दोलखा । जिल्लाका तल्लो क्षेत्रमा हिउँदे वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । लामो समयपछि शनिबार रातिदेखि हिउँदे वर्षा भएको हो ।
आइतबार बिहानैबाट हावाहुरीसहित तल्लो क्षेत्रमा हिउँदे वर्षा र माथिल्लो भेगमा हिमपात भएको छ । हिउँदे वर्षा भएसँगै किसानले लगाएको गहुँ बालीमा केही भएपनि राहत भएको छ । माथिल्लो क्षेत्रमा आलु किसानमा खुसीयाली छाएको छ । खडेरीले तल्लो क्षेत्रमा लगाएको गहुँबाली खेतमै डढ्न थालेको थियो । माथिल्लो क्षेत्रमा रोपेका आलु उम्रन पाएका थिएनन् ।
ढिलैगरी भएपनि वर्षा भएकोमा खुसी लागेको बैत्यश्वर गाउँपालिका– ७ मार्बुका चेतबहादुर श्रेष्ठले बताए । ‘खडेरीले गहुँबाली डढेर सखाप भएको थियो, कतिमा सिन्दुरे रोग देखिएको छ,’ उनले भने, ‘पानी पर्यो केही हदसम्म गहुँ बाली जोगिने भएकाले खुसी लागेको छ ।’ मकै छर्न बारी खन्ने क्रम भएकाले हिउँदे वर्षाले माटो खुकुलो र डल्ला फुटाउन पनि सहज हुने उनले बताए ।
माथिल्लो क्षेत्रमा हिमपात भएसँगै आलु किसानमा खुसीयाली छाएको छ । सुख्खाले आलु बारीमै नउम्रेर बसेकोले हिउँदे वर्षाले केही राहत दिएको भीमेश्वर नगरपालिका–९ खरिढुंगाका जीतबहादुर श्रेष्ठले बताए । ुसुख्खा लागेर आलुको मुना पलाउनै सकेको थिएन, बारी नै खडेरीले डढेर आलु सखाप हुने डर थियो, उनले भने, ‘वर्षा भएपछि केही राहतको महसुस भएको छ, आलुका मुना पलाउन सिँचाइ पुगेर माटो खुकुलो बनाएर सहज गर्छ ।’
जिल्लाको कालिञ्चोक लगायतका उच्च भेगमा हिमपात भएको छ । हिमपातसँगै यी क्षेत्रका होटल व्यवासायी समेत उत्साहित बनेका छन् । यता रोल्वालिङ क्षेत्रको पर्यटकीय गाउँ ना र बेदिङमा भारी हिमपात भएको छ । उक्त क्षेत्रमा फागुन पहिलो साताबाट निरन्तर हिमपात भइरहेको छ । निरन्तरको हिमपातले स्थानीय घरबाहिर निस्कन सकेका छैनन् ।
यस्तै, विगतका वर्षमा हिमपात हुने आलुको पकेट क्षेत्रले चिनिएको शैलुङ क्षेत्रमा सामान्य हिउँदे वर्षा भएको छ । हिमपात भने आइतबार मध्याह्नसम्म हुन सकेको छैन् । यस्तै, खरिढुंगा मुढे क्षेत्रमा पनि सामान्य हिउँदे वर्षा भएको छ । मौसममा बदली भइरहेकाले जिल्लाका केही क्षेत्रमा हिउँदे वर्षा र हिमपात निरन्तर भइरहेको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: