Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

पोखरामा कोटिहोम भूमि पूजनमा झडप हुँदा १३ जना घाइते

खबरडबली संवाददाता

लेखनाथ । पोखरा महानगरपालिकाको लेकसाइडमा गर्न लागिएको कोटिहोमको भूमिपूजनमा झडप हुँदा १३ जना घाइते भएका छन् । शुक्रबार कोटिहोम गर्ने पक्ष र नगर प्रहरीबिच बिहान १०ः३० बजेतिर झडप हुँदा पाँच नगर प्रहरी र आठ जना कोटिहोम पक्षका गरी १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

“घाइतेमध्ये १० जनाको मेट्रोसिटी हस्पिटल र तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ,” उनले भने ।
बाराही घाट पुगेका नगर प्रहरीले भूमिपूजन रोक्न भनेपछि आयोजक पक्षका युवाहरुले आक्रमण गरेका थिए । बाराही घाटमा केही युवा लाठी र रडसहित देखिएका थिए ।

पोखरा महानगरपालिकाले पर्यटकीय केन्द्र लेकसाइडमा गर्न लागिएको सो कोटिहोम रोक्न उच्च अदालत पोखरामा फागुन १२ गते भ्याकेट निवेदन दर्ता गराएको थियो । गएको फागुन १ गते उच्चले दिएको अन्तरिम आदेश बेरितको भएको दाबीसहित महानगरको रिटमा उच्चले अन्तरिम आदेश दिन नपर्ने ठहरसहित सबै रिटलाई अग्राधिकार दिने आदेश गरेको थियो ।

महायज्ञको आयोजक नेपाल सेवा फाउण्डेशन नेपालले गर्न लागेको कोटिहोम महायज्ञ स्थल फेवातालको ६५ मिटरको मापदण्डमा पर्छ । केही दिनभित्रै तालको मीमाङ्कन गर्न सुरु गर्नुपर्ने र महानगरले कोटिहोम गर्न अनुमति नदिएकाले त्यसलाई रोकिएको नगर प्रमुख धनराज आचार्यले बताए ।

मानव सेवा फाउन्डेसनले लेकसाइडमा वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म ‘श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ गर्ने जनाएको छ । यसअघि फाउन्डेसनले पोखराका चौतारीहरु जथाभावी काटेपछि महानगरले ती काठ जफत गरेको थियो । महानगरले ३० ट्रकभन्दा बढी दाउरा जफत गरेको थियो । 

नेपाल ट्रष्टसँग फाउन्डेसनले वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि विराट ज्ञान महायज्ञ तथा कोटिहोमका लागि बाराहीघाट छेउको जग्गा भाडामा लिएको छ । फाउन्डेसनले सो स्थानका लागि ११ लाख ५९ हजार रुपियाँ भाडा बुझाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE