बग्दाद । वासिङ्टनले इराकलाई छिमेकी मुलुक इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवालाई नवीकरण नगरिएको बग्दादस्थित अमेरिकी दूतावासका प्रवक्ताले आइतबार बताएका छन् ।
आफ्नो अपार तेल र ग्यास भण्डारको बावजुद, इराक आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न आयातमा निर्भर रहन्छ, र इरानले त्यहाँ खपत हुने ग्यास र बिजुलीको एक तिहाई आपूर्ति गर्दछ । “अमेरिकी विदेश मन्त्रालयले इराकलाई इरानी बिजुली खरिदका लागि मार्च ८ मा दिइएको छुटको नवीकरण गरेको छैन”, दूतावासका प्रवक्ताले भने, “यो निर्णयले अमेरिकी वर्तमान् प्रशासनले इरानलाई कुनै पनि प्रकारको आर्थिक वा वित्तीय राहत दिने छैन भन्ने सुनिश्चित गर्दछ ।”
वक्तव्यमा इरानी ग्यास आयातको बारेमा उल्लेख गरिएको छैन, जुन इराकको घरेलु बिजुली उत्पादनको लागि महत्त्वपूर्ण छ । ट्रम्पले आफ्नो पहिलो कार्यकाल अर्थात् सन् २०१८ मा इरानसँगको आणविक सम्झौता त्यागेपछि वासिङ्टनले तेहरानमाथि पुनः प्रतिबन्ध लगाएपनि उक्त छुटको घोषणा गरिएको थियो ।
गत जनवरीमा अमेरिकी राष्ट्रपतिको रूपमा सपथ खाएपछि ट्रम्पले इरानविरुद्ध आफ्नो ‘अधिकतम दबाब’ को नीति लाई पुनः स्थापित गरेका छन् । दूतावासका प्रवक्ताले भने, “राष्ट्रपतिको अधिकतम दबाब अभियान इरानको आणविक खतरा अन्त्य गर्न, ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई कम गर्न र आतङ्कवादी समूहलाई समर्थन गर्नबाट रोक्नको लागि डिजाइन गरिएको छ ।
इरानलाई ‘अविश्वसनीय ऊर्जा आपूर्तिकर्ता’ को संज्ञा दिँदै प्रवक्ताले बग्दादलाई ‘जतिसक्दो चाँडो इरानी ऊर्जा स्रोतहरूमाथिको निर्भरता अन्त्य गर्न’ आग्रह गरे । इराकी सरकारका प्रवक्ता बासेम अल–अवाडीले शनिबार सरकारी सञ्चारमाध्यमलाई बताएअनुसार अधिकारीहरूले छुटको सम्बन्धमा ‘सबै परिदृश्यका लागि’ तयारी गरेका छन् ।
बग्दादले इरानमाथिको निर्भरता कम गर्न र विशेष गरी गर्मीयाममा इराकको दीर्घकालीन विद्युत् कटौतीलाई कम गर्न ऊर्जा स्रोतहरू विविधीकरण गर्नुपर्ने आवश्यकतामा बारम्बार जोड दिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: