Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मधेस झर्दा प्रचण्ड कुर्ता पैजमामा सजिए, मातृका धोती कुर्तामा

खबरडबली संवाददाता

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रायः कोट पाइन्ट लगाउँछन् । माओवादीका अधिकांश केन्द्रीय नेताहरु पनि प्रचण्ड जस्तै ड्रेसमा हुन्छन् ।

तर तराई(मधेस जागरण अभियानका लागि मधेस झरेका माओवादी नेताहरुको ड्रेस चेन्ज देखिएको छ । उनीहरु मधेसीको पहिरनमा गाउँघर (देहात) घुमिरहेका छन् । उनीहरुको स्वागतका लागि सडकमा बनाएको स्वागतद्वारमा पनि अध्यक्ष प्रचण्डले टाउकोमा गम्छा बेरेको तस्बिर राखिएको छ ।

अभियानका क्रममा अध्यक्ष प्रचण्ड नेतृत्वको टोली शुक्रवार साँझ सिरहाको भगवानपुर आइपुगे । उनीहरु भगवानपुरमै रात्रिबास बसे । आज विहान प्रचण्डसहितका नेताहरु हुलाकी सडकमा ‘मोर्निङ वाक’ गरे । त्यतिबेला सबै ट्रयाक लगाएका थिए ।

भगवानपुरबाट अध्यक्ष प्रचण्डसहितका नेताहरु मधेसीको पहिरनमा निस्के । अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, अग्नी सापकोटा, वर्षमान पुन र जनार्दन शर्मा सेतो कुर्ता, पैजमा र गम्छामा सजिएको देखिए । मधेस प्रदेश ईन्चार्ज मातृका प्रसाद यादवले भने धोती र कुर्ता लगाएका छन् ।

अध्यक्ष प्रचण्डसहितको टोली नवराजपुर गाउँपालिका १ भगवतीपुरस्थित बलात्कारपछि मृत्यूवरण गरेकी १७ वर्षीया रिंक सदायको घर पुगेर उनको आमा–बुवालाई भेटेर न्याय दिलाउने आश्वासन दिएका छन् ।

त्यसपछि सोनवर्षा, बरियारपट्टी, औरही र गणेशपुरमा स्थानीयसंग भेटघाट तथा सभा गरियो । सभामा अध्यक्ष प्रचण्ड मात्र संक्षिप्त सम्बोधन गर्छन् । औरहीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री बनेपछि हुलाकी राजमार्ग निर्माणको थालनी गरेको दावी गरे । उनले सम्झिए, ’यही बरियारपट्टीमा आएर हुलाकी सडक निर्माणको थालनी गरेको थिए । आज कालोपत्रेमा हिड्न पाउँदा खुशी लागेको छ ।’

उनले हुलाकी सडकमा जागरण अभियानको क्रममा जनताको समस्या सुन्ने गरेको र त्यसको सम्बोधन पनि गर्ने बताए । उनले मधेसी जनता र मधेसको समस्या बुझ्ने र सम्बोधन गर्नेरगराउने पार्टी माओवादी मात्र रहेको जिकिर गरे ।

अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरेर भ्रष्टाचारी, जाली र फटाहाहरुलाई कारबाही गर्न खोज्दा पुराना ठूला दलले जालझेल गरी सत्ताबाट निकालेको बताए । ०८४ को चुनावसम्म झालझेल गर्ने सबैलाई परास्त गर्ने उदेश्यले मेचीदेखि महाकालीसम्म जागरण अभियानमा निस्केको उनले बताए ।

उनले भने, ’देशमा गणतन्त्र र संघीयता ल्याउने, मधेसी जनताको हकहितका लागि लड्ने माओवादी नै हो । तर माओवादीविरुद्ध निकै जालझेल भयो । अब प्रतिक्रियावादी फटाहाहरुलाई ठेगान लगाउन तपाईहरुको सहयोग चाहियो । त्यसकै लागि हामी आएका छौं ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending