पाेखरा । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको बृहत् आख्यान ‘कमरेड जलजला’ हालै बजारमा आएको छ । ९० वर्षीय कम्युनिष्ट नेता सिंहले यो उपन्यास वास्तविकता र कल्पनाको मिश्रण भएको उल्लेख गरेका छन् ।
एक हजार तीन सय २० पृष्ठको उपन्यासमा सिंहले आफ्नो जीवनका परिघटना र राजनीतिक सिद्धान्तसमेत समेटिएकाे छ । पोखरामा जारी साहित्य महोत्सवमा शनिबार पत्रकार विजयकुमारसँगको संवादमा उनले कृति आफ्नी प्रेमिकामाथि लेखिएको स्वीकार गरे । उनले आफ्नो जीवनप्रतिको दृष्टिकोण, दर्शन, पूरा समाजको विषयबारे कृतिमा लेखेको सुनाए ।
“त्यसमा जीवन पूरै काल्पनिक छैन । यद्यपि कल्पनाको पनि त्यसमा मद्दत लिएको छु । कयौं वास्तविक घटना पनि छन् मेरा,” उनले भने, “त्यसैले वास्तविकता, सत्य र कल्पनाको एउटा मिश्रण हो । त्यो सबैको निष्कर्ष हो ।”
साहित्य र राजनीति दुवैलाई जीवनका अङ्ग ठान्दै उनले ती एकअर्काबाट अलग हुन नसक्ने दाबी गरे । उनले साहित्य लेखे पनि वा राजनीति गरे पनि लक्ष्य भने समान रहेको सुनाए । महामन्त्री सिंहले भने, “जुन उद्देश्यले मैले आफ्नो राजनीतिक जीवनमा प्रयत्न गरेको छु ठीक त्यही साहित्यद्वारा पनि गरेको छु ।”
उनले आफू अझै पनि अर्धभूमिगत अवस्थामै रहेको जनाए । सरकारले आफूविरुद्ध वारेन्ट जारी नगरे पनि पार्टीलाई अर्धभूमिगत राखेकै कारण आफू पनि अर्धभूमिगत भएको उनको स्पष्टोक्ति छ । महामन्त्री सिंहले तत्कालीन नेकपा (माओवादी) ले गरेको सशस्त्र सङ्घर्ष माक्र्सवादी, लेनिनवादी सिद्धान्त अनुरूप नभएको जिकिर गरे ।
व्यवस्था र मुलुकमा परिर्वतनका निम्ति सशस्त्र सङ्घर्ष अनिवार्य भए पनि त्यसको विधि, पद्धति हुने उनको भनाइ छ । “सशस्त्र सङ्घर्षको सिद्धान्त नै गलत भो भनेर हामीले भन्दैनौं । त्यो गल्ती कहाँ भयो भने माक्र्सवादी लेनिनवादी सिद्धान्तले सङ्घर्षको प्रक्रिया, परिस्थिति निर्माण गरेको छ । त्यसलाई उहाँहरूले सही किसिमले प्रयोग गर्नुभएन”, उनले भने ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी नेता कृष्णबहादुर महरा लगायतलाई आफ्ना शिष्यभन्दा पनि आन्दोलनका सहकर्मीका रूपमा लिने उनले सुनाए ।
विश्वभर नै कम्युनिस्टको पतन भएको देखिएको औंल्याउँदै उनले नेपालमा पनि त्यस्तो भएको उल्लेख गरे । “यो संसार विश्वव्यापी रुपमा भएको हो । त्यसको असर नेपालमा पनि देखियो,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ६ गते, २०८२ - २०:२२
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको विकास र समृद्धि अवरुद्ध हुनुको कारण केवल राजनीतिक अस्थिरता मात्र न...
भाद्र ६ गते, २०८२ - १९:४५
भारत । भारतको संसदले व्यापक असर पार्ने गरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ । यो निर्णय सरकारले सार्वजनिक गरेका तथ्याङ्कप...
भाद्र ६ गते, २०८२ - १९:३९
रोम । संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ । मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीक...
भाद्र ६ गते, २०८२ - १९:३४
भोजपुर । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि भोजपुरका किसान मारमा परेका छन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाल...
भाद्र ६ गते, २०८२ - १९:२९
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको का अविभाज्य भूभाग रहेको बताएका छन् । उक्त भूमि नेपा...
भाद्र ६ गते, २०८२ - १८:२१
इस्लामाबाद । एसियाली विकास बैंक (एडिबी) ले शुक्रबार पाकिस्तानको रेको डिक तामा र सुन खानी विकासका लागि ४१ करोड डलरको प्याकेज स्वीकृत गरेको छ । यस खानीम...
भाद्र ६ गते, २०८२ - १८:१८
जर्मनी । जर्मनीको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा पनि धेरै घटेको सरकारी तथ्याङ्कमा देखिएको छ, जसले युरोपको सबैभन्दा ठूलो अर्थतन्...
भाद्र ६ गते, २०८२ - १८:१५
बैतडी । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनी घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट...
भाद्र ६ गते, २०८२ - १८:१२
गुल्मी । गुल्मीमा छल्दी खोलाले बगाएर एकजना पुरुषको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ५३ वर्षका मानबहादुर कुमालको म...
भाद्र ६ गते, २०८२ - १८:११
गुल्मी । लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक ब...
प्रतिकृया लेख्नुहोस्: