Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

नेकपा एस र जसपा नेपालका यी सांसदलाई आफ्नो पक्षमा तानेर अध्यादेश पारित गर्ने रणनीतिमा सरकार

खबरडबली संवाददाता

काठमाडौं । सरकारले ल्याएका ६ वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभाबाट यसै साता क्रमशः बुधबार र बिहीबार स्वीकृत गराउने तयारी गरिएको छ। अध्यादेशहरू दुवै सदनमा पेस भएको आइतबार एक महिना पुगे पनि राष्ट्रियसभामा भने सत्तापक्षको बहुमत नपुग्ने अवस्था छ।

अध्यादेशकै कारण दुवै सदनको यही फागुन १५ पछिको कार्यतालिका अहिलेसम्म बाहिर ल्याइएको छैन। संसद् सचिवालयका अनुसार फागुन २१ गते बुधबार प्रतिनिधिसभा र २२ गते बिहीबार राष्ट्रियसभाको बैठकबाट अध्यादेश स्वीकृत गराउन सरकार लागिरहेको छ। मंगलबार अपराह्न ३ बजेपछि बस्ने कार्यव्यवस्था परामर्श समितिबाट यसको निधो हुनेछ।  

सत्तारूढ दलहरूले आफ्ना सांसदलाई अध्यादेशको पक्षमा मत दिन ह्विप लगाउने तयारी गरेका छन्। यसका लागि मन्त्रीलाई विदेश र जिल्ला भ्रमणमा नजान भनिएको छ। यसैका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलगायतको विदेश भ्रमण र गृहमन्त्री रमेश लेखकको जिल्ला भ्रमण स्थगित भएको छ। प्रतिपक्षले भने सरकारले अध्यादेश स्वीकृत गराउने तयारी भएकाले ह्विप लगाउने तयारीसँगै आफ्ना सांसदलाई निगरानीमा राख्न सुरु गरेका छन्।

प्रतिनिधिसभामा अध्यादेश निर्णयार्थ पेस भएको भोलिपल्टै २२ गते बस्ने राष्ट्रियसभाको बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी छ। राष्ट्रियसभाले पनि कार्यतालिका बाहिर ल्याएको छैन। कार्यव्यवस्था समितिको आइतबारको बैठकले फागुन २२, २३ र २५ गते बैठक बस्ने निर्णय गरेको राष्ट्रियसभाका एक सांसदले बताए। तर कार्यतालिकामा अध्यादेश समावेश भइसकेको छैन। २२ गतेको बैठकअघि कार्यसूचीमा अध्यादेश राख्न खोजिएको हुन सक्छ। तर सरकारले २२ गते राष्ट्रियसभाबाट अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची तय हुन लागेको छ।

फागुन २१ र २२ गते ६ अध्यादेश स्वीकृतिका लागि कार्यसूचीमा राख्ने तयारी गरेपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट अध्यादेशको पक्षमा केही सांसद लैजान सक्ने भएकाले सांसदहरूलाई निगरानीमा राखिएको हो। अध्यादेश पेस गरेर स्वीकृत गर्न नसकेपछि पर्ख र हेरको रणनीतिमा रहेको सरकारले अब मत पाउने सुनिश्चितताका आधारमा अगाडि बढ्न खोजेको संकेत देखाएको छ। यसबाट साना दल सशंकित बनेका छन्। मुख्यगरी राष्ट्रियसभामा एक वर्ष अवधि बाँकी रहेका र लचिला हुन सक्ने सांसदलाई हेरिएको छ।

एक वर्षको क्षतिपूर्ति दिएर उनीहरूलाई मत माग्न सकिने र अन्य सांसदलाई पनि केही ठाउँ दिने आश्वासन दिएर भए पनि लैजान सकिने सम्भावना देखेर नेकपा एस र जसपा नेपालले आफ्ना सांसदलाई निगरानीमा राखेका छन्।

राष्ट्रियसभामा नेकपा एसका आठ सांसद छन्। जसमा गोमा देवी तिमिल्सिना, घनश्याम रिजाल, सावित्रा मल्लको मत तान्ने प्रयास गर्ने आशंका गरिएको छ। प्रतिनिधिसभातर्फ नेकपा एसका प्रेम आले र कृष्णकुमार श्रेष्ठ (किसान) लाई निगरानीमा राखिएको स्रोतले बतायो। एक वर्ष पदावधि बाँकी रहेका जसपा नेपालका मृगेन्द्रकृमार सिंह यादव र पूजा चौधरीलाई फकाउने प्रयास हुनेछ। यीमध्ये मृगेन्द्र र पूजालाई सत्तापक्षले आफ्नो पक्षमा लैजान सक्ने सम्भावना देखिएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का एक सांसदले बताए।

प्रतिनिधिसभामा बहुमत पुगे पनि राष्ट्रियसभामा तीन मतको आवश्यकता छ। तर राष्ट्रियसभामा कांग्रेसका १६ र एमालेका १०, मनोनीत वामदेव गौतम र अन्जान शाक्य गरी २८ जना सांसद छन्। त्यहाँ बहुमतका लागि ३० जना सांसद आवश्यक पर्छ। यसका लागि तीन सांसद भएको जसपा नेपालको साथ अनिवार्य आवश्यक छ। तर सांसद खरिद–बिक्री गरिए अन्य पार्टीबाट पनि आवश्यक मत पूर्ति हुन सक्ने देखिन्छ।

सरकारले अध्यादेश संसद्मा पेस गरेको एक महिना पूरा भएको छ। गत पुस र माघको सुरुमा ल्याइएका अध्यादेश माघ १८ गते बसेको संघीय संसद्को दुवै सदनमा पेस भएका थिए। संविधानबमोजिम पेस भएको ६० दिनभित्र अध्यादेश स्वीकृत गरी प्रतिस्थापन विधेयकसमेत पारित गरिसक्नुपर्ने व्यवस्था छ। सदनबाट स्वीकृत नभए सरकारसँग नैतिकताको प्रश्न उठ्ने र राजीनामा समेत माग हुन सक्ने अवस्था आएपछि सरकारले अब छिट्टै सदनबाट अध्यादेश पारित गर्ने रणनीति अपनाएको छ।

हालै जारी सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश दुवै सदनबाट स्वीकृत भएपछि मात्रै प्रतिस्थापन विधेयक ल्याउनुपर्ने व्यवस्था छ। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending