Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

चीन-अमेरिका तनावपूर्ण सम्बन्ध, एकले अर्कालाई दिए जस्तोसुकै युद्धका निम्ति तयार रहेको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क 'ट्यारिफ'को बदला लिएसँगै बेइजिङ आफू अमेरिकासँग 'जस्तोसुकै युद्ध'का निम्ति तयार रहेको बताएको छ।

ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप शुल्क लगाएपछि विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्र 'व्यापार युद्ध'को सँघारमा पुगेका छन्।

ट्रम्पको कदमको बदलामा चीनले तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १०-१५% आयातशुल्क लगाइदिएको छ।

व्यापार युद्ध चर्किन लागेको हो ?

"यदि अमेरिकाले युद्ध नै चाहेको हो भने, चाहे त्यो ट्यारिफ युद्ध होस्, वा व्यापार युद्ध वा जस्तोसुकै प्रकारको अन्य युद्ध, हामी अन्त्यसम्म लड्न तयार छौँ," मङ्गलवार चिनियाँ सरकारले गरेको टिप्पणीलाई वाशिङ्टनस्थित चिनियाँ दूतावासले 'एक्स'मा रिपोस्ट गरेको छ।

ट्रम्पले कार्यभार सम्हाले यताको यो सबभन्दा तीखो चिनियाँ प्रतिक्रिया हो। राष्ट्रिय जनकङ्ग्रेसको वार्षिक सम्मेलनका निम्ति चिनियाँ नेताहरू बेइजिङमा भेला हुँदै गर्दा यो टिप्पणी गरिएको छ।

बुधवार चिनियाँ प्रधानमन्त्री लि चियाङले यो वर्ष फेरि उसको चीनको रक्षा खर्च ७.२% ले बढाइने घोषणा गरे।उनले "विश्वभरि एक शताब्दीयता नदेखिएका परिवर्तनहरू द्रुत गतिमा भइरहेको" चेतावनी पनि दिए। यो वृद्धि गत वर्ष नै घोषणा गरिएको थियो र अपेक्षाकृत नै छ।

चिनियाँ नेताहरू व्यापार युद्धको जोखिमका माझ समेत आफूहरू देशको अर्थतन्त्र विस्तार गर्न सकिनेमा विश्वस्त रहेको सन्देश जनतालाई दिन चाहन्छन्।

अमेरिकाको तुलनामा आफ्नो देश एक स्थिर र शान्त मुलुक भएको छवि प्रस्तुत गर्न चीन लालायित रहँदै आएको छ। अमेरिका मध्यपूर्व र युक्रेनमा फसेको उसले बताउने गर्छ।

क्यानडा र मेक्सिकोजस्ता साझेदार मुलुकविरुद्ध समेत आयातशुल्क थोपर्ने ट्रम्पको कदमबाट बेइजिङ फाइदा लिन चाहन्छ र धेरै चर्का कुरा गरेर सम्भावित नयाँ विश्वव्यापी साझेदारहरूलाई तर्साउन चाहँदैन।

बेइजिङमा प्रधानमन्त्रीको भाषणमा चीन थप खुला हुने र थप विदेशी लगानी आकर्षित गर्ने विषयमा जोड दिइएको थियो।

चीन युद्धका लागि तम्तयार

चीनले विगतमा पनि आफू युद्ध गर्न तयार भएको बताएको थियो। गत अक्टोबरमा राष्ट्रपति सी जिन्पिङले सेनालाई युद्धका निम्ति तयारी सुदृढ पार्न आह्वान गरेका थिए। त्यस बेला चीनले स्वशासित टापु ताइवान वरपर सैन्य अभ्यास गरेको थियो।

तर युद्धका निम्ति तयारी गर्नु र युद्धमा होमिनु भिन्नै कुरा हो। वाशिङ्टनस्थित चिनियाँ दूतावासले उसको विदेश मन्त्रालयले अघिल्लो दिन अङ्ग्रेजीमा पोस्ट गरेको विषयलाई उद्धृत गरेको थियो। त्यसमा अमेरिकाले 'फेन्टनिल' लागुऔषध भित्रिनुमा चीनलाई दोष दिने गरेको पनि उल्लेख थियो।

"फेन्टनिलको मामिला अमेरिकाले चिनियाँ आयातमा ट्यारिफ लगाउनका निम्ति पेस गरिएको कमजोर बहाना हो," विदेश मन्त्रालयका प्रवक्ताले भनेका थिए।

"धाकधम्कीबाट हामी तर्सन्नौँ। डर देखाएर हामीसँग हुँदैन। दबाव दिनु, जबरजस्ती गर्नु र तर्साउनु चीनसँग व्यवहार गर्ने उचित तरिका होइन," उनले भने।

तनावपूर्ण सम्बन्ध

अमेरिका र चीनबीच प्रायशः विवादपूर्ण सम्बन्ध रहँदै आएको छ। 'एक्स'मा राखिएको यो पोस्टलाई निकै धेरै शेअर गरिएको छ। ट्रम्पका उच्च अधिकारीहरूमाझ रहेका चीनका कट्टर विरोधीहरूले यसलाई बेइजिङ अमेरिकाका लागि सबभन्दा ठूलो विदेशनीति एवं आर्थिक 'खतरा' हो भन्ने थप प्रमाणका रूपमा पेस गर्ने छन्।

बेइजिङस्थित अधिकारीहरूले ट्रम्पले उनको शपथग्रहण समारोहमा राष्ट्रपति सीलाई निम्त्याएपछि नयाँ प्रशासनअन्तर्गत चीन-अमेरिका सम्बन्ध अलि न्यानो ढङ्गले अघि बढ्ने आश राखेका थिए।

ट्रम्प स्वयंले पनि ह्वाइट हाउस प्रवेश गर्नु केही दिनअघि दुई नेताबीच 'राम्रो फोन संवाद' भएको बताएका थिए।गत महिना दुई नेताबीच अर्को फोन संवाद हुने भनिएको थियो। तर त्यो भएन।

चीनभित्र उपभोगमा आएका कमी, घरजग्गा क्षेत्रको सङ्कट अनि बेरोजगारीजस्ता समस्यासँग राष्ट्रपति सी जुझिरहेका छन्।

आफ्नो अर्थतन्त्र सुधार्न चीनले अर्बौँ डलर लगानी गर्ने वाचा गरेको छ। राष्ट्रिय जनकङ्ग्रेसका निम्ति हजारौँ प्रतिनिधिहरू भेला भइरहँदा चिनियाँ नेताहरूले योजनाहरू सार्वजनिक गरेका छन्। जनकङ्ग्रेसले उच्च नेताहरूले लिइसकेका निर्णयहरूलाई अनुमोदन मात्र गर्ने गर्छ।

चिनियाँ सेनाको बजेट करिब २४५ अर्ब डलरको छ जुन विश्वको दोस्रो धेरै हो।

तर अमेरिकाको तुलनामा यो अझै निकै कम हो। बेइजिङले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १.६% मात्र सेनामा खर्च गर्छ। अमेरिका वा रुससँग तुलना गर्दा त्यो अनुपात निकै कम रहेको स्टकहोम इन्टर्न्याश्नल पीस रिसर्च इन्स्टिट्यूटले जनाएको छ।

तर चीनले उसको रक्षा खर्चलाई अलि कम गरेर प्रस्तुत गर्ने गरेको कतिपय विश्लेषकहरू ठान्छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending