Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

राजनीति स्थिरता र विकासका लागि वर्तमान समीकरण: उपप्रधानमन्त्री सिंह

खबरडबली संवाददाता

अछाम। नेपाल सरकारका उपप्रधान तथा सहरी विकास तथा भौतिक मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान समीकरण भएको बताएको छन । अछाम सदरमुकाम मङ्गलसेन दरबारको हस्तान्तरणका क्रममा राजनीतिक अस्थिरताले देशको विकासमा प्रभाव पारेकोले त्यसको अन्त्यका लागि आफूहरू एक भएको भनाइ उपप्रधान मन्त्री सिंहको छ । 

“देशका राजनीति स्थायित्व र स्थिरता नभईकन जनताले चाहे अनुसारको विकास निर्माणका कार्यहरू अगाडि बढाउन मुस्किल हुने भएकोले वर्तमान सरकार गठन भएको हो ।” मन्त्री सिंहले भने। राजनीतिक अस्थिरताले पटक पटक छोटो समयका लागि सरकार परिवर्तन हुने भएकोले जनताको चाहना अनुसारको वर्तमान सरकार भएको उनको भनाइ छ । संविधानप्रदत्त अधिकारहरू सबैलाई समान रूपमा उपभोग गर्न पाउने गरी आवश्यक सङ्घीय कानुनहरू समयमै बनाएर जनतालाई सेवा दिनेमा लागिरहेको मन्त्री सिंहको भनाइ रहेको छ । 

उपप्रधानमन्त्री सिंहले देशमा रहेका सम्पदा र संरचनाको विकास, विस्तार गरेर त्यसबाट आम्दानीको स्रोत बनाउन सकिने भनाइ राखे। दरबारको निर्माणमा बाँकी रहेका काम र मङ्गलसेन बजार क्षेत्रको विकासमा मन्त्रालयबाट सहयोग रहने बताए। 

दरबार हस्तान्तरण कार्यक्रममा अछाम क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, प्रदेशसभा सदस्य मानबहादुर रावल, मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मन्तव्य राखेको थिए।  उपप्रधानमन्त्री सिंहलाई मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले नगरका केही महत्त्वपूर्ण योजनासहितको ज्ञापन पत्र बुझाएको छन । 

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न कार्यालयका प्रमुखलगायतको सहभागिता थियो । उपप्रधानमन्त्री आजै जिल्लाको पञ्च देवल विनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीके राउतलाई भारी मतले हराउँदै सप्तरी–२ मा रास्वपाका रामजी यादव विजयी

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय राजनीतिमा आएको छोटो समयमै रोकिन पुगेका छन्। राउतलाई रोक्दै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचि...

इलाम–१ मा अग्रता बढाउँदै एमालेका काजीमान

इलाम। इलाम निर्वाचन क्षेत्र – १ मा जारी मतगणनामा नेकपा एमालेका काजीमान कागतेले अग्रता बढाउँदै गएको छन् ।  अहिले सम्मको मत परिणाममा इलाम–१ मा एमालेक...

सुनसरी–१ मा हर्क साम्पाङ विजयी: सडकदेखि सदनसम्मको यात्रा

धरान। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी भएको छन्। राईले ३५ हजार ७ सय ...

काठमाडौँमा प्रदूषण बढ्यो

काठमाडौँ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका म...

रौतहट ३ मा रास्वपाका रबिन्द्र पटेल विजयी

रौतहट। रौतहट क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रबिन्द्र पटेल भारी मतान्तरले विजयी भएको छन् ।  उनी आफ्ना निकटम प्रत...

बर्दिया २ मा भारी मतान्तरले रास्वपा अगाडि

बर्दिया। बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल अगाडि बढेको छन् ।  उन...

मकवानपुर १ मा स्वपाका प्रकाश गौतम विजयी

हेटौँडा। मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको छन्। प्रदेश नि...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने

काठमाडौं। गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरू र सरकारी पक्षको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्...

बाजुरामा कांग्रेसका जनकराज गिरी ५४० मतले विजयी

बाजुरा। बाजुरा जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५...

ललितपुर –२ मा रास्वपाका खरेल विजयी

ललितपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदावर जगदीश खरेल भारी मतका साथ विजयी भएको छन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE