Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

राजनीतिमा महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने सांसद शर्माको माग

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसद नारायणी शर्माले सम्पत्तिमा महिलाको समान अधिकार र राजनीतिमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरिन ।

शुक्रबार बसेको बैठकको आकस्मिक समयमा सांसद शर्माले ११५औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सम्पत्तिमा समान अधिकार, कार्यकारी भूमिकासहित ५० प्रतिशत प्रतिनिधित्व ‘ग्यारेन्टी’ हुने गरी कानुन निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद मनीष झाले टिपर चालकले अनियन्त्रित र जथाभावी टिप्पर चलाउँदा धेरै मानिसको अकालमा ज्यान जाने गरेको भन्दै टिप्पर चालकलाई फरक खालको ‘लाइसेन्स’ व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले कतिपय अवस्थामा टिप्पर हिँड्न अनुमति नदिएको अवस्थामा समेत टिप्पर चलाइरहेको देखिएकाले यसलाई नियन्त्रण गरी  जिउधनको सुरक्षा गर्नुपर्नेमा जोड दिए।

सांसद दीपकबहादुर सिंहले देवभूमि, बुद्ध र सीताको जन्मभूमि भएकाले नेपालको समृद्धिका लागि धार्मिक पर्यटन प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए। सांसद डा। अमरेशकुमार सिंहले रौतहट सदरमुकाम गौर तनावग्रस्त भइरहेकाले तत्काल अध्ययन गरी समस्या समाधान गर्न माग गरे।

सांसद मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा एक निर्माण आयोजना अलपत्र छोडेको र जलस्रोत तथा सिँचाइ विभाग, एसियाली विकास बैङ्कको सहयोगमा पश्चिम राप्ती नदी नियन्त्रणका लागि सञ्चालित एक परियोजना निर्माण भइरहेकामा सम्झौताअनुसार सम्पन्न गर्ने समय तीन महिना बाँकी रहँदा ४० प्रतिशत मात्र काम भएकाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले उक्त परियोजना समयमा निर्माण नभएमा सो क्षेत्रमा धेरै ग्रामीण भाग डुबान र कटान हुने भएको भन्दै समयमै समाधान गर्न माग गरे।

सांसद छिरिङलामु लामा तामाङले बिहीबार जनकपुरमा बुद्ध एयरको विमानमा देखिएको लापरबाहीप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुरक्षित बनाउन आग्रह गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending