काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठक मुख्यतः तीन विषयले तातेको छ । आकस्मिक र शून्य समयमा आआफ्नो धारणा राख्दै सांसदहरूले तीन विषयमा धेरै चासो राखेका छन् ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएको र उनलाई सरकारले हटाउन खोजेको भन्दै विपक्षी सांसदहरूले सरकारको आलोचना गरे ।
माओवादी प्रमुख सचेतक हितराज पाण्डेले घिसिङलाई हटाउन सरकारले पटक(पटक स्पष्टीकरण सोधेको र त्यतिले पनि नपुगेर कर्यसम्पादनमा शून्य नम्बर दिएको भन्दै यसबारे रुलिङ गर्न माग गरे । ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने र मूल्यांकनमा शून्य अंक दिइएको सुनेका छौँ,’ पाण्डेले भने, ‘जसले राम्रो काम गरेको छ नाफा लगेका छन् उसलाई शून्य अंक दिएको यो के हो ? सरकारको मूल्यांकन नहेर्ने काम गर्नेको शून्य अंक यो के हो ?’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि कुलमान घिसिङलाई शून्य नम्बर दिएको विषय उठाए । उनले आफ्ना कार्यकर्ता भर्ती गर्नका लागि सरकारले प्राधिकरणबाट घिसिङलाई हटाउन खोजेको टिप्पणी गरे । उनले एउटा कुलमान हटाए हजारौँ कुलमान लिएर आउने चेतावनी दिए ।
राप्रपाकी सचेतक बिना लामाले कार्यसम्पादन मूल्यांकनमा कम अंक ल्याएका प्रधानमन्त्री र मन्त्रीहरूले राजीनामा दिनुपर्ने कि नपर्ने भनेर प्रश्न गरिन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने खेल खेल्नुको उद्देश्य के हो भनेर प्रश्न गरिन् ।
रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री केपी ओलीलाई हिटलर बनेको हो भनेर प्रश्न सोध्ने दुईजना पत्रकारहरूको पास निलम्बन गरिएको विषय संसदमा प्रवेश गराए । उनले सरकारले प्रश्नलाई निषेध गर्न खोजेको बताए । सरकारले प्रश्नमाथि बन्देज लगाउन खोजेको भन्दै( हिटलर बन्न खोजेको हो ? भन्ने प्रश्न गरे ।
संसद सचिवालयले निलम्बन गरेका दुई पत्रकारको पास आजै फिर्ता गर्न रास्वपा सांसद हरि ढकालले माग गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै ढकालले सरकारको दबाब र प्रभावमा रहेर संसद सचिवालयले पास खोसेको आरोप लगाए। ‘संसद् सचिवालयले आज दुईजना पत्रकारको पास खोसेछ। सरकारको दबाब र प्रभावमा रहेर जसरी पास खोसिएको छ, आजै नै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’ उनले भने।
संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको हो।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले केपी ओली कप फुटबलको फाइनलमा दशरथ रंगशालामा भएको घटनालाई संसदमा उठाए । प्रधानमन्त्री केपी ओली उपस्थित भएको उक्त फाइनलमा दर्शकमाथि कुटपिट गर्नेहरूलाई राज्यले संरक्षण गरेको आरोप लगाए । अन्य दलका सांसदहरूले पनि रंगशालामा दर्शक कुट्ने एमाले नेता कार्यकर्तालाई सरकारले संरक्षण गरेको भन्दै आपत्ति जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...
पौष ५ गते, २०८२ - १३:२३
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...
पौष ५ गते, २०८२ - १३:०८
काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...
पौष ५ गते, २०८२ - १३:००
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...
पौष ५ गते, २०८२ - १२:३८
वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...
पौष ५ गते, २०८२ - १२:१७
बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...
पौष ५ गते, २०८२ - १२:०८
लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...
पौष ५ गते, २०८२ - ११:५८
सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत...
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...




प्रतिकृया लेख्नुहोस्: