Ntc summer Offer
Khabar Dabali २८ चैत्र २०८१ बिहीबार | 10th April, 2025 Thu
Investment bank

नेप्से परिसूचक ३० अंकले घट्यो

खबरडबली संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मा ३० दशमलव ३६ अंकको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेप्से परिसूचक सोमबार र आज निरन्तर दोहोरो अंकले घटेको हो । 

एक दशमलव ०५ प्रतिशतको गिरावटपछि आज नेप्से परिसूचक दुई हजार ८४६ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज तीन सय १८ कम्पनीको दुई करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर एक लाख २२ हजार ३३६ पटक खरिदबिक्री हुँदा  १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार बराबरको कारोबार भएको छ । 

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव ०५, विकास बैंक शून्य दशमलव ३९, वित्त दुई दशमलव १०, होटेल तथा पर्यटन शून्य दशमलव ९७ र जलविद्युत् समूह एक दशमलव ०८ प्रतिशतले घटेको छ । 

त्यसैगरी लगानी एक दशमलव ७५, जीवन बीमा शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन दुई दशमलव २१, लघुवित्त एक दशमलव ४१, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बीमा एक दशमलव ११, व्यापार शून्य दशमलव ८४ र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छभने सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको  एक अर्ब नौ करोड ३० लाख ७८ हजार ९८३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावर लिमिटेडको १३ लाख १७ हजार ८४२ कित्ता शेयर किनबेच भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ

काठमाडौं । थाइल्याण्डबाट लागुऔषध कारोबारीले पठाएको गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।   चैत २६ मा थाई एयरलाइन्सको उडानमार...

मूल्यवृद्धि ३.७५ प्रतिशत, घ्यू तेलमा सबैभन्दा उच्च

काठमाडाैं । गत फागुनमा औसत मूल्यवृद्धिदर ३.७५ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ४.८२ प्रतिश...

लुम्बिनीका विभिन्न जिल्लामा हावाहुरी, चट्याङ लागेर रोल्पा र अर्घाखाँचीमा दुई जनाको मृत्यु

रुपन्देही। रोल्पाका बुधबार राति हावाहुरीसहित परेको वर्षा र चट्याङले एकजनाको मृत्यु भएको छ भने केही भवनहरुमा क्षति पुगेको छ । चट्याङ लागेर रोल्पा नग...

शिक्षक महासंघ र सरकारबीच ५ बजे वार्ता हुने

काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक...

सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताएका छन । नेपाल उद्योग वाणिज्य महासङ...

आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका छन् । नेपाल उद...

नयाँ वर्षकाे पु्र्व सन्ध्यमा नारायणी नदी किनारमा कन्सर्ट हुने

चितवन । नयाँ वर्षमा चितवनको नारायणी नदी किनारमा सांगीतिक कन्सर्ट हुने भएको छ । एस डी इभेन्टस एण्ड म्यानेज्मेन्टले मिसन रेड अभियान अन्तगर्त चैत्र ३१...

वर्षाले पनि रोकिएन शिक्षक आन्दोलन, छाता ओढेरै निस्किए सडकमा

काठमाडौं । नौ दिनदेखि देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू सडकमा छन् ।  शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै आज नौ‍‍औँ दिन पनि ...

१ सय बर्ष पछि मठा फल्चाको पुनर्निमाण गरिदैँ

काठमाडौं  ।  ‘ग्वलः देँ’ (ग्वलः देश) को प्राचीन स्वरुपलाई पुनरुत्थान गरिरहेको बताउँदै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा–८ का अध्...

ओखलढुंगामा घरमै सुत्केरी हुने चलन रोकिएन

ओखलढुंगा । ओखलढुंगामा सरकारले घरमै सुत्केरी हुने दर घटाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। जिल्ला स्वास्थ्य कार्यालयले सुरक्षित मातृत्व कार्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy