बग्दाद । वासिङ्टनले इराकलाई छिमेकी मुलुक इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवालाई नवीकरण नगरिएको बग्दादस्थित अमेरिकी दूतावासका प्रवक्ताले आइतबार बताएका छन् ।
आफ्नो अपार तेल र ग्यास भण्डारको बावजुद, इराक आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न आयातमा निर्भर रहन्छ, र इरानले त्यहाँ खपत हुने ग्यास र बिजुलीको एक तिहाई आपूर्ति गर्दछ । “अमेरिकी विदेश मन्त्रालयले इराकलाई इरानी बिजुली खरिदका लागि मार्च ८ मा दिइएको छुटको नवीकरण गरेको छैन”, दूतावासका प्रवक्ताले भने, “यो निर्णयले अमेरिकी वर्तमान् प्रशासनले इरानलाई कुनै पनि प्रकारको आर्थिक वा वित्तीय राहत दिने छैन भन्ने सुनिश्चित गर्दछ ।”
वक्तव्यमा इरानी ग्यास आयातको बारेमा उल्लेख गरिएको छैन, जुन इराकको घरेलु बिजुली उत्पादनको लागि महत्त्वपूर्ण छ । ट्रम्पले आफ्नो पहिलो कार्यकाल अर्थात् सन् २०१८ मा इरानसँगको आणविक सम्झौता त्यागेपछि वासिङ्टनले तेहरानमाथि पुनः प्रतिबन्ध लगाएपनि उक्त छुटको घोषणा गरिएको थियो ।
गत जनवरीमा अमेरिकी राष्ट्रपतिको रूपमा सपथ खाएपछि ट्रम्पले इरानविरुद्ध आफ्नो ‘अधिकतम दबाब’ को नीति लाई पुनः स्थापित गरेका छन् । दूतावासका प्रवक्ताले भने, “राष्ट्रपतिको अधिकतम दबाब अभियान इरानको आणविक खतरा अन्त्य गर्न, ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई कम गर्न र आतङ्कवादी समूहलाई समर्थन गर्नबाट रोक्नको लागि डिजाइन गरिएको छ ।
इरानलाई ‘अविश्वसनीय ऊर्जा आपूर्तिकर्ता’ को संज्ञा दिँदै प्रवक्ताले बग्दादलाई ‘जतिसक्दो चाँडो इरानी ऊर्जा स्रोतहरूमाथिको निर्भरता अन्त्य गर्न’ आग्रह गरे । इराकी सरकारका प्रवक्ता बासेम अल–अवाडीले शनिबार सरकारी सञ्चारमाध्यमलाई बताएअनुसार अधिकारीहरूले छुटको सम्बन्धमा ‘सबै परिदृश्यका लागि’ तयारी गरेका छन् ।
बग्दादले इरानमाथिको निर्भरता कम गर्न र विशेष गरी गर्मीयाममा इराकको दीर्घकालीन विद्युत् कटौतीलाई कम गर्न ऊर्जा स्रोतहरू विविधीकरण गर्नुपर्ने आवश्यकतामा बारम्बार जोड दिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: