Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

उमेदवारी दर्ता नहुँदै प्याब्सन अध्यक्ष उम्मेदवारलाई जिताउन एमालेको सर्कुलर

पार्टीको हस्तक्षेप पछि चर्को आलोचना

खबरडबली संवाददाता

बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आसन्न केन्द्रीय महाधिवेशनमा पार्टीका उम्मेदवारलाई जिताउन नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षले गरेको सर्कुलर बाहिरिएको छ । उम्मेदवारी दर्ता नहुँदै एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले टिकाराम पुरी नेतृत्वको समूहलाई जिताउन सहयोग गर्न सर्कुलर जारी गरेको पत्र बाहिरिएको हो ।

प्याब्सनको महाधिवेशन फागुन २६ र २७ गते काठमाडौंमा हुंदैछ ।  एमाले प्रदेश अध्यक्ष कंडेलले फागुन ११ गतेको मितिमा जिल्ला अध्यक्षहरुलाई पत्र लेखेर प्याब्सन देशव्यापी सञ्जाल भएको महत्वपूर्ण संगठन भएको उल्लेख गर्दै महाधिवेशनमा निवर्तमान अध्यक्ष एवं हालका प्रमुख सल्लाहकार पुरीको अध्यक्षमा उम्मेदवारी हुने भन्दै विजयी बनाउन सर्कुलर पठाएका थिए । मोरङका पुरी एमाले कार्यकर्ता हुन् । नयाँ नेतृत्वका लागि फागुन २१ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

प्रदेशका १२ वटै जिल्ला अध्यक्षलाई सम्बोधन गरी पठाएको गोप्य सर्कुलर कुन जिल्ला अध्यक्षले बाहिर सार्वजनिक गरे भन्ने विषयले एमाले लुम्बिनीमा तरंग ल्याएको छ ।

सर्कुलरमा पुरी नेतृत्वको समूहलाई विजयी बनाउन जिल्ला र सो मातहतका कमिटी र पार्टी पंक्तिलाई समन्वय र सहयोग गर्न भनिएको छ । यसका लागि पार्वती रावत,भोजबहादुर शाह,टिकाराम पुरी र कृष्ण खनालसंग सम्पर्क गर्न सर्कुलरमा भनिएको छ ।

प्याब्सनको महाधिवेशनमा वर्तमान अध्यक्ष डिके ढुंगाना,वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी लगायत पनि अध्यक्षका दावेदार रहेका छन् ।

पार्टीको हस्तक्षेप पछि चर्को आलोचना

प्याब्सन सबै दलमा आस्था राख्ने विद्यालय सञ्चालकहरुको साझा र स्वतन्त्र संस्था भएकोमा नेकपा एमालेले भातृ संस्था जस्ता बनाउन खोजेको भन्दै चर्को आलोचना भएको छ । ‘प्याब्सनलाई कुनै दलको भातृ संस्था जस्तो बनाउने गरी एमाले लुम्बिनीले जारी गरेको सर्कुलुर खेदजनक र आपत्तिजनक छ’, प्याब्सन लुम्बिनी प्रदेश सचिव कृष्ण शर्माले भने, ‘प्याब्सनमा कुनै अमूक दलको हस्तक्षेप स्वीकार्य छैन ।’

उम्मेदवारी दर्ता नहुँदै कोशी प्रदेशका पूरीलाई जिताउन एमाले लुम्बिनीले सर्कुलर जारी गर्नु आफैमा अस्वभाविक भएको भन्दै सचिव शर्माले यसले एमालेकै अन्य व्यक्ति उम्मेदवार बन्न पाउने संवैधानिक र लोकतान्त्रिक अधिकारलाई कुण्ठित गरी निरंकुश चरित्र प्रदर्शन भएको टिप्पणी गरे ।

‘यो सर्कुलरले प्याब्सनको नेतृत्वमा आउन चाहने एमालेकै अन्य कार्यकर्तामाथि अन्याय र पक्षपात भएको छ, कुनै एउटा व्यक्तिका लागि पार्टीले सर्कुलर जारी गर्दा अरुको अवमूल्यन र अपमान भएको छ’, शर्माले भने ।

एमाले निकट प्याब्सन लुम्बिनीका एक सदस्यले पनि स्वतन्त्र संस्थामा पार्टीले अमूक व्यक्तिलाई जिताउन सर्कुलर जारी गर्नु र गोप्य सर्कुलर बाहिरिनुले गलत सन्देश गएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending