Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

हमासद्वारा गाजा युद्धविराम वार्ताको दोस्रो चरणअघि बढाउन माग

खबरडबली संवाददाता

गाजा । इजरायलले थप वार्ताका लागि दोहामा एक प्रतिनिधिमण्डल पठाउने घोषणा गरेसँगै हमासले गाजा युद्धविरामको दोस्रो चरण तत्काल अघि बढाउन इजरायलसँग माग गरेको छ । समूहले वार्तामा सीधै अघि बढ्ने आफ्नो अडानलाई आइतबार दोहोर्‍याएको हो ।

प्यालेस्टिनी लडाकू समूहका प्रतिनिधिहरूले सप्ताहान्तमा कायरोमा मध्यस्थकर्ताहरूसँग भेट गरी ‘बिना प्रतिबन्ध वा शर्त’ घेराबन्दी गरिएको क्षेत्रमा पुनः प्रवेश गर्न मानवीय सहायताको आवश्यकतामा जोड दिएको हमासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उच्चस्तरीय प्रतिनिधिमण्डलले सम्झौताको ‘दोस्रो चरणका लागि वार्ता सुरु गर्न प्रत्यक्ष रूपमा अघि बढ्नुपर्ने’ आवश्यकतामा पनि जोड दिएको छ । दोस्रो चरणको वार्ताको उद्देश्य स्थायी युद्धविरामका लागि आधार तयार गर्नु हो । हमासले दोस्रो चरणका लागि गाजाबाट सबै इजरायली सेना फिर्ता हुनुपर्ने, नाकाबन्दी अन्त्य गर्नुपर्ने, सो क्षेत्रको पुनर्निर्माण गर्नुपर्ने र आर्थिक सहयोग गर्नुपर्नेलगायतका माग राखेको हमासका एक अधिकारीले एएफपीलाई बताएका छन् ।

हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौआले सूचकहरू सकारात्मक रहेको बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले सोमबार दोहामा प्रतिनिधि पठाउने जनाएको छ । इजरायलले युद्धविरामको पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताउँदै आएको छ ।

इजरायलमा रहेका करिब एक हजार ८०० प्यालेस्टिनी कैदीहरूको रिहाइका लागि २५ जना जीवित बन्धक र आठ वटा शवहरूको आदानप्रदानसहित छ हप्ताको सापेक्षिक शान्तिपछि मार्च १ मा त्यो प्रारम्भिक अवधि समाप्त भएको थियो ।

यो युद्धविरामले गाजामा १५ महिनाभन्दा बढी समयदेखि जारी लडाइँलाई धेरै हदसम्म रोकेको थियो । दक्षिणी इजरायलमा सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणको जवाफमा गाजामा इजरायलको निरन्तर सैन्य अभियानका कारण गाजाको लगभग सम्पूर्ण जनसङ्ख्या विस्थापित भएको तर युद्धविरामले शान्तिका लागि वातावरण बनेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending