काठमाडौं । गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । पोस्टर सार्वजनिक भएसँगै फिल्मबारे उत्सुकता बढेको छ । निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।
पोस्टरमा चर्चित अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले दर्शकलाई फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ । फिल्मको कथावस्तु अहिले खुलाइएको छैन, तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी उपलब्ध गराइनेछ ।
फिल्ममा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिने छन् । त्यस्तै, हालका चर्चित हास्य कलाकार उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु समेत विशेष अभिनय रहेको फस्टलुक पोस्टरमार्फत जानकारी दिइएको छ ।
दर्शकहरूले चर्चित अभिनेत्री प्रियंका कार्कीलाई विशेष गेस्ट कलाकारको रूपमा देख्न पाउने निर्देशक रिम विश्वकर्माले जानकारी दिए । प्रियंका नेपाली फिल्म उद्योगको सफल अभिनेत्री भएकाले उनको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
रेडलाइन फिल्मस् प्रा।ली को ब्यानरमा निर्माण भएको यो फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । यसका निर्माता पी।बी। थापा रहेका छन् भने यम आलेले फिल्म खिचेका हुन् । डेढ करोडको लागतमा निर्माण भएको यो फिल्मलाई मित्र डी। गुरुङले सम्पादन तथा रंग संयोजन गरेका छन् ।
फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । द्वन्द्व निर्देशन शंकर महर्जन ले गरेका छन् भने संगीत संयोजन नरेन्द्र यिबोगी र विपिन आचार्यले गरेका छन् । चलचित्रका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक–गायिकाहरूको सहभागिताले फिल्मको संगीत पक्षलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ ।
फिल्मको प्रचार तथा अन्तर्राष्ट्रिय मिडिया म्यानेजमेन्टको जिम्मा ‘सेलिब्रेटी टाइम्स प्रा।ली’ ले लिएको छ । नेपाल भित्र मात्र नभई, विदेशमा रहेका नेपाली दर्शकमाझ पनि फिल्मको पहुँच पु¥याउन डिजिटल र पारम्परिक माध्यमहरू प्रयोग गरिने सेलिब्रेटी टाइम्सले जनाएको छ ।
निर्देशक रिम विश्वकर्माले चलचित्रको प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन कलाकार टोलीले आगामी सातादेखि देशव्यापी प्रचार अभियान सुरू गर्ने जानकारी दिए । निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, ‘रेलिमाई’ जस्ता चर्चित फिल्महरू निर्देशन गरिसकेका छन् । उनका फिल्महरूले नेपाली मौलिक कथावस्तु, समाजका वास्तविकता र मनोरञ्जनको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने गरेका छन् ।
अब ‘हेल्लो काशिराम’ ले दर्शकमाझ कत्तिको प्रभाव पार्नेछ, त्यो टिजर सार्वजनिक भएपछि अझ स्पष्ट हुनेछ । दर्शकको मन जित्न सफल हुनेछ या असफल रु यो प्रश्नको उत्तर भने प्रदर्शनपछि मात्र थाहा हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - १०:३५
बाजुरा। बाजुरामा पर्यटकीय स्थलको रुपमा चिनिँदै आएको खप्तड छेडेदह गाउँपालिकाका वडा ४ र ७ को बीचमा पर्ने छेडेदह ताल अहिले केही दिन यता हिउँको कब्जामा पर...
माघ १६ गते, २०८२ - १७:४८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१, २०८२ सम्म जापान भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...
माघ १६ गते, २०८२ - १७:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाध...
माघ १६ गते, २०८२ - १७:०७
काठमाडौँ । काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराको सूची प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबा...
माघ १६ गते, २०८२ - १६:५८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...
माघ १६ गते, २०८२ - १६:४१
काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...
माघ १६ गते, २०८२ - १६:२९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...
माघ १६ गते, २०८२ - १६:१२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...
माघ १६ गते, २०८२ - १५:४२
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...
माघ १६ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...




प्रतिकृया लेख्नुहोस्: