काठमाडौं । नेपाल एसबीआई बैंकले भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएपछिबचतकर्ता झस्किएका छन्।
सहकारीका सञ्चालक जेलमा रहँदा बैंकले फागुन २१ गते लिलामीको सूचना जारी गरेपछि बचतकर्ताको बचत फिर्ताबारे संशय पैदा भएको हो।
भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्मा र उनकी पत्नी गीता शर्माले सहकारीको शाखा विस्तार गरी बचत दुरुपयोग गरेपछि जेल चलान भएका छन्।
तुलसी सहकारीका पाँच हजार ४४३ बचतकर्ताले बचत गरेको एक अर्ब ५५ करोड ८१ लाख ६१ हजार ३१ रुपैयाँ अपचलन भएको छ। साथै शिवशिखर सहकारीका ३२ हजार ६१३ बचतकर्ताको नौ अर्ब ४९ करोड ३२ लाख २२ हजार ८९६ रुपियाँ अपचलन भएको छ । दुवै सहकारीका ३८ हजार ५६ बचतकर्ताको ११ अर्ब पाँच करोड १३ लाख ८३ हजार ९२७ रुपैयाँ अपचलन भएको छ। शिवशिखरका वर्तमान अध्यक्ष सुशीलचन्द्र बानियाँ छन्।
बैंकले चैत ११ गते बोलपत्र खोल्ने जनाउँदै शिखर अर्गनाइजेसन लिमिटेड, शिखर स्पाइस एण्ड फ्रुट इण्डष्ट्रिज ण्स्ट्रिज प्रालि, नटराज फुड इण्डष्ट्रिज प्रालि र शिवशिखर खाद्य उद्योग प्रालिको नाम उल्लेख गर्दै सूचना प्रकाशित गरेको छ। तीन वटै कम्पनीका सञ्चालक शिवशिखरका पूर्वअध्यक्ष केदारनाथ शर्मा हुन् ।
उनकी पत्नी गीता शर्मासहितले ऋण लिएको उल्लेख गर्दै सूचनामा पशुपतिनाथ अमालकोट कचहरी गुठीको नाममा दर्ता स्रेस्ता रही गीता शर्मा मोही रहेको काठमाडौँ महानगरपालिका( ७ स्थित एक रोपनी पाँच आना तीन दाम जग्गा र भवनसहित भौतिक संरचना लिलाम गरिने भनिएको छ ।
त्यसै गरी बैंकले शिखर स्पाइस एन्ड फ्रुट इन्डस्ट्रिजका नाममा रहेको चितवनको भरतपुरस्थित एक हजार ५१९.५६ वर्गमिटरको जग्गा र भवन, चितवनकै हाजीपुरस्थित एक हजार ९३०.१७ वर्गमिटरको जग्गा र भवन, शिवशिखर एग्रोको नाम रहेको हाजीपुरकै एक हजार ५७४.६१ वर्गमिटरको जग्गा र भवन लिलामी प्रक्रिया अघि बढाएको छ ।
गीता शर्माकै नाममा रहेको बाँकेको शमशेरगञ्जस्थित ११ हजार ५२०.२६ वर्गमिटरको जग्गा, टिटिहिरीयास्थित एक हजार ४६१ वर्गमिटरको जग्गा, भवन तथा अन्य सम्पत्ति लिलामी गर्ने सूचना बैंकले जारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - २१:५३
भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...
चैत्र २८ गते, २०८२ - २१:४५
नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...
चैत्र २८ गते, २०८२ - २१:४२
ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...
चैत्र २८ गते, २०८२ - २१:३१
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...
चैत्र २८ गते, २०८२ - २१:२९
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...
चैत्र २८ गते, २०८२ - २०:०६
निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था
चैत्र २८ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...
चैत्र २८ गते, २०८२ - १९:५५
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...
चैत्र २८ गते, २०८२ - १९:५१
दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...
चैत्र २८ गते, २०८२ - १९:४५
प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए


प्रतिकृया लेख्नुहोस्: