Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

ट्रम्प-जेलेन्स्की वार्ता १० मिनेटमै कसरी असफल भयो ?

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनका राष्ट्रपति शुक्रवार राति ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग सकारात्मक छलफल गरेर बाहिरिने अपेक्षामा थिए। भेटले युक्रेनको तत्कालै सुरक्षा सुनिश्चितता नगरे पनि भविष्यको हितका लागि उसको खनिजमा अमेरिकालाई वास्तविक हिस्सा दिने टुङ्गो लगाउने अपेक्षा गरिएको थियो।

तर त्यसो भएन। अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनलाई आफ्नो देशले गरिरहेको सहयोगका लागि कृतज्ञता देखाउन माग गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की विश्वभरिका सञ्चार माध्यमकै अगाडि चर्काचर्कीमा उत्रिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्धविराम सम्झौताका लागि अझै कडा मेहनत गर्न आफ्ना शक्तिशाली साझेदार देशका नेताहरूले दिएको सुझाव युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अस्वीकार गरिदिए।

त्यसमा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले उनी "अनादर" भएर प्रस्तुत भएको प्रतिक्रिया दिए।

अन्ततः पूर्वनिर्धारित पत्रकार सम्मेलनमा बोल्न ट्रम्प मञ्चमा पुग्नुअघि नै जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिन भनियो।

अनि दुवै पक्षले यसै साता सकारात्मक रूपमा चर्चा गरेको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएन। "शान्तिका लागि तयार भएपछि फर्केर आउनू," जेलेन्स्कीको कार त्यहाँबाट बाहिरिएलगत्तै ट्रम्पले सामाजिक सञ्जालमा लेखे।

बैठकका दौरान दुवै पक्षलाई आवेशमा ल्याउने कैयौँ क्षणहरू आएका थिए। यहाँ त्यसमध्येका केही क्षणहरू र त्यस पछाडिको राजनीति र भावनात्मक पक्षको चर्चा गरिएको छ।

१. जेलेन्स्की र भान्स जब आवेशमा आए

आरम्भमा करिब आधा घण्टासम्म सुमधुर वार्ता र औपचारिक कुराकानी भएका थिए। जब उपराष्ट्रपति भान्सले "कूटनीतिक माध्यमबाट शान्ति र समृद्धिको बाटो खोज्न सकिने र ट्रम्पले त्यही गरिरहेको" बताए त्यही बिन्दुबाट तनाव सुरु भयो।

जेलेन्स्कीले भान्सलाई त्यहीँ रोके। उनले तीन वर्षअघिको पूर्ण स्तरको आक्रमण अघिबाटै रुसबाट भइरहेका आक्रमण र सन् २०१९ को असफल युद्धविरामको सन्दर्भ निकाल्दै पुटिनबारे भने, "उनलाई कसैले रोकेन।"

"तपाईँले कस्तो किसिमको कूटनीतिको कुरा गरिरहनुभएको? भन्न खोज्नुभएको के हो?" उनले भने।
त्यसमा भान्सको जबाफ थियो, "तपाईँको देशमा भइरहेको विनाश अन्त्य गर्ने किसिमको।"

त्यसपछि दुई पक्षबीचको चर्काचर्की देखिने गरी तनावपूर्ण बन्दै गयो। अमेरिकी उपराष्ट्रपतिले जेलेन्स्कीलाई आदरार्थी नभएको र अमेरिकी सञ्चारमाध्यमको अघि परिस्थितिबारे बहस चलाएको आरोप लगाए।

भान्सले पुटिनसँग कुरा गरेर ट्रम्पले युद्ध अन्त्य गराउन अपनाएका शैलीको प्रतिरक्षा गरेका थिए। उनले युक्रेनलाई पनि तत्कालै युद्धविराम गर्न दबाव दिएपछि उनी र युक्रेनका राष्ट्रपतिबीच विवाद भयो।

२. 'हामी के महसुस गर्छौँ, तपाईँले सिकाउनु पर्दैन'

भान्सले युक्रेनले सामना गरिरहेको सैन्य अभाव र सेनामा भर्ती हुने मानिसहरूको अभावबारे कुरा उठाएपछि जेलेन्स्कीले त्यसमा तत्कालै प्रतिक्रिया दिए।

उनले भने, "युद्धका समयमा सबैलाई समस्या हुन्छ। तपाईँहरूलाई पनि हुन्छ। तर तपाईँहरूसँग राम्रा समुद्रहरू भएका कारण त्यो अहिले महसुस गर्नुहुन्न। तर भविष्यमा महसुस हुन्छ।"

यो प्रतिक्रियाले ट्रम्पलाई आक्रोशित बनाउँछ। यति बेलासम्म जेलेन्स्की र अमेरिकी उपराष्ट्रपतिबीच मात्रै सीमित वादविवादमा अब ट्रम्प पनि मिसिन्छन्।

यहाँ युक्रेनी नेताले युद्धमा आक्रमण गरिरहेका नेतासँग कुरा गरेर ट्रम्पले आफ्नो नैतिक धरातल गुमाएको विषय उठाउन खोजेजस्तो देखिन्छ।

ट्रम्पले रुससँग गरेको कुराकानी आधारभूत रूपमै गलत भएको आलोचकहरूको भनाई जस्तै जेलेन्स्कीको सन्देशले ट्रम्पको मर्ममा प्रहार थियो।

त्यसले मस्कोले भोगिरहेको एक्लोपन अन्त्य गर्नुका साथै तत्कालै युद्धविराम गर्न भनेर ट्रम्पले पुटिनलाई हौसला प्रदान गरेको अनि युरोपलाई कमजोर बनाउनुका साथै युक्रेनी भूभाग कब्जा गर्न रुसलाई छोडिदिएको आलोचकहरूको आरोप छ।

ट्रम्पले यो युद्धलाई दुई पक्षबीचको मात्रै भएको अर्थ लगाउँदै दुवै पक्षले त्यसको भार र क्षति बहन गर्नुपर्ने बताउने गरेका छन्।

तर जेलेन्स्कीले यो सोचले विनाशकारी परिणाम ल्याउने चेतावनी दिइरहेका थिए अर्थात् युक्रेनी नेताले ओभल अफिसमा ट्रम्पलाई भनिरहेका थिए, 'रुसलाई खुसी पार युद्ध सीधै तिमीतर्फ आउने छ।'

तर यो कुराले ट्रम्पको सबैभन्दा ठूलो प्रतिक्रिया निम्त्यायो।

"हामीलाई के महसुस गर्छौँ भनेर तपाईँले सिकाउनु पर्दैन। तपाईँ त्यो कुरा थोपर्ने ठाउँमा हुनुहुन्न," उनले भने। यसो भनिरहँदा ट्रम्पको आवाज चर्को हुँदै गयो।

"तपाईँसँग अहिले कुनै कार्ड छैन," ट्रम्पले जेलेन्स्कीलाई भने। "तपाईँ दशौँ लाख मानिसको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ।"

ट्रम्पको अगाडि बलियो भएर कुरा गर्न चाहेको देख्न चाहनेहरूका लागि यो चर्काचर्कीले जेलेन्स्कीप्रति वाहवाही पनि बटुल्न सक्छ। तर सँगसँगै यो क्षणले युरोपमा युद्ध र शान्तिको युगको निर्धारण पनि गर्न सक्छ।

३. 'तपाईँ एक्लो हुनुहुन्न थियो' : ट्रम्पको जबाफ

कुराकानीको एउटा बिन्दुमा जेलेन्स्कीले "युद्धको आरम्भदेखि नै हामी एक्लै छौँ र पनि हामी आभारी छौँ।"

जेलेन्स्कीको यो भनाइपछि ट्रम्प आवेशमा आउँछन्। उनले युक्रेनमा जारी युद्ध अमेरिकी करदाताहरूमाथिको बोझको रूपमा बारम्बार प्रस्तुत गर्दै आएका छन्।

"तपाईँ एक्लो हुनुहुन्न," ट्रम्प भन्छन्। "तपाईँ एक्लो हुनुभएको छैन। हामीले तपाईँलाई ती मूर्ख राष्ट्रपतिमार्फत् तीन खर्ब ५० अर्ब खिएका छौँ," बाइडेन प्रशासनका पालमा युक्रेनलाई अमेरिकाले गरेको सहयोगप्रति सङ्केत गर्दै ट्रम्प भन्छन्।

त्यसबीचमा भान्सले आफ्नो देशको सहयोगप्रति युक्रेनी जेलेन्स्कीले अमेरिकालाई धन्यवाद दिए नदिएको प्रश्न गर्छन्।

उनी त्यतिमा मात्रै रोकिँदैनन् जेलेन्स्कीलाई गत नोभेम्बरमा भएको अमेरिकी निर्वाचनमा विपक्षी (डेमोक्र्याट)हरूलाई भोट मागेको आरोप लगाउँछन्।

अमेरिकी निर्वाचनको केही साताअघि जेलेन्स्कीले जो बाइडनको गृहनगर पेन्सलभानिआ क्षेत्रको एउटा हतियार कारखाना क्षेत्रमा गरेको भ्रमणप्रति भान्सले सङ्केत गरेका थिए।

उक्त भ्रमणप्रति रिपब्लिकनहरू रुष्ट थिए। उनीहरूले दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा भएको राज्यमा राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसको चुनावी अभियानमा सहयोग पुर्‍याउन उक्त भ्रमण गरिएको आरोप लगाएका थिए।

विश्वव्यापी सुरक्षाको संवेदनशील विषयमा भएको भेटमा निकै विभाजित रहेको अमेरिकाको आन्तरिक राजनीतिको छाया यहाँ परेको देखियो।

अमेरिकालाई धन्यवाद दिए नदिएको विषयमा भान्सको प्रश्नपछि जेलेन्स्कीले, "के तपाईँलाई मात्रै यो युद्धबारे चर्को बोल्नुपर्छ भन्ने लागेको छ" भन्छन्। उनलाई रोक्दै ट्रम्पले भान्स चर्को नबोलेको दाबी गर्छन्।

निकै चिढिएको जस्तो देखिएका ट्रम्प भन्छन्, "तपाईँको देश निकै ठूलो समस्यामा छ।"

"तपाईँले यो युद्ध जित्दै हुनुहुन्न," ट्रम्प थप्छन्। "हामी भएका कारण यसबाट बाहिर आउने एकदमै राम्रो अवसर तपाईँलाई छ।"

४. जेलेन्स्कीको प्रश्न 'के मूल्यमा युद्धविराम'

"यो तरिकाले काम गर्न धेरै गाह्रो हुन्छ," ट्रम्प भन्छन्। "यसरी सम्झौता गर्न गाह्रो हुन्छ। मनोवृत्तिमा परिवर्तन जरुरी छ।"

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले जेलेन्स्कीलाई एउटा बिन्दुमा हप्काउँछन्। उनको मनोवृत्तिका कारण उनीहरू रिसाएजस्तो देखिन्छ।

"मात्र धन्यवाद भन्नूस्," भान्सले एउटा क्षणमा भन्छन्।
फेरि छलफल युद्धविरामतर्फ मोडिन्छ र ट्रम्पले युद्धविरामका लागि पन आग्रह गर्छन्।

जसमा जेलेन्स्कीले भन्छन्, "के कुराको सुनिश्चिततामा?"

जेलेन्स्कीले रुसी आक्रमणबाट आफ्नो देश जोगाउन तीन वर्ष खर्चिएका छन्। युक्रेनबाट पुटिनले लखेट्न खोजिरहेका समाज र राजनीतिक नेतृत्त्वलाई उनले एक ठाउँमा बाँधेका छन्।

तर क्यामरामा कैद भइरहेको मुख्य दृश्य बाहिर कोठामा अर्को दृश्य थियो। वाशिङ्गटनका लागि जेलेन्स्कीकी दूत ओक्साना मार्कारोभा पुर्पुरोमा हात लगाएर बसिरहेकी थिइन्।

यो कुराकानीले रुसविरुद्धको युद्धमा युक्रेनलाई सहयोग गरिरहेको सबैभन्दा शक्तिशाली देश र जेलेन्स्कीबीचको सम्बन्धको सङ्क्षिप्त चित्र देखाउँछ।

उनी जसरी शुक्रवार राती ट्रम्पसँग खडा भए त्यो कालान्तरमा पुटिनसँग उनको हारको कारक बन्न सक्ने विश्लेषणहरू गरिएका छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE