काठमाडौं । अस्ट्रेलियामा नेपाली फिल्म अवार्ड आयोजन हुन लागेको छ । डि व्वाइज इन्टरटेन्मेन्ट नामक संस्थाले मे २८ जुन १ सम्म अस्ट्रेलियामा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्न लागिएको हो ।
नेपाली फिल्म र पर्यटन प्रवर्धन उद्देश्यसहित अवार्ड आयोजना गर्न लागिएको डि व्वाइज इन्टरटेन्मेन्टका प्रमुख गणेश मल्लले बताए । पछिल्लो समय नेपाली फिल्मको बजार अस्ट्रेलियामा राम्रो हुँदैगएको छ । अस्ट्रेलियामा नियमित रूपमा अधिकांश नेपाली फिल्म प्रदर्शन हुँँदै आएको छ । ठुलो फिल्मले करोड भन्दा बढीको व्यापार अस्ट्रेलियामा मात्र गर्नेगरेको छ । यसले नेपाली फिल्मको बजारलाई राम्रो प्रवर्धन गरेको छ । फिल्ममार्फत पर्यटन र नेपाली फिल्मका दर्शकमा पनि प्रवर्धन हुँदै आएको छ ।
नेपाली फिल्मको विभिन्न विधालाई समेटेर अवार्डको आयोजन गर्न लागिएको हो । कलाकार तथा फिल्मकर्मीलाई सहभागी गराएर अवार्ड आयोजना गरिने गणेश मल्लले बताए । फिल्मका नोमिनेट कलाकार, चिनिएका प्राविधिक, फिल्म पत्रकार, आयोजक र फिल्मकर्मीलाई बाहेक अन्यलाई कार्यक्रम सहभागी नगराइने पनि आयोजकले जनाएको छ । डि व्वाइजले अस्ट्रेलिया घोषणा, नोमिनेसन, अवार्ड समारोह र धन्यवाद ज्ञापनसहित चार चरणमा हुने अवार्डमा विभिन्न १८ वटा विधा समावेश गरिएको छ । बरिष्ठ फिल्मकर्मीबाट जुरी मनोनयन गरी जुरीको निर्णयअनुसार अवार्ड प्रदान गरिनेछ ।
फिल्म, निर्देशक, कथा, सङ्गीत, अभिनेता, अभिनेत्री, चरित्र कलाकार, गायक, गायिका, छाँयाकर, सम्पादक, ब्याकराउन्ड स्कोरलगायत विधाहरु समावेश हुनेछ । यस्तै, पपुलर हिरो अफ द इयर, पपुलर हिरोइन अफ द इयर पनि समावेश गरिनेछ । एक जना चलचित्र पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार र एक जना विशिष्ट फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड नगद राशीसहित प्रदान गरिने आयोजनकले जनाएको छ ।
अवार्डमा समावेश हुने विधाहरू, सहभागी कलाकार तथा अवार्डको जुरी र अन्य जानकारी छिट्टै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने आयोजकले जनाएको छ । पछिल्लो समय विकृतिको रूपमा आयोजना भइरहेको अवार्ड समारोहलाई व्यवस्थित र प्रतिष्ठित अवार्डको रूपमा आयोजना गर्न कुनै कसर बाँकी नराख्ने पनि आयोजकले बताएको छ ।
२०८० सालमा प्रदर्शन भएका फिल्महरूको दर्ता सुरु भएको बताउँदै आयोजक संस्थाका गणेश मल्लले अवार्ड समारोहमा अस्ट्रेलियन फिल्मकर्मी, वितरक र नागरिकहरूको पनि उपस्थित हुने बताए । अवार्ड समारोहको भोलिपल्ट अस्ट्रेलियामा नेपाली फिल्मबजार, दर्शकको अवस्था र प्रवर्धन अन्तर्गत विदेशी फिल्मकर्मी पाहुना र नेपाली फिल्मकर्मीबिच संवाद तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने छ । अवार्ड समारोहका लागि चलचित्रसँग सम्बन्धित संघ संस्था, सरकारी सङ्घ संस्था र र अन्य प्रायोजकसँग पनि सहकार्य गरिने आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: