Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

चीन-अमेरिका तनावपूर्ण सम्बन्ध, एकले अर्कालाई दिए जस्तोसुकै युद्धका निम्ति तयार रहेको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क 'ट्यारिफ'को बदला लिएसँगै बेइजिङ आफू अमेरिकासँग 'जस्तोसुकै युद्ध'का निम्ति तयार रहेको बताएको छ।

ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप शुल्क लगाएपछि विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्र 'व्यापार युद्ध'को सँघारमा पुगेका छन्।

ट्रम्पको कदमको बदलामा चीनले तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १०-१५% आयातशुल्क लगाइदिएको छ।

व्यापार युद्ध चर्किन लागेको हो ?

"यदि अमेरिकाले युद्ध नै चाहेको हो भने, चाहे त्यो ट्यारिफ युद्ध होस्, वा व्यापार युद्ध वा जस्तोसुकै प्रकारको अन्य युद्ध, हामी अन्त्यसम्म लड्न तयार छौँ," मङ्गलवार चिनियाँ सरकारले गरेको टिप्पणीलाई वाशिङ्टनस्थित चिनियाँ दूतावासले 'एक्स'मा रिपोस्ट गरेको छ।

ट्रम्पले कार्यभार सम्हाले यताको यो सबभन्दा तीखो चिनियाँ प्रतिक्रिया हो। राष्ट्रिय जनकङ्ग्रेसको वार्षिक सम्मेलनका निम्ति चिनियाँ नेताहरू बेइजिङमा भेला हुँदै गर्दा यो टिप्पणी गरिएको छ।

बुधवार चिनियाँ प्रधानमन्त्री लि चियाङले यो वर्ष फेरि उसको चीनको रक्षा खर्च ७.२% ले बढाइने घोषणा गरे।उनले "विश्वभरि एक शताब्दीयता नदेखिएका परिवर्तनहरू द्रुत गतिमा भइरहेको" चेतावनी पनि दिए। यो वृद्धि गत वर्ष नै घोषणा गरिएको थियो र अपेक्षाकृत नै छ।

चिनियाँ नेताहरू व्यापार युद्धको जोखिमका माझ समेत आफूहरू देशको अर्थतन्त्र विस्तार गर्न सकिनेमा विश्वस्त रहेको सन्देश जनतालाई दिन चाहन्छन्।

अमेरिकाको तुलनामा आफ्नो देश एक स्थिर र शान्त मुलुक भएको छवि प्रस्तुत गर्न चीन लालायित रहँदै आएको छ। अमेरिका मध्यपूर्व र युक्रेनमा फसेको उसले बताउने गर्छ।

क्यानडा र मेक्सिकोजस्ता साझेदार मुलुकविरुद्ध समेत आयातशुल्क थोपर्ने ट्रम्पको कदमबाट बेइजिङ फाइदा लिन चाहन्छ र धेरै चर्का कुरा गरेर सम्भावित नयाँ विश्वव्यापी साझेदारहरूलाई तर्साउन चाहँदैन।

बेइजिङमा प्रधानमन्त्रीको भाषणमा चीन थप खुला हुने र थप विदेशी लगानी आकर्षित गर्ने विषयमा जोड दिइएको थियो।

चीन युद्धका लागि तम्तयार

चीनले विगतमा पनि आफू युद्ध गर्न तयार भएको बताएको थियो। गत अक्टोबरमा राष्ट्रपति सी जिन्पिङले सेनालाई युद्धका निम्ति तयारी सुदृढ पार्न आह्वान गरेका थिए। त्यस बेला चीनले स्वशासित टापु ताइवान वरपर सैन्य अभ्यास गरेको थियो।

तर युद्धका निम्ति तयारी गर्नु र युद्धमा होमिनु भिन्नै कुरा हो। वाशिङ्टनस्थित चिनियाँ दूतावासले उसको विदेश मन्त्रालयले अघिल्लो दिन अङ्ग्रेजीमा पोस्ट गरेको विषयलाई उद्धृत गरेको थियो। त्यसमा अमेरिकाले 'फेन्टनिल' लागुऔषध भित्रिनुमा चीनलाई दोष दिने गरेको पनि उल्लेख थियो।

"फेन्टनिलको मामिला अमेरिकाले चिनियाँ आयातमा ट्यारिफ लगाउनका निम्ति पेस गरिएको कमजोर बहाना हो," विदेश मन्त्रालयका प्रवक्ताले भनेका थिए।

"धाकधम्कीबाट हामी तर्सन्नौँ। डर देखाएर हामीसँग हुँदैन। दबाव दिनु, जबरजस्ती गर्नु र तर्साउनु चीनसँग व्यवहार गर्ने उचित तरिका होइन," उनले भने।

तनावपूर्ण सम्बन्ध

अमेरिका र चीनबीच प्रायशः विवादपूर्ण सम्बन्ध रहँदै आएको छ। 'एक्स'मा राखिएको यो पोस्टलाई निकै धेरै शेअर गरिएको छ। ट्रम्पका उच्च अधिकारीहरूमाझ रहेका चीनका कट्टर विरोधीहरूले यसलाई बेइजिङ अमेरिकाका लागि सबभन्दा ठूलो विदेशनीति एवं आर्थिक 'खतरा' हो भन्ने थप प्रमाणका रूपमा पेस गर्ने छन्।

बेइजिङस्थित अधिकारीहरूले ट्रम्पले उनको शपथग्रहण समारोहमा राष्ट्रपति सीलाई निम्त्याएपछि नयाँ प्रशासनअन्तर्गत चीन-अमेरिका सम्बन्ध अलि न्यानो ढङ्गले अघि बढ्ने आश राखेका थिए।

ट्रम्प स्वयंले पनि ह्वाइट हाउस प्रवेश गर्नु केही दिनअघि दुई नेताबीच 'राम्रो फोन संवाद' भएको बताएका थिए।गत महिना दुई नेताबीच अर्को फोन संवाद हुने भनिएको थियो। तर त्यो भएन।

चीनभित्र उपभोगमा आएका कमी, घरजग्गा क्षेत्रको सङ्कट अनि बेरोजगारीजस्ता समस्यासँग राष्ट्रपति सी जुझिरहेका छन्।

आफ्नो अर्थतन्त्र सुधार्न चीनले अर्बौँ डलर लगानी गर्ने वाचा गरेको छ। राष्ट्रिय जनकङ्ग्रेसका निम्ति हजारौँ प्रतिनिधिहरू भेला भइरहँदा चिनियाँ नेताहरूले योजनाहरू सार्वजनिक गरेका छन्। जनकङ्ग्रेसले उच्च नेताहरूले लिइसकेका निर्णयहरूलाई अनुमोदन मात्र गर्ने गर्छ।

चिनियाँ सेनाको बजेट करिब २४५ अर्ब डलरको छ जुन विश्वको दोस्रो धेरै हो।

तर अमेरिकाको तुलनामा यो अझै निकै कम हो। बेइजिङले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १.६% मात्र सेनामा खर्च गर्छ। अमेरिका वा रुससँग तुलना गर्दा त्यो अनुपात निकै कम रहेको स्टकहोम इन्टर्न्याश्नल पीस रिसर्च इन्स्टिट्यूटले जनाएको छ।

तर चीनले उसको रक्षा खर्चलाई अलि कम गरेर प्रस्तुत गर्ने गरेको कतिपय विश्लेषकहरू ठान्छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...

रवि-बालेन एकैठाउँमा आउँदा कुलमान पनि जोडिन्छन् ?

प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...

निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट, आयोगलाई ७ अर्ब, सुरक्षामा २० अर्ब माग

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...

पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...

फुङलिङमा भालु नियन्त्रणमा लिन फलामको खोर राखियो, सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...

अब दुई कार्य दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending