काठमाडौं । एमाले मोरङको जिल्ला अध्यक्षका लागि भएको निर्वाचनको मतगणना जारी छ। मतगणनामा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पछि परेको छ।
४३९ मतगणना गरिसक्दा अध्यक्षसहित पाँचजना पदाधिकारीमा कोशी प्रदेशको अध्यक्षमा पराजित पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल नेतृत्वको प्यानलले अग्रता बनाउँदै लगेको छ।
अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहेका अजम्बर राईले अहिलेसम्म २२५ मत ल्याएका छन्। उता ओली र महासचिव शंकर पोखरेलसहितको साथ पाएका राजकुमार ओझा २०२ मतसहित पछ्याउँदैछन्।
उपाध्यक्ष पदमा ढकाल प्यानलका सागर थापाले २२८ मत पाउँदा उनीसँग प्रतिस्पर्धामा रहेकी संस्थापन पक्षीय शान्तिकुमारी लिम्बूले १८२ मत ल्याएकी छन्।
सचिव पदमा ढकाल पक्षीय सोमराज थापाले २३० मत ल्याएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका संस्थापन पक्षीय रविन थापाले १८० मत पाएका छन्।
उपसचिव पदमा ढकाल पक्षीय सन्तोष बान्तवाले २३९ मत ल्याउँदा संस्थापन पक्षीय इर्जालाल राजवंशी १६३ मत पाएका छन्।
महिला सहसचिवमा संस्थापन पक्षीय शिल्पा निराला कार्कीले २०७ मत पाएकी छन्। उनकी प्रतिद्वन्द्वी उशा झा भने तीन मतले पछाडि छन्। उनले २०४ मत पाएकी छन्। महिला सहसचिव बाहेक सबै पदमा संस्थापन पक्ष पछाडि परेको हो।
अहिले विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो।
आधा भन्दा बढी मत गणना हुँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएका ढकाललाई पक्षको प्यानलनै अगाडि छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: