इरान । इरानका शीर्ष कूटनीतिज्ञले आफ्नो मुलुकसँग आणविक सम्झौता गर्न आह्वान गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्र एउटा अरब देशले चाँडै नै तेहरानमा पुर्याउने बताएका छन् ।
“पत्र अहिलेसम्म हामीसम्म पुगेको छैन तर एउटा अरब देशका दूतले चाँडै तेहरानमा पुर्याउने तयारी गरिएको छ”, विदेशमन्त्री अब्बास अराघचीले मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूलाई भने । उनले अरब देशको पहिचान वा पत्र पुर्याउने समयबारे थप विवरण दिएनन् ।
शुक्रबार ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई तेहरानको आणविक कार्यक्रममा नयाँ सम्झौता गर्न वार्ताको आह्वान गर्दै पत्र लेखेको बताएका थिए । उनले अन्यथा नत्र सम्भावित सैन्य विकल्पको सामना गर्नुपर्ने उल्लेख गरेका थिए ।
तर इरानले जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्पले पुनःस्थापित गरेको ‘अधिकतम दबाब’ नीतिअन्तर्गत वार्तालाई अस्वीकार गरेको छ । यस नीतिअन्तर्गत ट्रम्पले सन् २०१८ मा इरानको आणविक सम्झौताबाट हात झिकेको थियो र तेहरानमाथि व्यापक प्रतिबन्धहरू पुनः लगाएको थियो र नयाँ प्रतिबन्धहरू पनि लगाएको थियो ।
फेब्रुअरीमा खामेनीले आणविक सम्झौताबाट वासिङ्टनको फिर्तीलाई उद्धृत गर्दै अमेरिकासँग वार्ता नगर्न सरकारलाई आग्रह गरेको थियो । गत हप्ता उनले वार्तामा जोड दिने केही सरकारको ‘धम्कीपूर्ण’ रणनीतिको पनि निन्दा गरेको थियो । उनले वार्ता ‘समस्याहरू समाधान गर्ने’ उद्देश्यले नभई ‘प्रभुत्व’ का लागि भएको बताएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: