Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बैंकले सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएपछि झस्किए शिवशिखरका बचतकर्ता

खबरडबली संवाददाता

काठमाडौं । नेपाल एसबीआई बैंकले भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएपछि​बचतकर्ता झस्किएका छन्। 

सहकारीका सञ्चालक जेलमा रहँदा बैंकले फागुन २१ गते लिलामीको सूचना जारी गरेपछि बचतकर्ताको बचत फिर्ताबारे संशय पैदा भएको हो। 

भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्मा र उनकी पत्नी गीता शर्माले सहकारीको शाखा विस्तार गरी बचत दुरुपयोग गरेपछि जेल चलान भएका छन्।

तुलसी सहकारीका पाँच हजार ४४३ बचतकर्ताले बचत गरेको एक अर्ब ५५ करोड ८१ लाख ६१ हजार ३१ रुपैयाँ अपचलन भएको छ। साथै शिवशिखर सहकारीका ३२ हजार ६१३ बचतकर्ताको नौ अर्ब ४९ करोड ३२ लाख २२ हजार ८९६ रुपियाँ अपचलन भएको छ । दुवै सहकारीका ३८ हजार ५६ बचतकर्ताको ११ अर्ब पाँच करोड १३ लाख ८३ हजार ९२७ रुपैयाँ अपचलन भएको छ। शिवशिखरका वर्तमान अध्यक्ष सुशीलचन्द्र बानियाँ छन्। 

बैंकले चैत ११ गते बोलपत्र खोल्ने जनाउँदै शिखर अर्गनाइजेसन लिमिटेड, शिखर स्पाइस एण्ड फ्रुट इण्डष्ट्रिज ण्स्ट्रिज प्रालि, नटराज फुड इण्डष्ट्रिज प्रालि र शिवशिखर खाद्य उद्योग प्रालिको नाम उल्लेख गर्दै सूचना प्रकाशित गरेको छ। तीन वटै कम्पनीका सञ्चालक शिवशिखरका पूर्वअध्यक्ष केदारनाथ शर्मा हुन् । 

उनकी पत्नी गीता शर्मासहितले ऋण लिएको उल्लेख गर्दै सूचनामा पशुपतिनाथ अमालकोट कचहरी गुठीको नाममा दर्ता स्रेस्ता रही गीता शर्मा मोही रहेको काठमाडौँ महानगरपालिका( ७ स्थित एक रोपनी पाँच आना तीन दाम जग्गा र भवनसहित भौतिक संरचना लिलाम गरिने भनिएको छ । 

त्यसै गरी बैंकले शिखर स्पाइस एन्ड फ्रुट इन्डस्ट्रिजका नाममा रहेको चितवनको भरतपुरस्थित एक हजार ५१९.५६ वर्गमिटरको जग्गा र भवन, चितवनकै हाजीपुरस्थित एक हजार ९३०.१७ वर्गमिटरको जग्गा र भवन, शिवशिखर एग्रोको नाम रहेको हाजीपुरकै एक हजार ५७४.६१ वर्गमिटरको जग्गा र भवन लिलामी प्रक्रिया अघि बढाएको छ । 

गीता शर्माकै नाममा रहेको बाँकेको शमशेरगञ्जस्थित ११ हजार ५२०.२६ वर्गमिटरको जग्गा, टिटिहिरीयास्थित एक हजार ४६१ वर्गमिटरको जग्गा, भवन तथा अन्य सम्पत्ति लिलामी गर्ने सूचना बैंकले जारी गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending