उदयपुर। एक वर्षअघिसम्म न्यूनीकरण हुँदै गएको लागुऔषध कारोबार र दुर्व्यसन पुनः बढ्न थालेको छ। छिमेकी जिल्ला सप्तरी, सिरहा, सुनसरी र उदयपुरको सीमाबाट विभिन्न लागुऔषध भित्रने, कारोबार गर्ने र प्रयोगकर्ता वृद्धि हुँदै गएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्लाभित्रबाट पनि केही गाँजा कारोबारकर्ताले बाहिर गाँजा बिक्री गर्ने गरेका पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए। उनका अनुसार गत साउनदेखि फागुनको दोस्रो सातासम्ममा मात्र जिल्लामा ९० जना लागुऔषध कारोबारकर्ता र केही प्रयोगकर्ता पक्राउ परेका छन्।
पक्राउ गरिएकामध्ये ४७ जनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जनाउँदै प्रनाउ दोङले २५ जनालाई कारागारमा राखिएको उल्लेख गरे। उनका अनुसार ३२ जनालाई धरौटीमा छाडिएको छ।
अहिले सबैभन्दा बढी समस्याका रूपमा सप्तरी, सुनसरी र सिरहको सीमानाकाबाट लागुऔषधका विभिन्न ट्याब्लेटहरू कारोबारकर्ताले उदयपुर भित्र्याउने गरेका प्रनाउ दोङले बताए। जिल्लाको पूर्वी क्षेत्रको बेलका र पश्चिमी क्षेत्रको कटारी, उदयपुरगढी क्षेत्र भएर सप्तरी, सिरहामा गाँजा तस्कर हुने गरेको उनको भनाइ छ।
पूर्वी क्षेत्रको बेलका र चौदण्डीगढी नगरपालिकामा सप्तरी र सुनसरीको सिमाना हुँदै जिल्लाभित्र गाँजा तस्करी बढ्दै गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लाको सिमा क्षेत्रमा प्रहरी तथा सुरक्षाकर्मी चौबीसैँ घण्टा कडाइका साथ तैनाथ गरिए पनि लागुऔषध कारोबार बढ्दै गइरहेकाले प्रहरीलाई चुनौती थपिएको उनले बताए।
एक वर्षअघिसम्म जिल्ला प्रहरी कार्यालयले जिल्लाका गाउँगाउँका विद्यालय तथा बस्ती र सडकमा ‘नो ड्रग्स’ अभियान सञ्चालन गर्दै आएको थियो। उक्त अभियानका कारण केही समय लागुऔषध दुर्व्यसनी न्यूनीकरण भएकामा अहिले फेरि कारोबार र दुर्व्यसन वृद्धि हुँदै गएका प्रनाउ दोङले उल्लेख गरे।
अहिले जिल्लाभित्रबाट बाहिर गाँजा पैठारी नियन्त्रण गर्नु निकै चुनौतीका रूपमा देखिएको बताउँदै बाहिरबाट लागुऔषध भित्रीक्रम पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीले बताए। कारोबारकर्ताले राजमार्गभन्दा पनि चुरे क्षेत्रको जङ्गलको बाटोबाट पैदल हिडेर चोरबाटो हुँदै कारोबार गर्न थालेपछि प्रहरीलाई सुरक्षा र नियन्त्रणमा चुनौती उनको भनाइ छ।
लागुऔषध कारोबार बढ्दै जान थालेपछि प्रहरीले नागरिकसहित सबैले साथ दिएमा लागुऔषध ओसारपसार र दुव्र्यसनी न्यूनीकरण गर्न सकिने बताउँदै योगीले नागरिक समाज, आमनागरिकलाई सहयोगका लागि आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: