अछाम। नेपाल सरकारका उपप्रधान तथा सहरी विकास तथा भौतिक मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान समीकरण भएको बताएको छन । अछाम सदरमुकाम मङ्गलसेन दरबारको हस्तान्तरणका क्रममा राजनीतिक अस्थिरताले देशको विकासमा प्रभाव पारेकोले त्यसको अन्त्यका लागि आफूहरू एक भएको भनाइ उपप्रधान मन्त्री सिंहको छ ।
“देशका राजनीति स्थायित्व र स्थिरता नभईकन जनताले चाहे अनुसारको विकास निर्माणका कार्यहरू अगाडि बढाउन मुस्किल हुने भएकोले वर्तमान सरकार गठन भएको हो ।” मन्त्री सिंहले भने। राजनीतिक अस्थिरताले पटक पटक छोटो समयका लागि सरकार परिवर्तन हुने भएकोले जनताको चाहना अनुसारको वर्तमान सरकार भएको उनको भनाइ छ । संविधानप्रदत्त अधिकारहरू सबैलाई समान रूपमा उपभोग गर्न पाउने गरी आवश्यक सङ्घीय कानुनहरू समयमै बनाएर जनतालाई सेवा दिनेमा लागिरहेको मन्त्री सिंहको भनाइ रहेको छ ।
उपप्रधानमन्त्री सिंहले देशमा रहेका सम्पदा र संरचनाको विकास, विस्तार गरेर त्यसबाट आम्दानीको स्रोत बनाउन सकिने भनाइ राखे। दरबारको निर्माणमा बाँकी रहेका काम र मङ्गलसेन बजार क्षेत्रको विकासमा मन्त्रालयबाट सहयोग रहने बताए।
दरबार हस्तान्तरण कार्यक्रममा अछाम क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, प्रदेशसभा सदस्य मानबहादुर रावल, मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मन्तव्य राखेको थिए। उपप्रधानमन्त्री सिंहलाई मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले नगरका केही महत्त्वपूर्ण योजनासहितको ज्ञापन पत्र बुझाएको छन ।
जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न कार्यालयका प्रमुखलगायतको सहभागिता थियो । उपप्रधानमन्त्री आजै जिल्लाको पञ्च देवल विनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८१ - १६:५७
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता ९एआई०र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार क...
चैत्र १३ गते, २०८१ - १६:३१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गरेको छन। राष्ट्रिय युवा सङ्घ नेपालद्व...
चैत्र १३ गते, २०८१ - १५:५२
काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । इटहरीको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि सुरू भए...
चैत्र १३ गते, २०८१ - १५:३१
काठमाडौं । विपक्षीको निरन्तर अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका का...
चैत्र १३ गते, २०८१ - १५:०१
टीआरसी टुंग्याएलगत्तै ओलीले कुलमान हटाउने निर्णय गरेपछि फेरि मलाई स्वर्ग र नर्क सम्झायो
चैत्र १३ गते, २०८१ - १४:४७
काठमाडौं । गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएको छन । जुद्ध वारु...
चैत्र १३ गते, २०८१ - १४:३८
रास्वपाका नेताहरूले फर्काए यस्तो जवाफ
चैत्र १३ गते, २०८१ - १४:२६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्ने भएको छन । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक ...
चैत्र १३ गते, २०८१ - १४:१९
काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । महिला र पुरुषहरुको ...
चैत्र १३ गते, २०८१ - १४:०१
काठमाडौं ।राष्ट्रिय सभामा पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागेको छन ।...
प्रतिकृया लेख्नुहोस्: