सिन्धुपाल्चोक । खाडीचौर –दोलखा जिरी लाइफलाइन मानिने खाडीचौरस्थित सुनकोसी पक्की पुल आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । ठेकेदारले पुल निर्माण काम छाडेर बेपत्ता भएपछि लामो समय उक्त मोटरे बल पुल निर्माण हुन सकेको छैन ।
निर्माण कम्पनी र सरकारबिच २०७५ सालमा सम्पन्न गर्ने गरी २०७३ साल भदौ ६ गते सम्झौता भएको थियो । ३५ मिटर लामो सो पुल नौ करोड ५६ लाख ८८ हजार ३ सय बजेटमा निलगिरी नेशनल जेभी काठमाडौँले पुल निर्माण सम्पन्न गर्ने ठेक्का पाएको थियो । तर ठेकेदार पक्षले बलेफी गाउँपालिका–७ खाडीचौर पट्टीको भागमा एक वटा पुलको जीप निर्माण गरेर त्यसपछि फरार छ ।
हालसम्म उक्त पुल १५ प्रतिशत मात्रै काम सकिएको छ । मुआब्जा लगायतका बहाना देखाउँदै काम गर्न आलटाल गरेर बेपत्ता भएको सो निर्माण कम्पनी अहिले पुलसँग सम्बन्धित पक्षसँग सम्पर्क बाहिर छ । सडक डिभिजन कार्यालय, गाउँपालिका लगायतले ठेकेदार पक्षलाई खोजेर पुल निर्माण सम्पन्न गर्नु पर्ने बताएपछि ठेकेदार पक्ष फरार छ । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठले उक्त पुल निर्माण गर्न ठेकेदार पक्षलाई पटक–पटक निर्देशन दिएको जानकारी दिए। सडक कार्यालयका हाकिम नै ठेकेदारको प्रलोभनमा परेर वर्षसम्म पुल अलपत्र बनाएको र स्थानीयले सास्ती खेप्नुपरेको आरोप स्थानीयवासीको छ । नियामक निकायको कमजोरी छ तत्काल काम सुरु गर्न माग गरेका छन् ।
पुलको दायाँ संरचनाको मुआब्जा निर्धारण भए पनि बजेट अभावले मुआब्जा दिन नसकिएकोले पुलको काम रोकिएको जनाइएको छ । पुलको जग निर्माणका क्रममा एक मजदुरको च्यापिएर ज्यान गएपछि पुल निर्माण ठेकेदार पक्ष झनै प्रभावित बनेको स्थानीय जयराम सुवेदीले बताए। सुवेदी जस्ता दर्जनौँ जग्गावालाले तत्काल उचित मुआब्जा दिई पुल निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: