बन्दीपुर । बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा २५ किसानलाई च्याउ उत्पादनसम्बन्धी तालिम दिएपछि उनीहरू च्याउखेतीतर्फ आकर्षित बनेका छन् । तालिम लिनेमा गाउँपालिकाका ६ वडाका १९ महिलासमेत छन् ।
उत्पादित च्याउ बिक्री गरेर आम्दानी लिनथालेपछि उनीहरू आत्मनिर्भर बन्न थालेका छन् । तालिमपछि किसानलाई च्याउ उत्पादन गर्न बीउ, टनेलका लागि प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले रु एक लाख ५० हजारमा च्याउखेतीका लागि तालिम, बीउबिजन, प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री उपलब्ध गराएको थियो ।
गत पुसमा तालिम लिएपछि २४ किसानले ३.६ मेट्रिक टन च्याउ उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेका कृषि शाखाका अभिषेक भट्टराईले जानकारी दिए। उनीहरूले उत्पादन गर्न थालेको च्याउ स्थानीय बजारमा खपत हुँदै आएको छ । च्याउबाट लक्षित गरिएको उत्पादन हुँदा रु सात लाखसम्म आम्दानी किसानले गर्न सक्ने भट्टराईको भनाइ छ ।
तालिमपछि च्याउखेतीतर्फ लागेकी बन्दीपुर गाउँपालिका–५ फलामडाँडाकी सपना गुरुङले रु ६ हजार बराबरको च्याउ बेचेको बताइन्। उत्पादित च्याउ गाउँमै बिक्री भएको र घरखर्च चलाउन सहयोग पुगेको उनको धारणा छ । गाउँमा सामान्य खेती किसानीमात्र गर्दा जीविकोपार्जनमा गाह्रो भएको सुनाउँदै गुरुङले कम मेहनतबाट पनि नगद आम्दानी गर्न सकिने बताइन्। पर्याप्त च्याउ उत्पादन गरेर अन्य ठाउँमा बिक्री गर्ने उनको योजना छ ।
यस्तै, बन्दीपुर–६ केराबारीकी धनकुमारी गुरुङले तालिमबाट आफूले धेरै कुरा सिकेको र भविष्यमा थप लगानी गरेर व्यावसायिक च्याउखेती गर्ने सोच बनाएको बताइन्। तालिम लिएका किसानले कन्य च्याउखेती गरेका छन् । कन्य च्याउ ढुसी धागोजस्तो मसिनो र सेतो रङको हुन्छ । यो च्याउखेती धानको पराल वा गहुँको छवालीमा गर्न सकिन्छ । गर्मी र जाडो दुवै मौसममा गर्न सकिने यो खेतीबाट किसानले पर्याप्त लाभ लिन सक्छन् ।
एक किलो परालबाट सरदरमा पाँच सय देखि छ सय ग्रामसम्म च्याउ उत्पादन गर्न सकिन्छ । बन्दीपुर गाउँपालिका–३ की चन्द्रकला भट्टराईले आम्दानीको सम्भावना देखेर तालिम लिई च्याउखेती गर्न थालेको बताइन् । उनले आफूले सिकेको ज्ञान र सीप गाउँका अन्यलाई पनि बाँड्ने गरेको बताइन् । च्याउ उत्पादन गरेर बन्दीपुरका होमस्टेमा बस्ने पाहुनालाई खुवाउने योजना बनाएको भट्टराईले बताइन् ।
यस क्षेत्रमा च्याउखेती गर्नेमा अधिकांश महिला छन् । घरायसी कामसँगै आम्दानी पनि हुने भएपछि च्याउ उत्पादनमा संलग्न भई आत्मनिर्भर बन्ने दिशामा उनीहरू अग्रसर भएका हुन् । उत्पादित च्याउ बजारमा बिक्री गर्न सहजीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। उत्पादित च्याउ जिल्लाको प्रमुख पर्यटकीय केन्द्र बन्दीपुरका होटल तथा रेष्टुरेन्ट, डुम्रे बजार, दमौलीलगायत क्षेत्रमा लैजान गाउँपालिकाले पहल गर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: