Ntc summer Offer
Khabar Dabali २१ चैत्र २०८१ बिहीबार | 3rd April, 2025 Thu
Investment bank

गुल्मीमा मृत फेला परेका पुरुषको पहिचान खुल्यो

खबरडबली संवाददाता

गुल्मी। गुल्मीमा मृत अवस्थामा फेला परेका एक पुरुषको पहिचान खुलेको छ । यस जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–४, झार्कीसल्लास्थित ढोरपाटन सडक खण्डदेखि अन्दाजी तीन सय मिटर तल भिरको खरबारीको गोरेटो बाटोमा मृत अवस्थामा फेला परेका पुरुषको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर – २ बादिकोटका २५ वर्षीय प्रकाश सामत रहेका छन् । मङ्गलबार साँझ करिब ७ः३० बजेको समयमा सामत मृत अवस्थामा भेटिएका हुन् । 

मृत सामत फागुन १४ गते रातिबाट घरपरिवारको सम्पर्कमा नरहेको भनि मृतकको भाई १८ वर्षीय सुरेश सामतले प्रहरीलाई जानकारी गराए। बुधबार बिहान ९ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा आई सुरेशले आफ्नो दाईको पहिचान गरेको प्रहरीले जनाएको छ ।    

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजावादी आन्दोलनमा ज्यान गुमाउने परिवारलाई १०-१० लाख क्षतिपुर्ति

काठमाडौं। राजावादी आन्दोलनमा ज्यान गुमाएका परिवारजनले १० लाख रूपैयाँ क्षतिपुर्ति पाउने भएका छन । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्...

बर्दियामा चितुवाको आक्रमणबाट बालक घाइते

गुलरिया । बर्दियामा चितुवाको आक्रमणबाट १० वर्षीय बालक घाइते भएका छन् । गुलरिया नगरपालिका ५ बालापुरका सिर्जन थारू चितुवाको आक्रमणबाट घाइते भएका हुन् । ...

'न्यु इयर इभ एट जर्मन होम्स' मा गुन्जिँदै रामकृष्ण ढकाल

काठमाडौं। नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ।  वरिष्ठ लोकप्रिय गायक र...

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

जनतासँग माओवादी, तराई मधेश जागरण अभियान पुनः सुरु

उपभोक्ता संरक्षण विभागको बजार अनुगमन तीव्रः नियम उल्लङ्घन गर्ने सात फर्म कारबाहीमा

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा विभागले सात वटा फर्मलाई कागजातसहित विभागमा उ...

मिर्मी क्याम्पसको सभापतिमा अनेरास्ववियुकी न्यौपाने विजयी

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सहमतीका आधारमा गठन गरिएको छ। स्ववियु गठनको विषयले...

शेयर बजारमा हरियाली

काठमाडौं । मंगलबार सेयर बजार २७ सय अंकमा पुगेको छ । आज एकै दिन नेप्से २५.३१ अंकले बढेर हरियाली छाएको छ, जसअनुसार २७०१.४८ विन्दुमा पुगेर रोकिएको छ ।...

पूर्वराजालाई महामन्त्री शर्माको प्रश्नः पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदा समवेदना फिल हुनुपदैन ?

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहम...

राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ

काठमाडौं । भुकम्प पीडितलाई राहात सामाग्री बोकेेर नेपाली सेनाको टोली म्यान्मारतर्फ प्रस्थान गरेको छ। म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ ...

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गरेको छन ।   मन्त्रालयमा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy