Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सुरेश आलेमगरको प्रश्नः राजतन्त्र फर्काएर के गर्न खोजेको ?

खबरडबली संवाददाता

काठमाडौ । माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले राजतन्त्र फर्काएर के गर्न खोजेको भन्दै राजतन्त्र पक्षधरहरूलाई प्रश्न गरेका छन् । 

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद आलेमगरले राजतन्त्र फर्काउन खोज्नेहरुलाई प्रश्न गर्दै राजतन्त्र पक्षधर सल्बलाउन खोज्नु र यही बेला बेवि किङ र बलयगाडा चढेर गणतन्त्र पुगिँदैन भन्नेहरु सत्तामा रहनुलाई संयोगका रुपमा मात्र लिन नसकिने बताए ।  

‘नेपालमा गणतन्त्र आएको १५,१६ वर्ष भयो । त्यो भन्दा अघि २४० वर्ष राजतन्त्र थियो, त्यसवेला देश झन् ओरालो लागेको थियो’, उनले भने, ‘त्यही राजतन्त्र ल्याएर हुन्छ के गर्न खोजेको के हो रु गणतन्त्रमा केही कमजोरी हुनसक्छन् तर गणतन्त्रको विकल्पमा राजतन्त्र हुनसक्दैन’, आलेमगरको भनाइ छ ।  

उनले एकातिर राजतन्त्रका भूतहरू सलबलाउने र अर्कोतिर देशको राज्यसत्ताको बागडोर बेबी किङ र सेरोमोनियल राजतन्त्र त कहिले गणतन्त्रलाई बयलगाडाको संज्ञा दिनेहरुबाटै राजतन्त्रका भूत प्रोत्साहित भइरहेका त होइनन् भनेर प्रश्न गरे । 

‘केही प्रतिगामी तत्त्वहरू सलबलाइरहेका छन् । हामीले राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौँ तर त्यसका भूतहरू फेरि बौरिएर आएर राजतन्त्रको कुरा गर्दै आएका छन्’, मगरको भनाइ छ । त्यस्तै उनले कुलमान घिसिङलाई कारबाही गर्ने र महिलालाई सचिव नबनाउने सरकारको कार्यशैलीको विरोध गरे । 

त्यस्तै एकीकृत समाजवादीका सांसद जयन्ती राईले ‘प्रतिगामी तत्त्व’ कुर्लिन थालेको भन्दै लोकतन्त्रमाथि धावा बोल्दा पनि सरकार चुप लागेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । ‘प्रतिगामी तत्त्व ब्युँझिँदै छन् । संविधानको उल्लंघन गर्न खोज्दैछन् ।जनताले लडेर प्राप्ति गरेका अधिकार खोस्न चाहँदैछन् । संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्’, राईको भनाइ छ । 

बैठकमा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पनि राजाको वंश विनाश गरेकाहरूले नै नाटक मञ्चन गरिरहेको आरोप लगाए । ‘अहिले तथाकथित प्रतिगामी शक्तिहरू राजा फर्काउने, जसले राजाको वंश विनाश गरेका हुन् । तीनैले राजा फर्काउने नाटक मञ्चन गरिराखेका छन्’, शर्माको भनाइ छ । 

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै सत्तामा बसेका दलले जनताको माग सम्बोधन गर्न नसक्दा राजावादीले टाउको उठाएको दाबी गरे । 

‘सत्तामा बसेका पार्टीहरूले देश र जनताको आवाजलाई सुन्न सकेनन् । अभाव, गरिबी, महँगी, बेतिथिलाई सम्बोधन गर्न सकेनौँ । त्यसकारण यस्ता तत्त्वहरू बेलाबेलामा टाउको उठाउने काम गरिरहेका छन्’, उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending