रियाद । साउदी अरब, कतार र जोर्डनले मङ्गलबार युद्धग्रस्त गाजा पट्टीमा बिजुली आपूर्ति कटौती गर्ने इजरायलको निर्णयको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई कारबाही गर्न छुट्टाछुट्टै वक्तव्यमा आह्वान गरेका छन् ।
युद्धविराम वार्तामा अवरोध देखिएको बेला प्यालेस्टिनी विद्रोही समूह हमासलाई बन्धकहरू रिहा गर्न दबाब दिने प्रयासमा इजरायलले आइतबार गाजामा एक मात्र पानीको डिसेलिनेसन प्लान्टमा जाने एकमात्र विद्युत लाइन विच्छेद गरेको घोषणा गरेको थियो । साउदी अरेबियाको विदेश मन्त्रालयले ‘इजरायली कब्जा अधिकारीहरूद्वारा गाजा पट्टीमा क्षेत्रबाट बिजुली काटेर प्यालेस्टिनीहरू विरुद्ध सामूहिक सजायको प्रयोग गरेकामा कडाभन्दा कडा शब्दमा निन्दा’ व्यक्त गरेको छ ।
कतारको विदेश मन्त्रालयको एक वक्तव्यमा भनिएको छ, “कतारले गाजा पट्टीमा विद्युत काट्ने इजरायली कब्जाको कडा निन्दा गर्दछ, यसलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट उल्लङ्घन मान्दछ ।” इजरायली अधिकारीहरूले गाजामा सहायता प्रवेश रोकेको लगभग एक हप्तापछि जोर्डनको विदेश मन्त्रालयका प्रवक्ता सुफ्यान कुदाहले विद्युत् कटौतीलाई ‘इजरायलले लगाएको भोकमरी र घेराबन्दीको नीतिको स्पष्ट निरन्तरता’ भने ।
संयुक्त राष्ट्रसङ्घले गाजाको जनसङ्ख्याका लागि ‘गम्भीर परिणामहरू’ हुने चेतावनी दिएको छ भने बेलायतले इजरायली कदमबाट ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । साउदी अरेबियाले अन्तर्राष्ट्रिय समुदायलाई ‘तत्काल कदम चाल्न’ आह्वान गरेको छ भने कतारले पनि ‘प्यालेस्टिनी जनतालाई आवश्यक सुरक्षा प्रदान गर्न तत्काल कदम चाल्न’ आग्रह गरेको छ ।
जोर्डनका कुदाहले विश्वलाई ‘आफ्नो कानूनी र नैतिक जिम्मेवारी ग्रहण गर्न र इजरायललाई युद्धविराम सम्झौता जारी राख्न… गाजामा विद्युत् पुनःस्थापना गर्न’ तथा सहायता वितरणका लागि सीमा क्रसिङहरू पुनः खोल्न बाध्य पार्न आह्वान गरे । जनवरीदेखि गाजामा युद्ध रोकिएको नाजुक युद्धविरामलाई विस्तार गर्ने प्रयासको हिस्साका रूपमा इजरायली वार्ताकारहरूले कतारमा मध्यस्थकर्ताहरूसँग वार्ता गर्ने अपेक्षा गरिएको थियो । उक्त युद्ध सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासको अभूतपूर्व आक्रमणबाट सुरु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: