वराहक्षेत्र । नेपालको लागि नयाँ प्रजातिको चरा फेला परेको छ। पूर्वी नेपालको झापा जिल्लास्थित मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिट्टा क्षेत्रमा ‘पर्पल रम्प्ड सनबर्ड’ फेला परेको हो।
समुद्र सतहतबाट १३३ मिटर उचाइमा नेपालको लागि नयाँ प्रजातिको पर्पल रम्प्ड सनबर्ड चरा अभिलेख गरिएको नेपाल बर्ड रेकर्ड कमिटीका संयोजक डा। तुलसी सुवेदीले बताए। उनका अनुसार नेपालका चराविद् देवेन्द्रकुमार खरेलले चरा अवलोकनको क्रममा फागुन ७ गते बिहान ८ बजेर ३० मिनेटको समयमा चराको अभिलेख गरेको थिए।
चराविद् खरेलले मेचीनगर क्षेत्रको एक आवासीय भवन परिसरमा रहेको एभोकाडो रुखमा पहिलोपटक उक्त चराको भालेपोथी दुबै देखेपछि लगातार दुई दिनसम्म अवलोकनका क्रममा सोही ठाउँमा पर्पल रम्प्ड सनबर्डको अभिलेख गर्नुभएको नेपाल चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले बताए। चराविद् खरेलले देखेसँगै अर्का चराविद् अनिष तिम्सिना, चक्र तिम्सिना र शङ्खर लुइटेलले पनि चराको अवलोकन गरेको जनाइएको छ।
चराविद् खरेलले भेटिएको चराको तस्बिर खिचेर प्रारम्भिक पहिचान गर्नुभएको थियो। नौलो देखिएको चराको यकिन गर्न खरेलले नेपाल बर्ड रेकर्ड कमिटीमा विवरण र तस्बिर पठाउनु भएको थियो। प्राप्त विवरणको आधारमा अध्ययन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविद्को राय सुझाव प्राप्त भएपछि पुष्टि गरी नेपाली नाम ‘बैजनी बुंगे’ चरा राखिएको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ।
प्यासेरिफर्म्स वर्गको नेक्टारिनायडी परिवारमा पर्ने यो चरा बङ्गलादेश, भारत, म्यानमार र श्रीलङ्कामा पाइने र यी क्षेत्रमा प्रजनन पनि गर्ने डा। सुवेदीले बताउनुभयो। विश्वमा यस चराको दुई उपप्रजाति एल जेठ फ्लाभिभेन्ट्रिस र एल जेठ जेलोनिका अभिलेख भएका छन्। नेपालमा अभिलेख भएको चरा एल जेठ फ्लाभिभेन्ट्रिस उपप्रजातिमा पर्ने पर्पल रम्प्ड सनबर्ड भएको उनले बताए।
नेपालको अभिलेखमा थप एउटा प्रजातिको सङ्ख्या थप भएको छ। नयाँ प्रजातिको चरा थपिएसँगै नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुगेको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: