पाेखरा । युवा जनशक्ति पलायन राेक्न सबै जुट्नु पर्ने समय आएकाे राष्ट्रपति पाैडेलले बताएका छन् । पौडेलले युवा जनशक्ति पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको भन्दै राेक्नु पर्ने बेला आएकाे बताएका हुन् ।
शनिबार पोखरा महानगपालिका–१८ सराङकोटमा नवनिर्मित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालय उद्घाटनका क्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । सो क्रममा उनले युवा जनशक्ति पलायन रोकी मुलुकलाई जोगाउन सम्बद्ध सबै गम्भीर बन्नु पर्ने उद्घाेष गरेका छन् ।
२०४६ सालमा देशमा भएको व्यवस्था परिवर्तनपछि गाउँगाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका पूर्वाधार पुगिसकेकाले अब स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरी विदेश पलायन भएका र जाने क्रममा रहेका युवा जनशक्ति रोक्नु पहिलो आवश्यकता भएको उनको भनाइ थियो । राष्ट्रपति पौडेलले भने ‘यो पवित्र स्थलबाट म आज अपिल गर्न चाहन्छु कि सबै नीति, निर्माण तहमा रहेका सबैको ध्यान केन्द्रित होस् ।’
राष्ट्रपति पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोटसहित राष्ट्रनिर्माणको महाअभियानमा जुट्न अपिल समेत गरे । जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट समेत मुलुकको आर्थिक विकास भएको उनले बताए ।
अर्को प्रंसगमा राष्ट्रपति पौडेलले देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने बताए ।
अर्को प्रंसगमा पौडेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरालाई सिधैँ विश्वसँग जोडेको उल्लेख गरे । जाउँ है पोखरालगायतका पर्यटन प्रवद्र्धन अभियान मात्र होइन यहाँ हुने मेला, महोत्सव र साहसिक गतिविधिले समेत पोखरा विश्वकै एउटा घुम्नै पर्ने ठाउँका रुपमा विकास हुँदै गएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८१ - २०:५०
बागलुङ । आज बारीमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका घर्तीमगरको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पुर्याइएको थियो । अस्पताल पुर्...
चैत्र २१ गते, २०८१ - २०:४१
रौतहट । रौतहट स्थित जंगली बँदेल मार्न राखिएको विद्युतीय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मृतक महिलाको शव लुकाएको अभियोगमा तीनजना पक्र...
चैत्र २१ गते, २०८१ - २०:१४
एजेन्सी । निरन्तरको युद्धको कारण गाजा ‘मृत्युको जाल’ बनेको संयुक्त राष्ट्रसङ्घका मानवीय अधिकारी जोनाथन ह्विटलले बताएका छन् । कब्जा गरिएको प्यालेस्टिनी...
चैत्र २१ गते, २०८१ - २०:१०
इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना (आईडीएफ) ले गाजामा कारबाही तीव्र बनाएको बत...
चैत्र २१ गते, २०८१ - २०:०४
ढाका । बङ्गलादेशी कपडा उद्योगसम्बद्ध उद्यमीहरूले बिहीबार अमेरिकी करले विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक बङ्गलादेशलाई ‘ठूलो धक्का’ पुर्याएको बताएक...
चैत्र २१ गते, २०८१ - १९:५८
जुम्ला । चन्दननाथ नगरपालिका –४ कालढुङ्गीनजिक एक घरमा भिषण आगलागी भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । तीन तल्लाको घरको ...
चैत्र २१ गते, २०८१ - १९:५४
काठमाडौं । तराई–मधेस केन्द्रित सात राजनीतिक दलले ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन् । संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, ...
चैत्र २१ गते, २०८१ - १९:४९
काठमाडाैं । हुन्डी कारोबारको आरोपमा चिनियाँ युवतीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाको टोलीले चीनको तिब्बत स्थायी घर भई पछिल्लो समय ...
चैत्र २१ गते, २०८१ - १९:४५
बाँके । हात्तीको आक्रमणमा परी बाँकेमा एकजनाको मृत्यु भएको छ । बाँके राष्ट्रिय निकुञ्जको खड्गवारस्थित हात्तीसारमा रहेको गणेशगज हात्तीले आक्रमण गर्दा मा...
चैत्र २१ गते, २०८१ - १९:३७
उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुर कटारी नगरपालिका–४, मुसहरी टोल खण्डमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी का...
प्रतिकृया लेख्नुहोस्: