धनुषा । धनुषाको लालगढमा माझी समुदायले जातीय पहिचानका लागि सडक प्रदर्शन गरेका छन् । शनिबार लालगढका माझी समुदायले माझी समुदायको महान् चाड कोशी (लदी) पूजाको अवसर पारेर सडक प्रदर्शन गरेका हुन् ।
लालगढ माझी समाजको आयोजनामा गरिएको प्रदर्शनीमा माझी समुदायको मौलिकता झल्कने विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो । माझी टोलबाट जातीय पहिचान झल्किने परम्परागत पहिरनमा बाजागाजासहित झाँकी प्रदर्शन गरेका थिए । माझी समुदायको संस्कृति र रीतिरवाजलाई उजार गर्न यो कार्यक्रम गरिएको स्थानीय ईश्वर माझीले बताए ।
प्रदर्शनमा नेपाल माझी उत्थान सङ्घका पदाधिकारी तथा माझी समुदायको उल्लेखनीय सहभागिता थियो । सडक प्रदर्शनपछि लालगढ चोकमा माझी जातिको विविध मौलिक झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले मुलुक बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय भएकाले यस्तो कार्यक्रमले समाजमा सद्भाव, सहिष्णुता, एकता तथा एकअर्काप्रतिको सम्मानमा वृद्धि गर्ने बताइन । उनले माझी समुदायको मुख्य पेशा माछा मार्ने भएता पनि बदलिँदो समयअनुसार शिक्षा आर्जनमा ध्यान दिन आवश्यक रहेको सुझाव दिइन ।
नेपाल माझी उत्थान सङ्घ धनुषाका अध्यक्ष ललित माझीले माझी समुदायको पहिचान, संस्कृति तथा परम्परालाई जोगाइराख्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले स्थानीय, प्रदेश तथा संघीय सरकारले विशेष नीति तथा कार्यक्रम ल्याएर सहयोग गर्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८१ - २०:४७
काठमाडौं । इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलब...
चैत्र २७ गते, २०८१ - २०:४०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् । ...
चैत्र २७ गते, २०८१ - २०:२८
काठमाडाैं । सांसद सोबिता गौतम १५०औँ अन्तरसंसदीय संघ (आइपियू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छिन् । आइपियू महासभाको २१...
चैत्र २७ गते, २०८१ - २०:२३
झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नम्बर २ का नरेन्द्रकुमार ...
चैत्र २७ गते, २०८१ - २०:१७
काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ । बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ...
चैत्र २७ गते, २०८१ - २०:१०
बाग्लुङ । बाग्लुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् । बुधबार बिहान करिब ११ बजे भण्डारी आफ्नै घरनजिकको गोठबाह...
चैत्र २७ गते, २०८१ - १९:५५
धनकुटा । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष सुरु गरेको छ । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे मिल्के क्षेत्रबाट पर...
चैत्र २७ गते, २०८१ - १९:३०
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत र...
चैत्र २७ गते, २०८१ - १९:२६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाएपछि बिहीबारदेखि लागू हुने गरी चीनले पनि अमेरिकी...
चैत्र २७ गते, २०८१ - १९:१६
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना...
प्रतिकृया लेख्नुहोस्: