Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

राजावादीविरुद्व दलहरुको एकैस्वर- हुकुम प्रमाङ्गीबाट शासन चलाउन खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन्न

खबरडबली संवाददाता

काठमाडौँ । सङ्घीय संसद‍्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूले नेपालमा राजतन्त्रको पुनरागमन असम्भव भएकाले त्यसका पछाडि नलाग्न आग्रह गरेका छन् ।  

नेपालमा राजतन्त्र इतिहासको विषय भइसकेकाले राजा फर्काउने सपना नदेख्न सुझाव दिँदै उनीहरुले इतिहासमा सीमित भइसकेको विषयवस्तुलाई शासन व्यवस्था परिवर्तनसँगै दाँज्ने कार्य नचिताउन सुझाव दिए ।

–श्यामकुमार घिमिरे, प्रमुख सचेतक नेपाली कांग्रेस 

संविधानतः नागरिक भइसकेका पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिककै हैसियतले आउँदा–जाँदा समर्थक र शुभेच्छुकले स्वागत, सत्कार र अभिवादन गर्ने कार्यलाई सामान्य रूपले लिइनुपर्छ । त्यसलाई सम्मान गर्नुपर्छ । तर अहिले सडकमा भइरहेका गतिविधि राजगद्दीमा बसाल्ने ध्येयले पूर्वराजालाई फर्काउने अभियान हो भने त्यो आपत्तिजनक छ, पाच्य हुन सक्दैन । 

राजतन्त्र इतिहासको विषय बनिसक्यो । अब फेरि सत्तामा फर्किने र राजतन्त्र ब्युँताउने सपना छोडिदिए हुन्छ । यसले पूर्वराजालाई नै क्षति पुर्याउन सक्छ । सबै राजनीतिक दलहरू कांग्रेसजस्ता उदारवादी हुँदैनन् । यस घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिने राजनीतिक दल पनि छन् । यो पक्षलाई मनन नगर्ने हो भने पूर्वराजालाई नै चोट पुग्न सक्छ । त्यो परिस्थिति आउन दिन हुन्न । पूर्वराष्ट्रप्रमुखका रुपमा सम्मानका साथ आफ्नो स्थानमा बस्नु उचित हुन्छ भन्ने मेरो सल्लाह हो ।

–महेशकुमार बर्तौला, मुख्य सचेतक नेपाल कम्युनिष्ट पार्टी (एमाले)

लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र र गणतन्त्र हो । लोकतन्त्रमा मात्रै नागरिकले आफ्नो प्रतिनिधि छनोट गरी शासन गर्ने यो सुविधा पाउँछन् । लोकतन्त्रमा मात्रै चुनिएका दल र प्रतिनिधिले त्रुटिपूर्ण गरेमा प्रत्येक पाँच वर्षमा त्यसलाई दण्डित गर्दै अर्काेलाई चयन गर्न पाउने अधिकार जीवन्त रहन्छ । त्यसकारण पनि लोकतन्त्र र गणतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन । 

अहिले पूर्वराजाका नाममा सडकमा देखिएका गतिविधिबाट अराजकतालाई प्रोत्साहन र राजनीतिक अस्थिरतालाई बल पुर्‍याउने मनसायका साथ अगाडि बढाउन खोजिएको छ । अराजकता र अस्थिरता निम्त्याउने किसिमका प्रवृत्तिलाई बल पुग्ने कार्य कसैबाट हुनुहुन्न । यसले मुलुकलाई ठीक ठाउँमा लैजाँदैन । नेपालमा राजतन्त्रको पुनरागमन असम्भव कुरा हो । यसको पछाडि नलाग्नका लागि सबैलाई आग्रह गर्न चाहन्छौँ । 

जनताको सबैभन्दा महत्त्वपूर्ण उपयुक्त र उच्चस्तरको शासन व्यवस्था भनेकै लोकतन्त्रसहितको गणतन्त्र हो । शासकीय कार्यशैलीबारे केही प्रश्न भए त्यहीँ भित्रबाटै समाधान खोज्न सकिन्छ । संसद्मार्फत प्रमुख प्रतिपक्षसहितका दलले सरकारलाई खबरदारी गरिरहेको अवस्था छ । जनताको आन्दोलनबाट विस्थापित भइसकेको हुकुम प्रमाङ्गीबाट अब देश र शासन व्यवस्था चलाउन खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन्न । त्यस्तो शक्तिले कुनै पनि हालतमा विजय हात पार्न सक्दैन । 

हिजो दरबार वरिपरि र राजतन्त्रको छेउछाउमा बसेकाले पूर्वराजालाई ‘ब्यानर’ बनाएर हिँडाउन खोजेको देखिन्छ । कुनै पनि हालतमा त्यस्ता गतिविधि सफल हुने र गन्तव्यमा पुग्ने कुरा होइन । संविधानबमोजिम उहाँ आमनागरिक सरह हुनुहुन्छ । पूर्वराजालाई जनताको सेवा गर्छु भन्ने लागेको छ भने अधिकार छ । यही व्यवस्थाभित्र रही राजनीतिक दल खोल्ने, चुनावमा बहुमत ल्याउने अनि प्रधानमन्त्री वा राष्ट्रपति बन्ने अवसर मिल्छ । तर कुनै वंशकै आधारमा कसैको निगाहबाट अब देशको सर्वोच्च पदमा रहने कुरा किमार्थ दिवा सपना मात्रै हुन्छ । त्यो आपत्तिजनक छ । 

– राजकिशोर यादव, उपाध्यक्ष जनता समाजवादी पार्टी (जसपा) नेपाल

सरकार र दलहरुप्रति जनतामा केही असन्तुष्टि छ । त्यो असन्तुष्टिलाई कसैले व्यवस्थाको विरुद्ध प्रयोग गर्न खोेजिरहेको छ । सरकार र राजनीतिक दलले सेवा प्रवाहलाई सहज र सुशासन कायम गर्दै जनताको पक्षमा काम गरिएमा यस्ता गतिविधि आफैँ समाप्त हुन्छन् । नेपाली समाजको चेतना, समाजको आवश्यकता र विश्व परिस्थितिका आधारमा पछाडि फर्कन मिल्दैन । 

पूर्वराजाले वर्तमान सङ्घीय लोकतन्त्रात्मक गणतन्त्रात्मक शासन व्यवस्थाबाटै सम्मान पाइरहनुभएको छ । जनतामा देखिएको निराशाका कारण मात्र सडकमा विरोध देखिएको हो । सरकार र राजनीतिक दलले जनताका भावना बुझेर काम गर्नुपर्छ । तर अहिलेको सडकका गतिविधिबाट व्यवस्था परिवर्तन हुन्छ भनी कसैले नचिताए हुन्छ । पूर्वराजा नेपालको सम्मानित नागरिक हुनुहुन्छ । यसअघि उहाँसँग कार्यकारी अधिकारसहित अभ्यास गरेको अनुभव छ । उहाँ कसैको लहडमा अब लाग्नु हुन्न । त्यसले क्षति गराउँछ । राम्रो नतिजा दिँदैन । राष्ट्र र नागरिकको कल्याण हुँदैन ।

–मनिष झा, कार्यवाहक प्रवक्ता राष्ट्रिय स्वतन्त्र पार्टी

पूर्वराजासँग जोडिएर सडकमा भइरहेका गतिविधि सरकार र प्रमुख राजनीतिक दलको कार्यशैलीप्रतिको केही नागरिकको आक्रोश हो । सहकारीलगायतका समग्र समस्या समाधानको व्यक्ति लक्षित आरोप लगाउने र पूर्वाग्रहका  गतिविधिले पनि मलजल गरेको छ । सडकमा यस्ता गतिविधि हुँदा प्रमुख दलका नेताबाट आवाज उठ्नुपर्छ । 

लोकतन्त्र र गणतन्त्रको विकल्प भनेको अझ उन्नत र इमानदार अभ्याससहितको लोकतन्त्र हो । राजतन्त्र गणतन्त्रको विकल्प हुँदै होइन । पूर्वराजाले राज्य सञ्चालन गर्ने अवसर पाउनुभएकै थियो । शक्ति हातमा लिँदा गलत व्यक्ति र समूहको चङ्गुलमा पर्नुभयो । लोकतन्त्रको मर्म र सिद्धान्तभन्दा बाहिर जानुभयो । तर आफूले गलत गरेको कुरा अहिलेसम्म उहाँले स्वीकार्नु भएको छैन । पूर्वराजा संविधान र कानुनको परिधिमा बस्नुपर्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending