Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

खबरडबली संवाददाता

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी दिएको आरोप लागेको छ। उपभोक्ता भने ग्यासको खोजीमा डिलर र निगमको कार्यालय धाइरहेका छन्।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले ग्यास आयातमा कुनै कमी नभएको र समस्या आपूर्तिमा नभई वितरण प्रणाली तथा उपभोक्ताको सञ्चय गर्ने प्रवृत्तिका कारण देखिएको दाबी गरे।

बरालले आधा सिलिन्डर वितरणको अवधिमा घर–घरमा खाली सिलिन्डर थुप्रिएको र अहिले पूर्ण क्षमताको १४.२ किलो ग्यास वितरण सुरु भएपछि सबैले एकैपटक सिलिन्डर भर्न खोज्दा कृत्रिम चाप सिर्जना भएको बताए। उनले टेकुस्थित निगमको कार्यालयमा लाइन बस्नेहरूलाई ‘मिडिया कभरेज’ सँग समेत जोडेर टिप्पणी गरेका थिए।

तर, निगमको दाबीविपरीत काठमाडौंसहित देशका विभिन्न स्थानमा उपभोक्ताले ग्यास नपाएर दिनौँसम्म डिलर धाउनुपरेको, अन्ततः टेकुस्थित निगमको वितरण केन्द्रमा लामो लाइन बस्न बाध्य भएको गुनासो गरेका छन्।

खुसीँबुका भरत मगरले १८–१९ दिनदेखि स्थानीय डिलरमा ग्यास नपाएपछि विद्युतीय भाँडोमा खाना पकाउनुपरेको बताए। शंखमुलकी विश्वमाया पराजुली बिहानैदेखि लाइनमा बसे पनि ग्यास पाउन घण्टौँ कुर्नुपरेको र ट्याक्सी भाडामै थप खर्च भएको गुनासो गर्छिन्। विद्यार्थीहरूले समेत ग्यास खोज्दै कक्षा छुटाउनुपरेको बताएका छन्।

उपभोक्ताहरूले स्थानीय डिलरले चिनेजानेकालाई प्राथमिकता दिने, कालोबजारी भइरहेको र सर्वसाधारणलाई सहज रूपमा ग्यास नदिइएको आरोप लगाएका छन्।

आयल निगमले भने पछिल्ला चार दिनमा टेकुस्थित वितरण केन्द्रबाट करिब तीन हजार सिलिन्डर वितरण गरिएको जानकारी दिँदै भारतबाट हुने ग्यास आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ। निगमका अनुसार अहिलेको समस्या आयातमा होइन, वितरण प्रणालीमा देखिएको हो।

यता नेपाल एलपी ग्यास उद्योग संघले भने लामो समय आधा सिलिन्डर वितरण गरेर एक्कासि पूर्ण क्षमताको सिलिन्डर बजारमा पठाउने सरकारी निर्णयले माग अस्वाभाविक रूपमा बढेकाले अहिलेको संकट सिर्जना भएको जनाएको छ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले भने निगमले आफ्नो व्यवस्थापकीय कमजोरी लुकाउन उपभोक्तालाई नै दोष लगाएको आरोप लगाए। बजारमा ग्यासको चरम अभाव भइरहेका बेला प्रधानमन्त्री कार्यालयमा ‘अभाव छैन’ भनेर गरिएको ब्रिफिङ वास्तविकताविपरीत भएको उनको दाबी छ।

तिमल्सिनाले ग्यास वितरण प्रणालीमा देखिएको समस्या, सम्भावित कालोबजारी र निगमको व्यवस्थापनबारे सत्यतथ्य छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नसमेत माग गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending