काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गरेका छन् ।
फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वमा खेलिने विविध रङहरू जस्तै विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको बताएका छन् ।
नेपालको हिमाल, पहाड र तराईका जिल्लामा हर्षोल्लासका साथ एक अर्कालाई रङ लगाई खुसियाली साटासाट गर्दै खेलिने फागु पर्वका अवसरमा उहाँले सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । “फागु पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ । यस अवसरमा मेरो र पार्टीको तर्फबाट हार्दिक शुभकामना छ”, सन्देशमा भनिएको छ ।
सभापति देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८१ - ०९:३४
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यवस्था परिवर्तनका नाममा जनतालाई भड्काउनेभन्दा सबै मिलेर अवस्था परिवर्तनका लागि काम गर्नुपर्न...
फाल्गुन २९ गते, २०८१ - ०९:२९
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा...
फाल्गुन २९ गते, २०८१ - ०९:२५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक...
फाल्गुन २९ गते, २०८१ - ०८:५१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थो...
फाल्गुन २९ गते, २०८१ - ०८:४४
तराई–मधेशमा पहिचानवादीको ‘निर्णायक’ शक्ति बनाउने रणनीति
फाल्गुन २९ गते, २०८१ - ०७:५७
काठमाडौं । साउदी अरेबियामा अमेरिकासँग भएको वार्तापश्चात् युक्रेनले तत्काल ३०-दिने युद्धविराम गर्ने वाशिङ्टनको प्रस्ताव स्वीकार गर्न तयार रहेको बताएको ...
फाल्गुन २९ गते, २०८१ - ०७:५१
महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा फागु खेल्न फागुन पूर्णिमा कुर्नु पर्दैन । माघ शुक्ल पञ्चमीदेखि नै रङ अबिर खुल्छ तर परिवेश नै होलीमय चाहिँ १...
फाल्गुन २९ गते, २०८१ - ०७:४४
हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिए । त्यहाँ २३ वर्षसम...
फाल्गुन २९ गते, २०८१ - ०७:३९
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक...
फाल्गुन २९ गते, २०८१ - ०७:२५
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होली पर्व) जस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने बता...
प्रतिकृया लेख्नुहोस्: