Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

राजविराज–भारदह सडक निर्माण अलपत्र

खबरडबली संवाददाता

सप्तरी । सडक डिभिजन कार्यालय लहानले सप्तरीको राजविराजदेखि तोपा, हनुमाननगर हुँदै भारदहसम्मको सडक निर्माणका लागि लगाएको ठेक्का अलपत्र परेको छ । विभिन्न बहानामा ठेकेदार कम्पनीले निर्माणमा गति दिन नसक्दा साढे आठ किलो मिटर सडक निर्माण अलपत्र परेको हो ।

सडक डिभिजन कार्यालय लहानले २३ असार ०७९ मा साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिसँग २५ करोड ७१ लाख ४६ हजार रुपैयाँमा दुई वर्षको म्याद राखेर ठेक्का सम्झौता गरेको थियो । सडक निर्माण कम्पनीले ०८१ असारभित्र उक्त सडक निर्माण पूरा गरिसक्नुपर्ने थियो । 

तर, हालसम्म १५ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयको तथ्यांकले देखाएको छ । कार्यालयले फेरि एक वर्ष ठेक्का म्याद थप गरेको त्यो पनि असार ०८२ मा सकिदै छ । तर, ठेकेदार कम्पनीले निर्माण सुरु गरेको छैन ।

सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले काम सक्नेतर्फ ठेकेदारले तदारुकता नदेखाएको बताए । ‘अब थपिएको म्याद चार महिना मात्र बाँकी रहेको छ,’ कर्णले भने, ‘अब कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै राजविराजका स्थानीयले चक्काजाम गरेर विरोध जनाएका छन् । राजविराज–हनुमाननगर सडकखण्डमा आन्दोलन गर्दै उनीहरूले शनिबार बिहानैदेखि आवतजावत अवरुद्ध गरेका हुन् । मोटरसाइल र एम्बुलेन्सा बाहेकका सबै सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।

निर्माण पक्षलाई पटकपटक आग्रह गर्दा पनि अटेर गरेका लामो समयदेखि अलपत्र पारेकोले बाध्य भएर  आन्दोलन गर्नुपरेको स्थानीय बसन्त यादवले बताए । सडक नहुँदा आवतजावतमा अत्याधिक समस्या भइरहेकोले यथासिघ्र सडकको काम गर्न उनीहरूको माग रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending