Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

कुलमान, रंगशालामा दर्शक कुटिएको र दुई पत्रकारको विषयले तातेको संसद् बैठक

खबरडबली संवाददाता

काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठक मुख्यतः तीन विषयले तातेको छ । आकस्मिक र शून्य समयमा आआफ्नो धारणा राख्दै सांसदहरूले तीन विषयमा धेरै चासो राखेका छन् । 

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएको र उनलाई सरकारले हटाउन खोजेको भन्दै विपक्षी सांसदहरूले सरकारको आलोचना गरे ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले घिसिङलाई हटाउन सरकारले पटक(पटक स्पष्टीकरण सोधेको र त्यतिले पनि नपुगेर कर्यसम्पादनमा शून्य नम्बर दिएको भन्दै यसबारे रुलिङ गर्न माग गरे । ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने र मूल्यांकनमा शून्य अंक दिइएको सुनेका छौँ,’ पाण्डेले भने, ‘जसले राम्रो काम गरेको छ नाफा लगेका छन् उसलाई शून्य अंक दिएको यो के हो ? सरकारको मूल्यांकन नहेर्ने काम गर्नेको शून्य अंक यो के हो ?’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि कुलमान घिसिङलाई शून्य नम्बर दिएको विषय उठाए । उनले आफ्ना कार्यकर्ता भर्ती गर्नका लागि सरकारले प्राधिकरणबाट घिसिङलाई हटाउन खोजेको टिप्पणी गरे । उनले एउटा कुलमान हटाए हजारौँ कुलमान लिएर आउने चेतावनी दिए ।

राप्रपाकी सचेतक बिना लामाले कार्यसम्पादन मूल्यांकनमा कम अंक ल्याएका प्रधानमन्त्री र मन्त्रीहरूले राजीनामा दिनुपर्ने कि नपर्ने भनेर प्रश्न गरिन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने खेल खेल्नुको उद्देश्य के हो भनेर प्रश्न गरिन् ।

रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री केपी ओलीलाई हिटलर बनेको हो भनेर प्रश्न सोध्ने दुईजना पत्रकारहरूको पास निलम्बन गरिएको विषय संसदमा प्रवेश गराए । उनले सरकारले प्रश्नलाई निषेध गर्न खोजेको बताए । सरकारले प्रश्नमाथि बन्देज लगाउन खोजेको भन्दै( हिटलर बन्न खोजेको हो ? भन्ने प्रश्न गरे ।

संसद सचिवालयले निलम्बन गरेका दुई पत्रकारको पास आजै फिर्ता गर्न रास्वपा सांसद हरि ढकालले माग गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै ढकालले सरकारको दबाब र प्रभावमा रहेर संसद सचिवालयले पास खोसेको आरोप लगाए। ‘संसद् सचिवालयले आज दुईजना पत्रकारको पास खोसेछ। सरकारको दबाब र प्रभावमा रहेर जसरी पास खोसिएको छ, आजै नै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’ उनले भने।

संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको हो।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले केपी ओली कप फुटबलको फाइनलमा दशरथ रंगशालामा भएको घटनालाई संसदमा उठाए । प्रधानमन्त्री केपी ओली उपस्थित भएको उक्त फाइनलमा दर्शकमाथि कुटपिट गर्नेहरूलाई राज्यले संरक्षण गरेको आरोप लगाए । अन्य दलका सांसदहरूले पनि रंगशालामा दर्शक कुट्ने एमाले नेता कार्यकर्तालाई सरकारले संरक्षण गरेको भन्दै आपत्ति जनाए ।


 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतान्तरले विजयी

काठमाडौं । ओखलढुंगा जिल्ला मा विश्वराज पोखरेल ५ मतको झिनो अन्तरले विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार पोखरेलले कुमार लुईटेल लाई ५ ...

प्रतिद्वन्द्वी चतुरबहादुर चन्दलाई हराउँदै बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी

बैतडी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडी जिल्ला मा हरिमोहन भण्डारी विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार भण्डारीले २२ हजार १३४ मत...

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE