Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

रोशनले गरे १ अर्ब ८७ करोडको क्रिप्टो कारोबार तर, गोजी रित्तै

खबरडबली संवाददाता

काठमाडौं। धादिङको खनियावास गाउँपालिका–४ घर भएर टोखामा बस्ने रोशन गुरुङ आईटी (सूचना प्रविधि)का विद्यार्थी हुन् । २६ वर्षीय रोशनले १ अर्ब ८७ करोड ७ लाख १३ हजार बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबार गरेको आरोप छ । काठमाडौँको तिलिङ्गेटारबाट फागुन १९ मा पक्राउ परेका रोशन अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । 

रोशनलाई भेट्न काठमाडौँ परिसरमा पुगेका उनका एकजना आफन्तले बिहीबार अनुसन्धान अधिकृतलाई सोधे, ‘त्यति धेरै पैसा ऊसँग कहाँ रहेछ ?’ अनुसन्धान अधिकृतले जवाफ दिए, ‘मोबाइलमा कारोबारको रेकर्ड देखिन्छ ।’ रोशनका परिवार र आफन्त भन्दै थिए, ‘घर परिवारलाई एक रुपैयाँ दिएको छैन, कमाएको पैसा कहाँ छ ?’ 

परिवारका सदस्यहरूको भनाइ अनुसार झण्डै दुई अर्बको कारोबार देखिए पनि रोशनको गोजी ‘रित्तै’ छ । अनुसन्धान अधिकृतहरूका अनुसार उनी पठाओ चढेर हिँड्छन् । कलिलो उमेरमा अर्बको कारोबार सामान्य कुरा होइन । तर, सूचना प्रविधि पढेका युवाहरू पछिल्लो समय नेपालको कानुनले अवैध मानेको ‘क्रिप्टो कारोबार’ गरिरहेका छन् । 

डिजिटल मुद्रा कारोबार गर्नेहरूको सूचना संकलन गरेर सूक्ष्म अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । उनले भने, ‘अझै केही व्यक्तिहरूले कारोबार गरिरहेको सूचना पाएका छौँ, हाम्रा अधिकृतहरूले त्यसमा अनुसन्धान गरिरहेका छन् ।’ 

टोखा नगरपालिका–८ ग्रीनल्याण्ड बस्ने रोशनले आफूलाई पक्राउ गर्न आएका प्रहरीलाई भने, ‘मसँग हिजोमात्रै प्रहरीले १४ लाख लिएर गए ’ त्यसपछि अनुसन्धान अधिकृतहरूले अपराध भित्रको अपराधबारे अनुसन्धान सुरु गरे । अनुसन्धान गर्दै जाँदा उनलाई नयाँ बानेश्वरमा प्रहरी सहितको समूहले १४ लाख लुटेको पुष्टि भएको एसएसपी अधिकारीले बताए । उनले भने, ‘कम मूल्यमा क्रिप्टो करेन्सी बेच्ने बहाना बनाएर बानेश्वरको पोङ्ग रेस्टुरेन्टमा बोलाएर उनलाई लुटेको देखिन्छ ।’ 

लुटमा संलग्न बानेश्वर वृत्तमा कार्यरत दुई जना प्रहरी, एकजना सशस्त्र प्रहरी सहायक हवल्दार र अरू ३ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा सशस्त्रका सहायक हवल्दार राजेन्द्र केसी, प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान हिरा मग्राती छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका बस्ने कपिल बस्नेत, सुनसरीको इटहरी–६ बस्ने संजोक तामाङ र मोरङ बेलबारीका मनिष कुमार रायलाई पनि प्रहरीले पक्राउ गरेको अनुसन्धान गरिरहेको छ । 

सशस्त्रको सहायक हवल्दार र कपिल योजनाकार 

मोरङबाट आएका कपिल बस्नेतले रोशनलाई बानेश्वरमा बोलाउँछन् । कम मूल्यमा धेरै ‘यूएसडी’ मिलाइदिन्छु भनेर बोलाएपछि रोशन फागुन १८ मा त्यहाँ पुग्छन् । संजोक तामाङ र मनिष कुमार राय बाहिर रेकी गरेर बसेका थिए । 

रोशन पुगेपछि पोङ्ग रेस्टुरेन्टमा छिरेका सशस्त्र सहित ३ जना प्रहरीले परिचयपत्र र हत्कडी देखाउँदै भन्छन्, ‘तपाईँले क्रिप्टो र हुन्डीको कारोबार गर्नुभएको सूचना हामीसँग छ ।’ अनि, रोशन छाँगाबाट खसेजस्तै भए । १० लाख भन्दा धेरै रकम बैंकबाट कारोबार गर्नुपर्ने कानुनी व्यवस्थाका कारण आफूलाई हुण्डीको मुद्दा लाग्नेबारे उनी जानकार थिए । अनुसन्धान गर्दा क्रिप्टोको पनि मुद्दा खेप्नुपर्ने डरले उनी १४ लाख छाडेर हिँडन तयार भएका हुन् । 

डाँका गरेको रकम मध्ये ७ लाख रुपैयाँ सशस्त्रका सहायक हवल्दार केसीको खातामा भेटिएको एसएसपी अधिकारीले बताए । सहायक हवल्दार केसी र कपिल बस्नेत लुटपाट गर्ने मुख्य योजनाकार हुन् । बानेश्वर वृत्तका दुई जना प्रहरीलाई केसीले बोलाएको थाहा भएको छ । लुटेको ७ लाख रुपैयाँ कपिल बस्नेतले लगेको र आफूहरूले रकम नलिएको प्रहरी सहायक हवल्दार ठकुरी र जवान मग्रातीले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । आरोपीहरू विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending