Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

माहिला नेतृहरुको गर्जनः दुईतिहाईको सरकार महिला हिंसाप्रति किन मौन

खबरडबली संवाददाता

काठमाडौं । दुईतिहाईको बहुमत भएको वर्तमान सरकारलाई महिला अधिकार र समानताका लागि कानून बनाउन विभिन्न महिला संगठनहरुले माग गरेका छन् । शनिबार काठमाडौंमा विभिन्न ५ राजनीतिक दल निकट महिला संगठनहरुले ११५आँै अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अध्यादेशमार्फत निरङ्कुशता नलाद्नसमेत चेतावनी दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष अमृता थापा मगरले केपी ओली नेतृत्वको वर्तमान सरकारले अध्यादेशमार्फत शासन चलाउने र महिला,दलित तथा उत्पीडत जनताहरुको अधिकार खोस्ने षड्यन्त्र गरिरहेको आरोप लगाएकी छन् । नेपाली चेलीहरु देशविदेशमा प्रताडन खेपिरहँदा सरकार गैरजिम्मेवार बनिरहेको आरोप लगाउँदै थापाले भनिन्,“देशमा महिलाहरु दिनदहाडै बलात्कृत भइरहेका छन्, निर्मला पन्तका हत्यारा पत्ता लगाउँदैनन्, उडिसामा पढ्न गएकी नेपाली चेली हिंसाबाट प्रताडित भईन्, तर सरकार ‘कानमा तेल हाल्ने’ काम मात्रै गर्दैन, उल्टै दुईतिहाईको उन्मादमा महिला तथा उत्पीडित वर्गका अधिकार खोस्न उद्दत् छ ।” संविधानले महिलाको अधिकार र समानताको प्रत्याभूति गरिसकेको स्मरण गराउँदै थापाले भनिन्,“ दुईतिहाईको शक्तिलाई निरङ्कुशता लाद्ने अस्त्रकारुपमा प्रयोग गर्नेभन्दा बरु सरकार संविधान अनुसार कानून बनाउनतिर ध्यान दे, अन्यथा बन्दुक बोकेर आएका हामी महिला तिमीविरुद्ध निर्णायक लडाईँमा उत्रन नपरोस् ।”
विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले लामो संघर्षमर्फात संविधानमा महिला हक–अधिकारलाई लिपिबद्ध गराउन सफाल भएपनि ब्यवहारमा लागु नहुनु गम्भिर विषय भएको बताईन् । आफूहरुले जनयुद्धमा बगाएको रगत र बलिदानमार्फत धेरै महिलाहरुलाई सदन तथा सरकारमा पुर्याए पनि उनिहरुले महिलाहरुको लागि खासै काम गर्न नसकेको गुनासो गर्दै भनिन्,“हामीहरुले तपाईहरुलाई संसदमा अनि सरकारमा त पुर्यायौं तर तपाईहरुले महिलाहरुको लागि काम गर्नसक्नु भएको छैन, त्यतातिर ध्यान दिनुहोला ।”
सरकार जनताको पक्षमा भन्दा आयु लम्बाउने तिर बढी केन्द्रीत भएको आरोप लगाउँदै चन्दले भनिन्,“इशरा खड्का र सरस्वती खड्काहरुलाई कथित प्रेमीका नाममा ढुङगा हानी हत्या भइरहेका छन्, भारतको उडिसास्थित विश्वविद्यालयमा प्रकृति लम्साललाई हत्या गन्छि, रिङ्कु सदाह बलात्कृत भएर मुख खोल्न नसकेर अफै जीवन लिला समप्त गर्ने जस्ताः कयौं घटनाहरुले देशमा अझै पनि महिला स्वतन्त्रभएर हिंड्ने अवस्था छैन, त्यसैले सरकार अध्यादेशमार्फत सत्ता लम्बाउने भन्दा अधिकारको विषयमा पनि सोच्ने हो की ।”

नेकपा(यस) निकट अखिल नेपाल महिला संघ(समाजवादी)की अध्यक्ष जयन्ती राईले योगमाया न्यौपानेदेखि अहिलेसम्म महिला अधिकारका लागि बलिदान गरिरहेका महिलाहरुप्रति अझै पनि पितृसत्तात्मक सोच नबदलिनु दुर्भाग्य भएको बताईन् । राईले आफ्नो पूर्ण अधिकार प्राप्त नभएसम्म आफ्ना आवाजहरुलाई बुलन्द बनाईराख्नु पर्ने बताउँदै भनिन्,“यति धेरै बलिदान गर्दा पनि हामीलाई चुलो र चौकोमा सिमित राख्ने प्रयास भइरहेका छन्, मुखले महिला अधिकार भन्ने तर ब्यवहारमा ममिला अधिकार खोस्नेहरु सरकारमा छन्, उनिहरुका गलत हर्कतकाविरुद्ध हामी सधैं खर्बदारी गर्छौं ।”

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ अध्यक्ष मिना पुनले राज्यका सम्पूर्ण क्षेत्रमा समानुपनीतक महिला सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखेकी थिइन् ।
नेपाल समाजवादी महिला संघकी सल्लाहकार कल्पना सुवेदीले देशमा विभिन्न संघर्ष र बलिदानीपछी पनि महिलाले पूर्ण अधिकार नपाएकोले निरन्तर संघर्ष जारी राख्नु पर्ने बताईन् ।
११५आँै अन्तराष्ट्रिय श्रमिक महिला दिवस(८मार्च) सफल पारौं ।
महिलामाथि सबै खालका विभेदको अन्त्य गरौं । भन्ने मुल नाराका साथ माईतिघरमण्डलाबाट हजारौंको संख्यामा र्याली र नाराबाजी गर्दै नयाँबानेश्वरस्थित संसद भवन पुगेर कोणसभा गरेका थिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending