काठमाडौं । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो ।
उच्च शो सहित सिनेमा दोस्रो हप्तामा प्रदर्शन गरेको हो । राम्रो व्यापारसहित सिनेमा दोस्रो हप्तामा प्रवेश गरेको निर्माणपक्षले जनाएको छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौं उपत्याकामा मात्रै यो सिनेमालाई बिहीबार २१ शो दिइएको छ । देशभर १५० भन्दा बढी शो रहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।
“हाम्रो चलचित्र सफलतासहित दोस्रो हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीनले भने, “दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् दोस्रो हप्तामा प्रवेश गरेको हो ।”
‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । त्यसयताको कलेक्सन भनेको निर्माणपक्षले सार्वजनिक गरेको छैन ।
चलचित्रमा महेश त्रिपाठी, सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन्।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - १०:३५
बाजुरा। बाजुरामा पर्यटकीय स्थलको रुपमा चिनिँदै आएको खप्तड छेडेदह गाउँपालिकाका वडा ४ र ७ को बीचमा पर्ने छेडेदह ताल अहिले केही दिन यता हिउँको कब्जामा पर...
माघ १६ गते, २०८२ - १७:४८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१, २०८२ सम्म जापान भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...
माघ १६ गते, २०८२ - १७:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाध...
माघ १६ गते, २०८२ - १७:०७
काठमाडौँ । काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराको सूची प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबा...
माघ १६ गते, २०८२ - १६:५८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...
माघ १६ गते, २०८२ - १६:४१
काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...
माघ १६ गते, २०८२ - १६:२९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...
माघ १६ गते, २०८२ - १६:१२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...
माघ १६ गते, २०८२ - १५:४२
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...
माघ १६ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...




प्रतिकृया लेख्नुहोस्: