लुम्बिनी । राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ ।
राजस्व चुहावट गरेको कसुरमा राजस्व कार्यालय बुटवलले अनुसन्धान गरी काठमाडौँको डाइमण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसमेत चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा गरिएको हो ।
उक्त काठमाडौँको डाइमण्ड इन्टरनेसनलको बिल प्रयोग गरेको देखाइ तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेलाई बेचेको देखाइ एक सय वटाको बिल काटी दुई हजार छ सय भेप भेरी ढुवानी सेवाको साधन प्रयोग गरी नेपालगञ्ज पठाउने र त्यहाँबाट महँगोमा बेच्नका लागि भारततर्फ तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिए ।
मुद्दामा खरिद र बिक्रेता फर्महरूका तर्फबाट फर्मवालालाई मुख्य प्रतिवादी बनाइएको छ । उनीहरूलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी ऐनको दफा ४ को खण्ड (ख), (छ), (झ) बमोजिमको कसुर गरेकाले प्रतिवादीहरू सुमन पराजुली र तश्निम जनरल स्टोरका हसिमुन जोलाहलाई रू ६२ लाख ७१ हजार छ सय ७६ बिगो कायम गरी सोही ऐनको दफा २३ (१) बमोजिम मालबस्तु (बिगो) जफत हुन तथा बिगोबमोजिमको जनही रू ६२ लाख ७१ हजार छ सय ७६ जरिवाना र ऐनको दफा २३ (१) (क) बमोजिम हदैसम्मको कैद सजाय हुन मागदाबी लिइ उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा अभियोगपत्र दायर गरिएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।
उक्त मुद्दामा प्रतिवादीहरू डाइमण्ड इन्टरनेशनलकातर्फबाट तस्करीमा सघाउने रोजन न्यौपाने र तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेका सनाउल्ला अन्सारीले उक्त मालवस्तुको ओसारपसारमा मुख्य कारोबारीको सहयोगी भएर फर्म तथा बिलहरूकोसमेत दुरूपयोग गर्दै राजस्व चुहावटको कसूरको मतियारको भूमिका निर्वाह गरेको देखिएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (३ )बमोजिम मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजाय र मुख्य प्रतिवादीलाई हुने जरिवानाको आधा जरिवानाले हुने जनही रू ३१ लख ३५ हजार आठ सय ३८ मागदाबी लिइ उक्त अभियोगपत्र दायर गरिएको प्रमुख घिमिरेले बताए ।
मुख्य प्रतिवादी बनाइएका पराजुली र जोलाहलाई पटकपटक पत्राचार गरी सम्पर्क गर्न खोज्दासमेत सम्पर्कमा नआएको र हालसम्म पनि फरार रहेको छन्भने कारोवारमा संलग्न मतियारहरू भने करिब ९० दिनदेखि हिरासतमा राखी अनुसन्धान गरिएको थियो ।
विगतदेखि भेप कारोबार, तस्करी र ओसारपसार बाक्लिएको र यसैको शृङ्खाका रूपमा राजस्व अनुसन्धान विभागबाट एक लाखभन्दा बढी भेप विभिन्न ठाउँबाट बरामद गरी कारबाही भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: