Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

युद्ध नराेकिएसम्म युक्रेनमा चुनाव नगर्ने पक्षमा विपक्षी नेताहरू

खबरडबली संवाददाता

किएभ । युक्रेनी विपक्षी नेताहरू पेट्रो पोरोशेन्को र युलिया टिमोशेन्कोले बिहीबार वासिङ्टन अधिकारीहरूले उनिहरूको टोलीसँग छिटो मतदान गर्नेबारे कुराकानी गरेको खबर आएपछि शान्तिकाल नआउँदासम्म चुनावमा प्रतिबन्ध लगाउने कुरालाई समर्थन गर्ने बताएका छन् । 

युक्रेनले मार्शल लअन्तर्गत चुनावमा प्रतिबन्ध लगाएको छ तर रुस र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले राष्ट्रपति भोलोदिमर जेलेन्स्की वैध नेता नभएको तर्क गर्दै चुनावको माग गरेका छन् । अमेरिकी समाचार आउटलेट पोलिटिकोले बिहीबार ट्रम्पका वरिष्ठ सहयोगीहरूले टिमोशेन्को र पोरोशेन्कोको पार्टीका वरिष्ठ सदस्यहरूसँग देशले छिटो राष्ट्रपति चुनाव गर्न सक्छ कि भन्ने बारे गोप्य छलफल गरेको जनाएको छ ।

विपक्षी युरोपेली सोलिडारिटी पार्टीका नेता तथा रोसेन कन्फेक्शनरी निर्माताका संस्थापक पोरोशेन्को सन् २०१४ मा राष्ट्रपति निर्वाचित भएका थिए । सन् २०१९ को चुनावमा जेलेन्स्कीसँग पराजित भएका थिए । बिहीबार एक बयानमा उनले आफ्नो टोली ‘सधैँ युद्धको समयमा चुनाव गराउने विरुद्धमा रहेको र स्पष्ट रूपमा रहेको’ बताए । 

“हामीले युद्धविराम र युक्रेनका लागि सुरक्षा ग्यारेन्टीसहित शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि मात्र चुनाव हुन सक्छ भनी भनेका छौँ र यसो भन्न जारी राख्छौँ”, उनले भने । पोरोशेन्कोले आफ्नो टोलीले ‘युक्रेनका लागि द्विदलीय समर्थन कायम राख्न सार्वजनिक र पारदर्शीरुपमा’ काम गरिरहेको बताए । 

जेलेन्स्कीको प्रशासनको आलोचना गर्दै उनले युक्रेनी सरकार र अमेरिकी प्रशासनबिच ‘सञ्चारको अभाव’ भएको र ‘यसले राज्यलाई जोखिममा पारेको’ बताए । गत महिना जेलेन्स्कीले बढ्दो आन्तरिक द्वन्द्वका बिच पोरोशेन्कोलाई देश छोड्न प्रतिबन्ध लगाएका थिए । उनको सम्पत्तिमा पहुँचमा रोक लगाएका थिए । 

“मेरो टोलीले हाम्रा सबै मित्रराष्ट्रहरूसँग वार्ता गरिरहेको छ जो सकेसम्म चाँडो न्यायपूर्ण शान्ति सुनिश्चित गर्न मद्दत गर्न सक्छन्”, युक्रेनको प्रधानमन्त्रीका रूपमा दुई कार्यकाल सेवा गरिसक्नुभएकी र फादरल्यान्ड पार्टीको नेतृत्व गर्नुहुने टिमोशेन्कोले भने, “त्यसबेलासम्म र मैले यो एकभन्दा बढी पटक भनेको छु, युक्रेनमा कुनै पनि चुनाव गराउने कुरा असम्भव छ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending