Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

ट्रम्पको पत्र ‘चाँडै’ प्राप्त गर्ने इरानको भनाइ

खबरडबली संवाददाता

इरान । इरानका शीर्ष कूटनीतिज्ञले आफ्नो मुलुकसँग आणविक सम्झौता गर्न आह्वान गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्र एउटा अरब देशले चाँडै नै तेहरानमा पुर्‍याउने बताएका छन् ।

“पत्र अहिलेसम्म हामीसम्म पुगेको छैन तर एउटा अरब देशका दूतले चाँडै तेहरानमा पुर्‍याउने तयारी गरिएको छ”, विदेशमन्त्री अब्बास अराघचीले मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूलाई भने । उनले अरब देशको पहिचान वा पत्र पुर्‍याउने समयबारे थप विवरण दिएनन् ।

शुक्रबार ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई तेहरानको आणविक कार्यक्रममा नयाँ सम्झौता गर्न वार्ताको आह्वान गर्दै पत्र लेखेको बताएका थिए । उनले अन्यथा नत्र सम्भावित सैन्य विकल्पको सामना गर्नुपर्ने उल्लेख गरेका थिए ।

तर इरानले जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्पले पुनःस्थापित गरेको ‘अधिकतम दबाब’ नीतिअन्तर्गत वार्तालाई अस्वीकार गरेको छ । यस नीतिअन्तर्गत ट्रम्पले सन् २०१८ मा इरानको आणविक सम्झौताबाट हात झिकेको थियो र तेहरानमाथि व्यापक प्रतिबन्धहरू पुनः लगाएको थियो र नयाँ प्रतिबन्धहरू पनि लगाएको थियो ।

फेब्रुअरीमा खामेनीले आणविक सम्झौताबाट वासिङ्टनको फिर्तीलाई उद्धृत गर्दै अमेरिकासँग वार्ता नगर्न सरकारलाई आग्रह गरेको थियो । गत हप्ता उनले वार्तामा जोड दिने केही सरकारको ‘धम्कीपूर्ण’ रणनीतिको पनि निन्दा गरेको थियो । उनले वार्ता ‘समस्याहरू समाधान गर्ने’ उद्देश्यले नभई ‘प्रभुत्व’ का लागि भएको बताएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending