काठमाडाैं । काठमाडौंबाट १ थान पेस्तोल र लागु औषध सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं २ भाड गाउँ स्थित मिरा तामाङको घरमा डेरा गरी बस्ने सुदन जोशी रहेका छन् ।
उनले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंको समन्वयमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले निजको कोठा रितपूर्वक खानतलासी गर्दा उल्लेखित हातहतियार र लागु औषध सहित उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ । साथै, जोशीको जिल्ला प्रहरी परिसर काठमाडौंबाट २०६१ भदाै १, २०६८ असार २९ र २०६७ भदाै १३ गते अभद्र व्यवहार कसुरमा तथा २०६८ बैशाख २५ गते लागु औषध कसुरमा एवं प्रहरी वृत्त कालिमाटीबाट मिति २०७४ चैत ९ गते लागु औषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको समेत अभिलेखबाट देखिन आएको पंहरीले जनाएकाे ५ ।
पक्राउ परेका जाेशी काठमाडौं महानगरपालिका वडा नं २० घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नं २ भाड गाउँ स्थित डेरा गरी बसेकाे समेत अनुसन्धानबाट खुलेकाे पंहरीले जनाएकाे छ ।
जाेशीकाे काेठाबाट प्रहरीले पेस्तोल १ थान, म्याग्जिन २ थान, KF 7.65 लेखिएको गोली १०(दश) राउण्ड, लागु औषध पोल्याण्ड २५० ग्राम, लागु औषध Tramadol Hydrocholoride Capsules IP Tramol-50 लेखिएको एक पत्तामा १० पिस क्याप्सुल, काठले बनेको कालो रातो रङको MAPPLE लेखिएको उफर (Speaker)१ थान, Lenovo लेखिएको ल्यापटप १ थान, डिजिटल तराजु १ थान, विभिन्न कम्पनीका मोबाइल ७ थान, एप्पल कम्पनीको आई प्याड १ थान बरामद् गरेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - ०८:५२
खोटाङ । चुँडिएर जमिनमा झरेको विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्द राई रहेका छन् । ४३ वर्षीय राईको मल...
बैशाख २४ गते, २०८३ - ०८:५०
दाङ । दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हा...
बैशाख २४ गते, २०८३ - ०८:४७
म्याग्दी । म्याग्दीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार...
बैशाख २४ गते, २०८३ - ०८:४६
काठमाडौँ । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर प...
बैशाख २४ गते, २०८३ - ०८:४१
गोरखा । देशभर सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला गोरखाका स्थानीय तहहरू पनि सक्रिय भएका छन् । पालुङटार नगरपालिका र शहीद लखन गा...
बैशाख २४ गते, २०८३ - ०८:२१
दैलेख । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र हाकिमबीचको विवाद अब खुला ‘गिलास काण्ड’मा पुगेको छ । गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी ले प्रमुख प्रशासकी...
बैशाख २४ गते, २०८३ - ०८:१२
काठमाडौँ । देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि सरकारी डोजर चलिरहेका छन् । वर्षौँदेखि बसोबास गर्दै आएका हजारौँ परिवार उठिबासको त्रासमा छन् । झाप...
बैशाख २४ गते, २०८३ - ०८:०४
काठमाडौँ । सुकुम्बासी बस्तीमा सरकारी डोजर चलाउने अभियान तीव्र बन्दै जाँदा विभिन्न स्थानका भूमिहीन र सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। वैकल्पिक ...
बैशाख २४ गते, २०८३ - ०८:०३
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क र...
बैशाख २४ गते, २०८३ - ०८:०१
इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिक...


प्रतिकृया लेख्नुहोस्: