भएको छ । माथिल्लो क्षेत्रमा आलु किसानमा खुसीयाली छाएको छ । खडेरीले तल्लो क्षेत्रमा लगाएको गहुँबाली खेतमै डढ्न थालेको थियो । माथिल्लो क्षेत्रमा रोपेका आलु उम्रन पाएका थिएनन् ।

ढिलैगरी भएपनि वर्षा भएकोमा खुसी लागेको बैत्यश्वर गाउँपालिका– ७ मार्बुका चेतबहादुर श्रेष्ठले बताए । ‘खडेरीले गहुँबाली डढेर सखाप भएको थियो, कतिमा सिन्दुरे रोग देखिएको छ,’ उनले भने, ‘पानी पर्‍यो केही हदसम्म गहुँ बाली जोगिने भएकाले खुसी लागेको छ ।’ मकै छर्न बारी खन्ने क्रम भएकाले हिउँदे वर्षाले माटो खुकुलो र डल्ला फुटाउन पनि सहज हुने उनले बताए ।

माथिल्लो क्षेत्रमा हिमपात भएसँगै आलु किसानमा खुसीयाली छाएको छ । सुख्खाले आलु बारीमै नउम्रेर बसेकोले हिउँदे वर्षाले केही राहत दिएको भीमेश्वर नगरपालिका–९ खरिढुंगाका जीतबहादुर श्रेष्ठले बताए । ुसुख्खा लागेर आलुको मुना पलाउनै सकेको थिएन, बारी नै खडेरीले डढेर आलु सखाप हुने डर थियो, उनले भने, ‘वर्षा भएपछि केही राहतको महसुस भएको छ, आलुका मुना पलाउन सिँचाइ पुगेर माटो खुकुलो बनाएर सहज गर्छ ।’

जिल्लाको कालिञ्चोक लगायतका उच्च भेगमा हिमपात भएको छ । हिमपातसँगै यी क्षेत्रका होटल व्यवासायी समेत उत्साहित बनेका छन् । यता रोल्वालिङ क्षेत्रको पर्यटकीय गाउँ ना र बेदिङमा भारी हिमपात भएको छ । उक्त क्षेत्रमा फागुन पहिलो साताबाट निरन्तर हिमपात भइरहेको छ । निरन्तरको हिमपातले स्थानीय घरबाहिर निस्कन सकेका छैनन् ।

यस्तै, विगतका वर्षमा हिमपात हुने आलुको पकेट क्षेत्रले चिनिएको शैलुङ क्षेत्रमा सामान्य हिउँदे वर्षा भएको छ । हिमपात भने आइतबार मध्याह्नसम्म हुन सकेको छैन् । यस्तै, खरिढुंगा मुढे क्षेत्रमा पनि सामान्य हिउँदे वर्षा भएको छ । मौसममा बदली भइरहेकाले जिल्लाका केही क्षेत्रमा हिउँदे वर्षा र हिमपात निरन्तर भइरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बार निर्वाचनमा काठमाडौंमा खस्यो ५० प्रतिशत मत

काठमाडौं । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि जारी मतदानमा हालसम्म काठमाडौँमा ४९.२५ प्रतिशत (३२००) मत खसेको छ ।  बिहान ...

सरकारले शिक्षकहरूको माग सम्बोधन गर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्ने बताएका छन् ।  शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएक...

थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली शनिबार ...

‎वीरेन्द्रनगरमा चल्यो गोली

सुर्खेत । सुर्खेतको ‎वीरेन्द्रनगरमा गोली चलेको छ । ‎वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा आज बिहान गोली प्रहार भएको हो। गो...

८४ दिन थुनामा बसेर धरौटीमा रिहा भएका रवि ८५ दिन बाहिर, अब कति बस्लान् भित्र ?

आदेशको औपचारिक जानकारीनै नपाइ रविलाई पक्राउ गर्न हतारोमा प्रहरी

एम्बुलेन्सबाट ९४ हजार बढी ट्याबलेट लागुऔषध बरामद

ललितपुर । ललितपुरको बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट ९४ हजार बढीको ट्याबलेट लागुऔषध बरामद गरेको छ। मकवानपुर...

मधेश र कर्णालीका बालबालिकाले दिए शिक्षा विधेयकबारे मन्त्रीलाई सुझाव

काठमाडौं । देशका विभिन्न ठाउँबाट भेला भएका बालबालिकाहरूले शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई सुझाव दिएका छन् । ...

समता कला कार्यशाला सिक्लेसमा सम्पन्न

पाेखरा ।  पोखरेली युवा सांस्कृतिक परिवारले नियमित रुपमा गर्दै आइरहेको कार्यक्रम ‘समता कला कार्यशाला’को ६५औं शृंखला गैह्रीथर समाजघर सिक्लेस, कास्कीमा स...

‘पिताम्बर’ ले पायाे चलचित्र जाँच समिति(सेन्सर)बाट ‘पिजी’ सर्टिफिकेट

काठमाडौं । यही चैत २९ गते रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर)बाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । ‘पिजी’ सर्टिफ...

‘वाय प्रदूषणका कारण मुटु रोगी उच्च जोखिममा’

मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँ

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy