Ntc summer Offer
Khabar Dabali २३ चैत्र २०८१ शनिबार | 5th April, 2025 Sat
Investment bank

शिक्षाले समाजदेखि व्यक्तिगत जीवनमा समेत सुधार ल्याउन सकेन: सभामुख घिमिरे

खबरडबली संवाददाता

रामेछाप । सभामुख देवराज घिमिरेले प्राविधिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । शनिबार लिखु तामाकोशी गाउँपालिका–६, खिम्तीस्थित श्री मावि ज्यामिरेखानीको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले नेपालको शिक्षाले समाजदेखि व्यक्तिगत जीवनमा समेत सुधार ल्याउन नसकेको भन्दै व्यवहारोपयोगी शिक्षा प्राविधिक र गुणस्तरीय हुनुपर्नेमा जोड दिए । उनले अहिले संसदमा शिक्षासम्बन्धी विधेयक छलफलमा रहेको बताए ।

सभामुख घिमिरेले स्थानीय विशेषताको आधारमा विकास निर्माण गर्नुपर्ने र राजनीतिक दलका नेताहरूको पनि उत्तिकै ठुलो भूमिका रहने बताए । सोही कार्यक्रमको अवसर पारेर सभामुख घिमिरेले विद्यालयले प्रकाशन गरेको विद्यालयको मुखपत्रको विमोचनसमेत गरेका थिए । सभामुख घिमिरेले शुक्रबार खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी मन्दिरको वार्षिक साधारणसभाको उद्घाटनसमेत गरेका थिए ।

उक्त कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकाको समग्र शिक्षा क्षेत्र तथा विकास निर्माणको विषयमा सभामुख घिमिरेसमक्ष गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी गराएका थिए । अध्यक्ष महतले शिक्षा र समग्र गाउँपालिकाको विकास निर्माणको लागि आवश्यक सहयोग गरिदिन आग्रहसमेत गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लिखु तामाकोशी गाउँपालिका–६, खिम्तीका वडाध्यक्ष शिवप्रसाद न्यौपाने, बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बागलुङ । आज बारीमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका घर्तीमगरको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पुर्‍याइएको थियो । अस्पताल पुर्...

बँदेल मार्ने पासोमा करेन्ट लागेर एककाे मृत्यु, शव लुकाउने तीनजना पक्राउ

रौतहट । रौतहट स्थित जंगली बँदेल मार्न राखिएको विद्युतीय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मृतक महिलाको शव लुकाएको अभियोगमा तीनजना पक्र...

गाजा ‘मृत्युको जाल’ बनेको राष्ट्रसङ्घीय अधिकारीको भनाइ

एजेन्सी । निरन्तरको युद्धको कारण गाजा ‘मृत्युको जाल’ बनेको संयुक्त राष्ट्रसङ्घका मानवीय अधिकारी जोनाथन ह्विटलले बताएका छन् । कब्जा गरिएको प्यालेस्टिनी...

बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी राखिने: इजरायली प्रधानमन्त्री नेतान्याहू

इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना (आईडीएफ) ले गाजामा कारबाही तीव्र बनाएको बत...

अमेरिकी करवृद्धि कपडा उद्योगका लागि ठूलो धक्काः बङ्गलादेशी उद्यमी

ढाका । बङ्गलादेशी कपडा उद्योगसम्बद्ध उद्यमीहरूले बिहीबार अमेरिकी करले विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक बङ्गलादेशलाई ‘ठूलो धक्का’ पुर्‍याएको बताएक...

जुम्ला कालढुङ्गीमा एक घर जलेर नष्ट

जुम्ला । चन्दननाथ नगरपालिका –४ कालढुङ्गीनजिक एक घरमा भिषण आगलागी भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । तीन तल्लाको घरको ...

तराई–मधेस केन्द्रित सात दलले गरे ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा

काठमाडौं । तराई–मधेस केन्द्रित सात राजनीतिक दलले ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन् । संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, ...

२० लाखसहित एक चिनियाँ युवती पक्राउ

काठमाडाैं । हुन्डी कारोबारको आरोपमा चिनियाँ युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त जनसेवाको टोलीले चीनको तिब्बत स्थायी घर भई पछिल्लो समय ...

बाँकेमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

बाँके । हात्तीको आक्रमणमा परी बाँकेमा एकजनाको मृत्यु भएको छ । बाँके राष्ट्रिय निकुञ्जको खड्गवारस्थित हात्तीसारमा रहेको गणेशगज हात्तीले आक्रमण गर्दा मा...

उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुर कटारी नगरपालिका–४, मुसहरी टोल खण्डमा  मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।  जिल्ला प्रहरी का...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy