काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थापनलगायत विविध जनसरोकारका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा बोल्दै सांसद चन्द्रमोहन यादवले तराई–मधेसमा लामो समयदेखि पर्याप्त वर्षा नभएको भन्दै साउन सकिन लाग्दा पनि धेरै खेत बाँझै रहेको बताए। उनले किसानलाई सिँचाइ र राहतको व्यवस्था गर्न सरकारसँग माग गरे।
सांसद जगतप्रसाद जोशीले भारतले नेपालको सहमतिविना निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा परेको उल्लेख गर्दै कैलाशपुरी क्षेत्रको समस्या तत्काल समाधान गर्न आग्रह गरे। सांसद जगदीश खरेलले सुनसरीको देवानगञ्ज र सिराहका घटनालाई सरकारले संयमतापूर्वक समाधान गरेको भन्दै त्यसमा विपक्षी दलको समेत सहयोग रहेको बताए।
सांसद जनकराज गिरीले संसदमा उठाइएका विषयको कार्यान्वयनबारे सरकारसँग जवाफ मागे भने सांसद जनकसिंह धामीले बेलौरी भन्सार स्तरोन्नति, सामाजिक सद्भाव कायम राख्न तथा भूमिहीनलाई जग्गा उपलब्ध गराउन माग गरे।
सांसद जयपति रोकायाले हुम्लामा बाढीले जनश्रमदानबाट बनेका पुल र सडक बगाएकाले जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए। सांसद झवीलाल डुम्रेले स्याङ्जामा गोठ भत्किँदा र सवारी दुर्घटनामा भएका मृत्युका घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता दुर्घटना रोक्न प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे।
सांसद टुकाभद्र हमालले पर्वतारोही निर्मल पूर्जाप्रति उचित सम्मानजनक निर्णय गर्न माग गरे। सांसद ठाकुरसिंह थारुले किसानले खेतमा मल नपाएको, बजारमा खाना पकाउने ग्यास अभाव रहेको र विद्युत् समस्या कायमै रहेको भन्दै सरकारको आलोचना गरे।
त्यसैगरी सांसद तारा विश्वकर्माले अव्यवस्थित प्लटिङ नियन्त्रण नगरे प्राकृतिक विपद्को जोखिम बढ्ने चेतावनी दिइन्। सांसद डा. तोसिमा कार्कीले कान्ति लोकपथको मार्ग परिवर्तनको निर्णय पुनर्विचार गर्न माग गर्दै त्यसले स्थानीयवासीलाई समस्या पारेको बताइन्।
सांसद तैफिक अहमद खानले आफ्नो निर्वाचन क्षेत्रमा शुद्ध खानेपानीको व्यवस्था गर्न र भूमिहीनको समस्या समाधान गर्न आग्रह गरे। सांसद दीपककुमार साहले सुनसरीको देवानगञ्ज घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरे भने सांसद देवराज पाठकले मौसम पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे।
सांसद धनञ्जय रेग्मीले स्याङ्जाको सामुदायिक विद्युत् प्रणाली व्यवस्थापनमा सरकारले बेवास्ता गरेको गुनासो गरे भने सांसद नरेन्द्रकुमार केरुङले पाँचथरमा आवश्यक ग्यास सिलिन्डर नपुग्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: