Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

खबरडबली संवाददाता

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीयवासी जुटेका छन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थलको प्रचारप्रसारसँगै संरक्षणमा स्थानीयवासी जुटेका हुन् ।

स्थानीय युवाको सक्रियतामा यो मन्दिरको संरक्षण भइरहेको छ । स्थानीयवासीले वडा कार्यालयबाट प्राप्त बजेटबाट घेराबारा गरेका हुन् । सरोकारवाला पक्षसँग बजेट मागसँगै स्थानीयबाट श्रमदान गरेर मन्दिरको संरक्षण गरिरहेको टेम्केमैयुङ– ५ का गजलेका स्थानीयवासी रमेश विष्टले बताए ।

अहिले वडाबाट प्राप्त रु दुई लाख र श्रमदानमार्फत रु ५० हजार गरी करिब रु दुई लाख ५० हजार बजेटबाट मन्दिरमा बाह्र मिटर चौडाइ, २० मिटर लम्बाइ र डेढ मिटर उचाइ बराबरको घेराबारा गर्ने काम सम्पन्न भएको उनले जानकारी दिए ।

“सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा जुटेका छौँ” उनले भने, “मन्दिरमा घेराबारा नहुँदा पशुचौपाया पस्ने तथा मन्दिरको असुरक्षा बढेकोले संरक्षण गरेका हौँ । मन्दिरको संरक्षण तथा प्रचारप्रसारमा स्थानीयवासी जुटेको छौँ । श्रमदानसँगै विभिन्न निकायमा बजेट माग गरेर मन्दिरको संरक्षण गरिरहेका छौँ ।”

मन्दिरको शिरमा प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्केडाँडा रहेकोले यो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटनको राम्रो सम्भावना रहेको स्थानीयवासी शिवकुमार विष्टले बताए । यो क्षेत्रको विकासका लागि गाउँका युवा एकजुट भएर संरक्षण तथा विकास लागेको उनको भनाइ छ । यो मन्दिर टेम्केको काखमा रहेकाले नेपाल सरकारको एक सय गन्तव्यभित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’लाई यो क्षेत्र भएर विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

“यो क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ” उनले भने, “तर मझौले क्षेत्रमा पदमार्ग विस्तारको कुनै योजना छैन । यो क्षेत्रलाई पनि समेटेर पदमार्ग विस्तार गर्न जोडदार माग गरिरहेका छौँ ।”

यहाँ मन्दिर निर्माण तथा यसको व्यवस्थापनको लागि निःशुल्क आवश्यक जमिन प्रदान गरेको स्थानीयवासी देवबहादुर विष्टले बताए । मन्दिरको संरक्षण तथा विकास विस्तारमा सबैजना एकसाथ अघि बढेको उनको भनाइ छ । यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको उनको भनाइ छ ।

पर्यटकीय रुपमा सुन्दरस्थलमा रहेको यो देवस्थल प्रसारप्रसारको कमिले ओझेलमा परेको उनको भनाइ छ । यसको महत्वलाई देश विदेशमा चिनाउन सके यसले यो क्षेत्रको आर्थिक विकासमा निकै ठूलो टेवा पुग्ने विष्टले बताए । “यो महत्वपूर्ण धार्मिकस्थल हो” उनले भने, “यो स्थानमा मन्दिर निर्माण तथा आवश्यक व्यवस्थापनको लागि मैले निःशुल्क जग्गा प्रदान गरेको छु । यो क्षेत्रलाई प्रचारप्रसार गर्न सकेमा यहाँको विकासमा थप टेवा पुग्ने देखिन्छ ।”

राज्यको मात्र बाटो हेर्ने भन्दा पनि आफ्नो तहबाट पनि योगदान गर्ने लक्ष्यले युवाहरु एकजुट भएर मन्दिरसँगै गाउँ विकासमा जुटेको स्थानीयबासी छिरिङ शेर्पाले बताए । घेराबाराको काम सम्पन्न भए पनि मन्दिरको प्रदेशद्धार (गेट) आफ्नो पहलमा निर्माण गर्ने जिम्मा लिएको उनले बताए ।

“हामीले पनि आफ्नो ठाउँको विकासको लागि अगुवाइ गर्नुपर्छ” उनले भने, “राज्यको तहको मात्र आशा गर्ने भन्दा पनि हामी पनि जागरुक हुन आवश्यक छ । आफ्नो ठाउँको विकासमा आफ्नो तहबाट पनि योगदान गर्नुपर्छ भन्ने सोचका साथ हामी अघि बढेका छौँ ।”

यो स्थानमा तिज, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी तथा विभिन्न अवसरमा मेला लाग्ने गरेको स्थानीयवासी एकराज विष्टले बताउनुभयो । चिताएको पुग्ने तथा मनोकाक्ष पूरा हुने धार्मिक विश्वासले मानिसहरु यहाँ आउने गरेको उनको भनाइ छ । मन्दिरमा शिव, गणेश, सूर्य, विष्ण र देवी गरी पञ्चायन भगवानको मूर्तिहरु रहेका छन् । यहाँ एक साथ पाँच देवताको दर्शन गर्न सकिने उनको भनाइ छ ।

“यो शिवपञ्चायन मानिसको धार्मिक आस्थाको केन्द्र हो”उनले भने, “प्रसिद्ध टेम्के डाँडाको काखमा रहेपनि यो स्थान ओझेलमा पर्नु दुःखको कुरो हो । हामी अहिले स्थानीयस्तरबाट प्रचारप्रसारमा जुटेका छौँ । राम्रो प्रचार गर्न सके यसले यहाँको आर्थिक विकासमासमेत टेवा पुग्ने देखिन्छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending