Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

रोशनले गरे १ अर्ब ८७ करोडको क्रिप्टो कारोबार तर, गोजी रित्तै

खबरडबली संवाददाता

काठमाडौं। धादिङको खनियावास गाउँपालिका–४ घर भएर टोखामा बस्ने रोशन गुरुङ आईटी (सूचना प्रविधि)का विद्यार्थी हुन् । २६ वर्षीय रोशनले १ अर्ब ८७ करोड ७ लाख १३ हजार बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबार गरेको आरोप छ । काठमाडौँको तिलिङ्गेटारबाट फागुन १९ मा पक्राउ परेका रोशन अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । 

रोशनलाई भेट्न काठमाडौँ परिसरमा पुगेका उनका एकजना आफन्तले बिहीबार अनुसन्धान अधिकृतलाई सोधे, ‘त्यति धेरै पैसा ऊसँग कहाँ रहेछ ?’ अनुसन्धान अधिकृतले जवाफ दिए, ‘मोबाइलमा कारोबारको रेकर्ड देखिन्छ ।’ रोशनका परिवार र आफन्त भन्दै थिए, ‘घर परिवारलाई एक रुपैयाँ दिएको छैन, कमाएको पैसा कहाँ छ ?’ 

परिवारका सदस्यहरूको भनाइ अनुसार झण्डै दुई अर्बको कारोबार देखिए पनि रोशनको गोजी ‘रित्तै’ छ । अनुसन्धान अधिकृतहरूका अनुसार उनी पठाओ चढेर हिँड्छन् । कलिलो उमेरमा अर्बको कारोबार सामान्य कुरा होइन । तर, सूचना प्रविधि पढेका युवाहरू पछिल्लो समय नेपालको कानुनले अवैध मानेको ‘क्रिप्टो कारोबार’ गरिरहेका छन् । 

डिजिटल मुद्रा कारोबार गर्नेहरूको सूचना संकलन गरेर सूक्ष्म अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । उनले भने, ‘अझै केही व्यक्तिहरूले कारोबार गरिरहेको सूचना पाएका छौँ, हाम्रा अधिकृतहरूले त्यसमा अनुसन्धान गरिरहेका छन् ।’ 

टोखा नगरपालिका–८ ग्रीनल्याण्ड बस्ने रोशनले आफूलाई पक्राउ गर्न आएका प्रहरीलाई भने, ‘मसँग हिजोमात्रै प्रहरीले १४ लाख लिएर गए ’ त्यसपछि अनुसन्धान अधिकृतहरूले अपराध भित्रको अपराधबारे अनुसन्धान सुरु गरे । अनुसन्धान गर्दै जाँदा उनलाई नयाँ बानेश्वरमा प्रहरी सहितको समूहले १४ लाख लुटेको पुष्टि भएको एसएसपी अधिकारीले बताए । उनले भने, ‘कम मूल्यमा क्रिप्टो करेन्सी बेच्ने बहाना बनाएर बानेश्वरको पोङ्ग रेस्टुरेन्टमा बोलाएर उनलाई लुटेको देखिन्छ ।’ 

लुटमा संलग्न बानेश्वर वृत्तमा कार्यरत दुई जना प्रहरी, एकजना सशस्त्र प्रहरी सहायक हवल्दार र अरू ३ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा सशस्त्रका सहायक हवल्दार राजेन्द्र केसी, प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान हिरा मग्राती छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका बस्ने कपिल बस्नेत, सुनसरीको इटहरी–६ बस्ने संजोक तामाङ र मोरङ बेलबारीका मनिष कुमार रायलाई पनि प्रहरीले पक्राउ गरेको अनुसन्धान गरिरहेको छ । 

सशस्त्रको सहायक हवल्दार र कपिल योजनाकार 

मोरङबाट आएका कपिल बस्नेतले रोशनलाई बानेश्वरमा बोलाउँछन् । कम मूल्यमा धेरै ‘यूएसडी’ मिलाइदिन्छु भनेर बोलाएपछि रोशन फागुन १८ मा त्यहाँ पुग्छन् । संजोक तामाङ र मनिष कुमार राय बाहिर रेकी गरेर बसेका थिए । 

रोशन पुगेपछि पोङ्ग रेस्टुरेन्टमा छिरेका सशस्त्र सहित ३ जना प्रहरीले परिचयपत्र र हत्कडी देखाउँदै भन्छन्, ‘तपाईँले क्रिप्टो र हुन्डीको कारोबार गर्नुभएको सूचना हामीसँग छ ।’ अनि, रोशन छाँगाबाट खसेजस्तै भए । १० लाख भन्दा धेरै रकम बैंकबाट कारोबार गर्नुपर्ने कानुनी व्यवस्थाका कारण आफूलाई हुण्डीको मुद्दा लाग्नेबारे उनी जानकार थिए । अनुसन्धान गर्दा क्रिप्टोको पनि मुद्दा खेप्नुपर्ने डरले उनी १४ लाख छाडेर हिँडन तयार भएका हुन् । 

डाँका गरेको रकम मध्ये ७ लाख रुपैयाँ सशस्त्रका सहायक हवल्दार केसीको खातामा भेटिएको एसएसपी अधिकारीले बताए । सहायक हवल्दार केसी र कपिल बस्नेत लुटपाट गर्ने मुख्य योजनाकार हुन् । बानेश्वर वृत्तका दुई जना प्रहरीलाई केसीले बोलाएको थाहा भएको छ । लुटेको ७ लाख रुपैयाँ कपिल बस्नेतले लगेको र आफूहरूले रकम नलिएको प्रहरी सहायक हवल्दार ठकुरी र जवान मग्रातीले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । आरोपीहरू विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending